भारतबाट भन्सार छली ल्याएको सामान प्रहरीले बरामद गरेको छ।
बढैयाताल गाउँपालिका–८ स्याउली बजार स्थितबाट प्रहरीले मंगलबार अवैध सामान बरामद गरेको हो।
भारतबाट ल्याई वसन्त सिंहको खाली घरमा राखेको अवस्थामा अवैध सामान बरामद गरेको प्रहरीको दावी छ। मोटरसाइकलमा प्रयोग हुने एक र डेढ लिटरका जम्मा ६ सय ५९ मोबिलका बट्टा बरामद भएको छ। बरामद मोबिलको मूल्य रु ५ लाख ३३ हजार ५० बराबर रहेको प्रहरीले जनाएको छ।
बरामद मोबिल राजापुर भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए।