सिरहाको अर्नामा गाउँपालिका १ मा आफ्नै घर अगाडि एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ।
स्थानीय रामसेवक महराका छोरा अन्दाजी ३० वर्षीय अजय महराको शव शनिबार घर अगाडि फेला परेको हो। कुटपिट पश्चात घिसारेर उनको हत्या गरेको देखिएको छ। मृतकको घाँटीमा पनि लुगा बेरिएको पाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट पुगेको प्रहरी टोली घटनाबारे अनुसन्धान थालेका छन्।
सिरहाका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र पासवानले महराको शव फेला परेको र मृत्यु कसरी भएको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए।