सरकारी निवासमा सर्दै सर्वोच्चका न्यायाधीश
०६ मंसिर २०८१
•
३ मिनेट पाठ
सरकारी निवासमा सर्दै सर्वोच्चका न्यायाधीश
मन्त्रीनिवास भैंसेपाटीमा सरेपछि खाली रहेको पुल्चोकस्थित पुरानो मन्त्रीनिवासमा सर्वोच्च अदालतका न्यायाधीशहरू धमाधम सर्न थालेका छन्। सरकारले पोहोर साल नै सर्वोच्चका न्यायाधीशहरूलाई सरकारी निवास उपलब्ध गराउने निर्णय गरेको थियो।




सहरी विकास मन्त्रालयमातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका अनुसार अहिलेसम्म न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल, सारंगा श्रेष्ठ, नकुल सुवेदी र कुमार रेग्मी र उनको परिवार सरकारी निवासमा सरिसकेका छन् भने नृपनन्द पाण्डे र अब्दुल मियाले क्वाटरमा सर्नका लागि साँचो बुझेका छन्।

सहरी विकासका सचिव मनिराम गेलालले मन्त्रीपरिषद्को निर्णयअनुसार सर्वोच्चका न्यायाधीशहरूलाई सरकारी निवासमा सार्ने काम भइरहेको बताए। उनका अनुसार न्यायाधीश निवासको व्यवस्थापन र सञ्चालनको जिम्मा कसले लिने भन्ने विषयमा अझै टुंगो लागेको छैन। ‘सर्वोच्च प्रशासनले निवासको व्यवस्थापन गरिदिनुस् भनेर हामीलाई चिठी पठाएको थियो। यसको व्यवस्थापन गर्न थप जनशक्ति र बजेट चाहिन्छ, जुन हामीसँग छैन। त्यसैले हामीले अर्थ मन्त्रालयमा भनेका छौं’, उनले भने, ‘अर्थले सहरीलाई नै व्यवस्थापन गर्नुस् भन्यो र बजेट दियो भने हामी व्यवस्थापन गर्छौं। सर्वोच्च प्रशासनलाई भन्यो भने उसले व्यवस्थापन गर्ने छ।’

न्यायाधीश निवासको व्यवस्थापन गर्ने हो भने थप कर्मचारी भर्ना गर्नुपर्ने उनको भनाइ छ। ‘अहिले हामीसँग भएको जनशक्तिले सर्वोच्चका न्यायाधीशहरूको निवासको व्यवस्थापन गर्न सकिँदैन। त्यसका लागि छुट्टै कर्मचारी भर्ना गर्नुपर्ने हुन्छ’, उनले भने।

संघीय सचिवालयका कर्मचारीहरूले पुरानो मन्त्री क्वाटरलाई रङरोगन र सरसफाइ गरी न्यायाधीश निवास बनाउन उपयुक्त बनाएका छन्। पुरानो मन्त्री क्वाटरमा रहेका फर्निचर, टेलिभिजन लगायतका सामानले संघीय सचिवालयले नै उपलब्ध गराएको छ। यसका लागि सचिवालयले तत्कालका लागि केही कर्मचारी खटाएको छ। ‘हामीले नयाँ सामग्री खरिद गरेका छैनौं। पुरानो मन्त्रीक्वाटरमा रहेका सबै सामग्री तत्तत् ब्लकमा उपलब्ध गराएका छौं’, सचिवालयका इन्जिनियर उमेश चौधरीले भने। मन्त्रीनिवास सरसफाइ गर्ने क्रममा पुरानो निवासभित्र रहेका सामानलाई सचिवालयका कर्मचारीहरूले केही समयका लागि बाहिर निकालेका थिए। अहिले पुरानै अवस्थामा राखिएको छ।

इन्जियिनर चौधरीका अनुसार अहिलेसम्म पुरानो मन्त्रीक्वाटरमा बस्दै आएका मन्त्रीहरूमध्ये एकजना मन्त्रीबाहेक सबै मन्त्री भैंसेपाटीमा रहेको नयाँ मन्त्रीनिवासमा सरिसकेका छन्। स्वास्थ्यमन्त्री प्रदीप पौडेल पनि एक÷दुई दिनमै भैंसेपाटी सर्ने जानकारी पौडेलको परिवारले गराएको चौधरीले बताए। सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीशको दरबन्दी छ।

प्रधानन्यायाधीशबाहेक २० न्यायाधीशलाई पुल्चोकस्थित आवासमा सार्दा एकजनाका लागि भवन पुग्दैन। त्यसका लागि एउटा नयाँ भवन बनाउने काम भइरहेको छ। प्रधानन्यायाधीशका लागि बालुवाटारमा सरकारी निवास उपलब्ध छ। हाल सर्वोच्चमा १६ जना न्यायाधीश कार्यरत छन्। त्यसैले सर्वोच्चका सबै न्यायाधीशहरूका लागि सरकारी निवास पुग्ने छ।

सरकारले अति विशिष्ट ६ जना तथा मन्त्रीको निवास व्यवस्थापनका लागि वर्षमा १० करोड रूपैयाँभन्दा बढी खर्च गर्दै आएको छ। सर्वोच्चका न्यायाधीशहरूलाई सरकारी आवास उपलब्ध गराउने हो भने यसको व्यवस्थापन तथा सञ्चालन गर्न सरकारलाई वार्षिक एकदेखि दुई करोड रूपैयाँ व्ययभार थपिने निश्चित छ। सहरी विकास मन्त्रालय या सर्वोच्च प्रशासनमध्ये जसले निवासको व्यवस्थापन गरे पनि यसका लागि अर्थले थप बजेट उपलब्ध गराउने छ।

पुरानो मन्त्रीनिवास ७२ रोपनीमा फैलिएको छ। संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका एक कर्मचारी भन्छन्, ‘अहिले सर्वोच्चका सबै न्यायाधीशहरूको काठमाडौंमा घर छ। काठमाडौंमा घर नभएका न्यायाधीश एकजना पनि छैनन्। त्यसैले पुल्चोकस्थित मन्त्रीनिवासलाई न्यायाधीश निवास बनाउनुभन्दा विदेशी राष्ट्रप्रमुख तथा सरकार प्रमुख काठमाडौं आएका बेला बस्ने राजकीय अतिथि गृह बनाएको भए उपयुक्त हुने थियो।’ ती कर्मचारीले भने, ‘विदेशी पाहुनाका लागि विशिष्ट खालको अतिथि गृह बनाउने चलन प्रायः सबै देशमा छ। नेपालमा भने यस्तो सरकारी भवन अझै बनेको छैन।’
अर्को समाचार
गभर्नरविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
२४ असार २०८२
•
१ मिनेट पाठ
गभर्नरविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
गभर्नर विश्व पौडेलविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।




न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले पौडेलको गभर्नर पद बदर गर्न आदेश दिन अस्वीकार गरेको हो । जेठ ६ मा नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका पौडेलविरुद्ध अधिवक्ता अनन्तराज लुइँटेल समेतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।  

इजलासले मुद्दालाई अग्राधिकार प्रदान गरेको छ । 
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस