सशस्त्रमा २५ वर्षपछि एआईजी बढुवामा वरीयता मिचियो
१८ जेष्ठ २०८२
•
४ मिनेट पाठ
सशस्त्रमा २५ वर्षपछि एआईजी बढुवामा वरीयता मिचियो
सशस्त्र प्रहरी बलको एक अतिरिक्त महानिरीक्षक (एआईजी) पद बढुवाका लागि दोस्रो नम्बरमा रहेका डीआईजी गणेश ठाडामगरलाई सिफारिस गरेर सरकारले २५ वर्षपछि वरीयता मिचेको छ। तल्लो तहमा वरीयता वरपर भए पनि माथिल्लो तहमा सशस्त्र प्रहरीमा पहिलो पटक वरीयता मिचिएको हो। २०५७ साल माघ ९ गते स्थापना भएको सशस्त्र प्रहरी बलमा बेलाबखत व्यक्ति विशेषलाई हेरेर तालिम र बढुवा मिचिएको भए पनि माथिल्लो दर्जा एआईजी बढुवा भने रोलक्रम मिचिएको थिएन।  




गृहसचिव गोकर्णमणी दुवाडीको अध्यक्षमा बसेको बढुवा समितिले बिहीबार बढुवा सिफारिस गर्दा वरीयताको दोस्रो नम्बरमा रहेका ठाडामगरलाई एआईजी बढुवाका लागि सिफारिस गरेपछि अर्ध सैन्य संरचनाका फौजभित्र पनि असन्तुष्टि उत्पन्न भएको छ। बढुवाका लागि पहिलो नम्बरका डीआईजी कमल गिरी, ठाडामगर, कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी, कालिदास धौवजी, कुमार न्यौपाने, लक्ष्मणबहादुर सिंह, प्रदीपकुमार पाल, सुरेश श्रेष्ठ,अञ्जनीकुमार पोखरेल लगायत थिए।

तर उनीहरूलाई पछि पार्दै दोस्रो नम्बरका ठाडामगर एआईजीमा सिफारिस भएपछि संगठनमा असन्तुटि समेत उत्पन्न भएको हो। एआईजी बढुवामा पहिलो नम्बरका डीआईजी गिरी र दोस्रो नम्बरका ठाडामगरबीच मुख्य प्रतिस्पर्धा थियो। कार्यसम्पादन मूल्यांकनमा समेत अघि रहेका गिरीलाई राजनीतिक नेतृत्वले नचाहेका कारण रोकिएको थियो। ठाडामगर भने कांग्रेससहितको शक्ति केन्द्र मार्फत बढुवाका लागि लविइङमा थिए। उनीहरूबीच रस्साकस्सी हुँदा डेढ महिनासम्म एआईजी बढुवा सिफारिस हुन सकेको थिएन।

बिहीबार बिहान बुढवा सिफारिस समितिको बैठक बसेको थियो। त्यतिबेलासम्म एआईजी बढुवामा सिफारिस टुंगोमा पुग्न सकेन। त्यतिबेला राजनीतिक शक्तिले ठाडामगरलाई बनाउन चाहेपछि रोकिएको थियो। साँझ पुनः बुढानीलकण्ठबाट दबाब आएपछि साँझ पुनः बढुवा सिफारिस समितिको बैठक बसेर ठाडामगरलाई सिफारिस गरेको स्रोतले बतायो।

प्रधानमन्त्री र गृहमन्त्रीले भने रोलक्रम मिच्न नचाहे पनि सत्ता साझेदार रहेको कांग्रेसका तर्फबाट दबाब आउँदा ठाडामगरलाई एआईजी बनाउन बाध्य भएको गृह मन्त्रालयका एक कर्मचारीले भने। ‘गिरी र ठाडामगरबीच प्रतिस्पर्धा भएकै हो, जसले बढी शक्तिको पहुँच पुर्यायो उही एआईजी भयो, यसबाट सशस्त्रमा औपचारिक रूपमै राजनीति छिर्यो,’ सशस्त्र प्रहरीका एक अधिकृतले भने, ‘डिएसपी, एसपी, एसएसपीसम्म वरीयता मिचिने र रोलक्रम तल माथि हुने गरेको थियो, तर भावी आईजीपीको रूपमा अघि बढेपछि सशस्त्रमा उसैलाई नै अघि बढाउने गरिन्छ, सेनापनि यही हुन्छ।’

