चार करोड बढीको अवैध सामान बरामद
२२ असोज २०८३
•
२ मिनेट पाठ
चार करोड बढीको अवैध सामान बरामद
सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वार्टर झापाले भन्सार छली, अवैध चोरी-निकासी र पैठारीका रु चार करोड १५ लाख ६२ हजार ३७३ मूल्य बराबरका सामान बरामद गरेको छ।




गणका अनुसार गत साउनमा रु एक करोड ५५ लाख पाँच हजार ६२६, भदौमा रु एक करोड ४८ लाख एक हजार ८१८ र असोज महिनाको हालसम्म रु एक करोड १२ लाख ५४ हजार ९२९ मूल्य बराबरको अवैध सामान बरामद गरिएको हो। आर्थिक वर्ष २०८२-८३ को सोही अवधिमा रु दुई करोड २० लाख ८९ हजार ५७८ मूल्य बराबरका अवैध सामान बरामद भएको थियो।  

भन्सार छली तथा अवैध चोरी-निकासी र पैठारीमा सङ्लग्न चार जनालाई नियन्त्रणमा लिई ३५ वटा सवारीसाधनसहित आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको गणले जनाएको छ।

झापास्थित सशस्त्र प्रहरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले सीमा क्षेत्रमा हुने भन्सार छली, अवैध चोरी-निकासी तथा पैठारी नियन्त्रणका लागि निगरानी र सुरक्षा परिचालनलाई प्रभावकारी बनाइएको बताए। उनले अवैध गतिविधि नियन्त्रणका लागि भन्सार, नेपाल प्रहरीलगायत सम्बन्धित निकायसँग समन्वय र सहकार्यलाई प्राथमिकता दिइएको जानकारी दिए।

'चोरी-निकासी तथा पैठारी नियन्त्रणका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्दै नाकाबाटै अवैध गतिविधि नियन्त्रण गर्ने गरी परिचालन भइरहेका छौँ,' उनले भने। सशस्त्र प्रहरीले राजस्व चुहावट नियन्त्रणसँगै सीमा क्षेत्रमा हुने लागूऔषध ओसारपसार नियन्त्रणमा निगरानी बढाएको जनाएको छ। चालु आवको हालसम्म ५८ दशमलव ८९ ग्राम ब्राउन सुगर (खैरो हेरोइन) बरामद गरिएको छ। लागूऔषध ओसारपसारमा सङ्लग्न दुई महिलासहित १५ जनालाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बलका सूचना अधिकारी सुजित विष्टले जानकारी दिए।

यसैगरी, नदीजन्य पदार्थको नियमविपरीत उत्खनन तथा ओसारपसारमा प्रयोग भएका २६ वटा सवारीसाधन नियन्त्रणमा लिई रु छ लाख ५० हजार जरिवाना गरिएको छ।

सूचना अधिकारी विष्टका अनुसार राजस्व चुहावट नियन्त्रणमा खटिएका सम्बन्धित निकायका कर्मचारीसँग समन्वय तथा सहकार्य गर्दै सशस्त्र प्रहरी सीमा क्षेत्रमा निरन्तर परिचालित हुँदै आएको छ। सीमा क्षेत्रमा निगरानी र सुरक्षा परिचालन बढाउँदा अवैध चोरी-निकासी तथा पैठारी नियन्त्रण र राजस्व चुहावट न्यूनीकरणमा सहयोग पुगेको उनले बताए।  

सशस्त्र प्रहरी उपरीक्षक कर्माचार्यले सीमा सुरक्षा, तस्करी नियन्त्रण तथा नागरिकको सेवा र सुरक्षालाई प्राथमिकतामा राखेर कार्यसम्पादन भइरहेको बताए। सीमा क्षेत्रमा कुनै पनि प्रकारका गैरकानुनी गतिविधि हुन नदिन मातहतका युनिटलाई आवश्यक निर्देशन दिइएको उनले जानकारी दिए। 
अर्को समाचार
सशस्त्र प्रहरीद्वारा एक वर्षमा १३ करोड बढीको अवैध सामान बरामद
२६ साउन २०८३
•
१ मिनेट पाठ
सशस्त्र प्रहरीद्वारा एक वर्षमा १३ करोड बढीको अवैध सामान बरामद
सशस्त्र प्रहरीले एक वर्षको अवधिमा रु १३ करोड बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ।




आर्थिक वर्ष २०८२/८३ मा रु १३ करोड नौ लाख १८ हजार ४४१ मूल्य बराबरको अवैध सामान बरामद गरी भन्सार दाखिला भएको हो।

सोही अवधिमा रु एक करोड ४२ लाख ११ हजार ८८ मूल्य बराबरको अवैध काठ बरामद गरी दाखिला गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक मदनकुमार रसाइलीले जानकारी दिए।

प्रहरीले आठ वटा सवारीसाधनसहित एक हजार ५०७ क्युफिट काठ र ५१ थान फर्निचर बरामद गरेको थियो । अवैध उत्खनन नियन्त्रणतर्फ ८० वटा सवारीसाधन नियन्त्रणमा लिई रु २५ लाख ५० हजार जरिवाना असुल गरिएको सशस्त्र प्रहरी बल, नेपाल दुई नं. गण, झापाले जानकारी दिएको छ।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस