सर्वोच्च अदालतले संवैधानिक निकायमा ५२ जनाको नियुक्तिले वैधानिकता पाएको फैसलामा न्यायाधीश सपना प्रधान मल्लको फरक रायले अदालतको स्विकारोक्तिसहितको मर्म बोलेको छ ।
न्यायिक सिद्धान्तअनुसार ढिलो न्याय दिनु भनेको न्याय नदिनुसरह भएको स्विकारोक्ति भएको छ । ५२ जनाको नियुक्ति विवाद गम्भीर भएकाले तत्काल सल्टाउनुपर्ने विषय हो । २०७७ साल मंसिरमा भएको संवैधानिक निकायमा भएको नियुक्तिमा सोही सालको पुस १ मा रिट निवेदन दर्ता भएको थियो ।
न्यायाधीश मल्लले लोकतन्त्र बलियो हुन मात्रै कानुनी व्यवस्था होइन, त्यसलाई कार्यान्वयन गर्ने निकायले राम्रो काम गर्नुपर्ने झक्झाएकी छिन् ।
‘सबै संवैधानिक प्रावधानहरू त्यसबेला मात्र सार्थक हुन्छन् जब यस्ता निकायहरूमा नियुक्ति खुला प्रतिस्पर्धा, व्यावसायिकता, योग्यता र ईमानदारीतामा आधारित हुन्छ ।’
आगामी दिनमा नियुक्तिको प्रक्रियालाई विवादमुक्त बनाउन पनि आदेशमा उल्लेख गरेकी छिन् । ‘भावी संवैधानिक निकायको पदाधिकारीको नियुक्ति प्रक्रिया स्वतन्त्र, सक्षम र व्यवसायिक बनाउन पारदर्शी तरीकाले प्रतिस्पर्धा गर्न र नियुक्ति सिफारिस प्रक्रिया अगाडि बढाउनु भनी प्रत्यर्थीको नाउँमा यो परमादेश जारी हुने ठहर्छ ।’
गम्भीर प्रकृतिको मुद्दामा जुन संवैधानिक आयोगका नियुक्तिको वैधानिकतामा प्रश्न उठाइएको थियो । ‘निर्णय समयमा गरेको भए वान्छित अवान्छित परिणाम जे आएता पनि अनिश्चित प्रक्रिया र परिणाम लामो समयसम्म रहँदैन थियो’ मल्लको रायमा भनिएको छ ।
‘न्याय गर्नु भनेको समयमा निर्णय गर्नु पनि हो ।’ प्राथमिकतामा राखेर समयमै निर्णय गर्नुपर्ने गम्भीर र महत्वपूर्ण विषयमा साढे चार वर्ष लामो समय राखेकोमा उनी आफै प्रश्न उठाएकी छिन् । ‘साढे ४ वर्ष निर्णय नगरी राख्दा न त संवैधानिक निकाय जस्तो संविधान कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्ने निकाय खुलेर काम गर्न सक्छ, न त अदालत आफ्नो दायित्व प्रति जिम्मेवारी भएको देखिन्छ ।’
‘न्यायको याचिकाहरूलाई आशाको ज्योति जगाउन अनूचित विलम्ब हुँदैन भन्ने आश्वासित गर्न जरुरी छ । आफ्नै सतर्कताको निमित्त यस्तो प्रकृति दोहोरिन दिनु हुँदैन भनी यो आत्मलोचना गरेको छु’ मल्लको रायसहितको आदेशमा भनिएको छ ।