यो बढुवासँगै ठाडामगर अब भावी आईजीपीका मुख्य दाबेदार हुने पक्का भएको छ। अहिलेकै अवस्था रहेमा अबको ३ वर्षपछि आईजीपी बन्ने सम्भावना रहेको छ। विद्यमान सशस्त्र प्रहरी नियमावलीअनुसार आफ्नो ४ वर्षे कार्यकाल पूरा गरी राजु अर्याल १७ वैशाख २०८३ देखि अनिवार्य अवकाशमा जान्छन्। त्यसपछि अहिले एआईजी रहेका नारायणदत्त पौडेल, वंशी दाहालमध्येबाट एकजना आईजीपी बन्ने अवस्था आउँछ। अहिलेकै व्यवस्थाअनुसार उनीहरू मध्ये जो आईजीपी भए पनि २२ महिना कमाण्ड सम्हाल्ने भएकाले त्यतिबेलासम्म ठाडामगर एआइजी नै रहनेछन्।  

१८ चैत २०५४ मा प्रहरी इन्स्पेक्टरमा भर्ना भएका उनीहरू ३० वर्षे सेवा अवधिका कारण १७ चैत २०८४ मा अनिवार्य अवकाशमा जान्छन्। त्यसपछि भने अहिले एआईजीमा बढुवा भएका ठाडामगर सबैभन्दा सिनियर एआईजी हुने भएकाले संगठन प्रमुख बन्ने सम्भावना छ, यद्यपि एक वर्षपछि रिक्त हुने एआईजीमा बढुवा हुने पनि आईजीपीको दावेदार हुनेछन्।  

नयाँ ऐन आएमा  

हाल संसदमा रहेको सशस्त्र प्रहरी ऐन २०५८ लाई प्रतिस्थापन गर्न बनेको विधेयकमा भएका केही प्रावधानले भने ठाडामगरलाई आईजीपी हुनबाट रोक्नेछ। यदि यो ऐन समयमै पास भएर लागु हुने अवस्था आएमा त्यहाँ भएका पदावधि तथा सेवाअवधि सम्बन्धी प्रावधानले ठाडामगरलाई आईजीपी हुनबाट रोक्ने अवस्था हुन्छ।  

यो विधेयकका केही प्रावधानमा सशस्त्र प्रहरीका अधिकृत स्वयं पनि सन्तुष्ट छैनन्। संसदमा दर्ता विधेयकको दफा ७ उपदफा ३ (घ) ले सशस्त्र प्रहरीलाई विशेष परिचालनको व्यवस्थामा नेपाली सेनाको मातहत रही काम गर्ने प्रावधान राखेको विषयमा असन्तुष्ट हुँदै गर्दा सशस्त्र प्रहरीको सेवा अवधिबारे पनि असन्तुष्ट रहेका छन्।  

गत पुस २६ मा बसेको मन्त्रिपरिषद्ले सशस्त्र प्रहरी ऐनको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिएको थियो। मन्त्रिपरिषद्ले आईजीपीको पदावधि पनि ३ वर्ष कायम हुनेगरी विधेयक स्वीकृत गरेको थियो। तर निजामती कर्मचारीमा मुख्यसचिवको पदावधि २ वर्ष र सचिवको पदावधि ४ वर्ष राखिएको छ। सोही प्रावधान राज्य व्यवस्था समितिबाट पारित भैसकेको छ। सशस्त्र प्रहरी संगठनमा भने आईजीपीको पदावधि पनि ३ वर्ष र एआईजीको पदावधि पनि ३ वर्षको हुँदा अर्काे पटक आईजीपी हुँदा डिआईजीबाट जानुपर्ने अवस्थालाई हुँदा अहिले बढुवा हुने एआईजीलाई फाइदा हुने अवस्था देखिन्न। तर नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरू भने आईजीपी र एआईजीको पदावधि ३ वर्ष राख्न नहुने पक्षमा रहेका छन्। आईजीपीको पदावधि ३ वर्ष भए एआईजीको पदावधि ४ वर्ष पुर्‍याउनु पर्ने पक्षमा रहेका छन्।
अर्को समाचार
प्रभावित क्षेत्रमा खटियो गृहको कार्यदल
१६ असोज २०८१
•
२ मिनेट पाठ
प्रभावित क्षेत्रमा खटियो गृहको कार्यदल
गृह मन्त्रालयले अति भारी वर्षाका कारण प्रभावित आठ जिल्लामा खोज तथा उद्दार र राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजकहरू बुधबार बिहानदेखि फिल्डमा खटिएका छन्।




गृह सचिव गोकर्णमणि दुवाडीले आवश्यक कार्यादेशसहित प्रभावित जिल्लामा आठ जना सह–सचिव बुधबार खटिएको जानकारी दिए।

बाढी–पहिरो प्रभावित जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङमा खटाइएको हो।

गृह मन्त्रालयका अनुसार काठमाडौंमा गोविन्द प्रसाद रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायण प्रसाद अर्याल, काभ्रेपालञ्चोकमा बासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्याम कृष्ण थापा र धादिङमा रमेश ढकाललाई खटाइएको छ।

कार्यदललाई अति भारी वर्षका कारण उत्पन्न बाढी–पहिरोबाट प्रभावितहरूको तत्काल उद्धार तथा राहत कार्यमा समन्वय र सहजीकरण गर्ने, अति भारी वर्षका कारण आएको बाढी–पहिरोबाट भएको मानवीय र भौतिक क्षतिको संक्षिप्त विवरण तयार गरी तत्काल गर्नुपर्ने कार्यका सम्बन्धमा सुझाव दिने, क्षतिग्रस्त सडकहरूको शीघ्र मर्मत सम्भार गरी सञ्चालनमा ल्याउन सडक निमार्ण गर्ने सम्बन्धित निकायसँग  आवश्यक समन्वय गर्ने र विपद् पीडित नागरिकहरूको सुरक्षित बसोबास तथा राहत उपलब्ध गराउने सम्बन्धमा सम्बन्धित स्थानीय तहसँग समन्वय गर्ने कार्यादेश दिइएको छ।

कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका डिभिजन इन्जिनियर र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव प्रतिनिधि रहने छन्। कार्यदललाई आगामी असोज २१ गतेसम्म गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्न समयावधि दिइएको छ।

साथै कार्यदलले दैनिक रुपमा पनि प्रभावित ठाउँबाट जिल्लाको विपद्को वस्तुस्थितिका बारेमा केन्द्रमा जानकारी समेत गराउने छ।

त्यसैगरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि दश जना शाखा अधिकृत प्रभावित जिल्लामा खटाएको छ।

प्राधिकरणका सहसचिव बसन्त अधिकारीले ‘एक्सन टिम’ तयार गरी बुधबार नै प्रभावित पालिकाहरूमा खटाइएको जानकारी दिए। 

'हामीले दश जना अधिकृतलाई बाढी÷पहिरो र डुबान प्रभावित जिल्लामा खटाएका छौँ।' अधिकारीले भने, 'उहाँहरूले प्रभावित पालिकासित समन्वय र सम्पर्क गरेर नगद र वस्तु राहत वितरणमा सहजीकरण र फिल्डको अवस्थाका बारेमा केन्द्रमा जानकारी गराउने लगायतका काम गर्नेछ।'
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस