भारतको बेतालघाट दुर्घटनाः शव परीक्षण सकेर नेपाल ल्याइँदै
२८ चैत्र २०८०
•
१ मिनेट पाठ
भारतको बेतालघाट दुर्घटनाः शव परीक्षण सकेर नेपाल ल्याइँदै
सोमबार राति भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेतालघाटमा सडक दुर्घटनामा परी मृत्यु भएका सात जना नेपालीको शव आज नेपाल ल्याइँदै छ।  




दुर्घटनाको खबरपछि बुवाको शव बुझ्न नैनीताल पुगेका बाँके बैजनाथ गाउँपालिका–८ का प्रमोद थारुले मृतक सबैको शव परीक्षण अस्पतालले गरिसकेको जानकारी दिए। दुर्घटनामा मृत्यु भएका विश्राम थारुका छोरा प्रमोदले मृतकका केही आफन्तहरु प्नि शव लिन नैनीताल पुगेका बताए।

‘अस्पतालमा परीक्षणको सबै काम सकेर शव गाडीमा हाल्दैँ छौँ’,नैनीतालबाट प्रमोदले भने,‘शवका लागि बरफको व्यवस्था नहुँदा हल्द्धानी पुगेर हाल्ने सल्लाह भएको छ।’ उनले पश्चिमी नाका गड्डाचौकी हुँदै शवहरु आज साझँसम्म नेपाल पुगिसक्ने जानकारी दिए। सवारी दुर्घटनामा परी मृत्यु हुनेमा बाँकेको बैजनाथ–८ का धिरज थारु, उदयराम थारु, विश्राम थारु,तिलकराम थारु, अन्तराम थारु र विनोद थारु र बर्दियाको बाँसगढी नगरपालिका–१ चेपाङका टोपबहादुर बस्नेत रहेका छन्।

त्यसैगरी बैजनाथ गाउँपालिका–८ का वडाध्यक्ष भगन थारुले मृतकको शव ल्याउने विषयमा समस्या परे वडा कार्यालयले विपद् व्यवस्थापन कोषबाट रकम खर्च गर्ने व्यवस्था गरिने बताए। ‘मृतकका आफन्तहरु नैनीताल पुगेर हामीसँत नियमित सम्र्पक गरिरहनुभएको छ’,उनले भने,‘नयाँ वर्ष मनाउन घर फर्किरहेका दुर्घटनामा परेपछि सिङ्गो वडा नै शोकमा छ।’

वडाध्यक्ष थारुका अनुसार दुर्घटनामा परी सोही वडाका स्थानीय दशरथ थारु र शान्ति थारु घाइते भएका र उनीहरुको भारतमै उपचार भइरहेको छ।

सो दुर्घटनामा परी सात नेपाली नागरिकसहित जीप चालक भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको थियो। घटनास्थल वरपर नै उनीहरु सडक छेउमा खानेपानीको पाइप विछ्याउने काम गर्दथेँ। सोमबार काम सकिएपछि जीप भाडामा लिएर टकनपुर आउने तयारीमा रहेका उनीहरु जीप चढेको केही बेरमै दुर्घटना भएको थियो।
अर्को समाचार
कोशी प्रदेशमा भयावह बन्दै सडक दुर्घटना
२० चैत्र २०८०
•
६ मिनेट पाठ
कोशी प्रदेशमा भयावह बन्दै सडक दुर्घटना
उदयपुरको बेलका नगरपालिका-७ मैनामैनीमा यही चैत १ गते को १ ज २५९३ नम्बरको जीप दुर्घटनामा पर्‍यो। १७ जना यात्रु लिएर भोजपुरतर्फ जाँदै गरेको जीप कच्ची बाटोबाट चार सय मिटर तल खस्दा चालकसहित सातजनाको घटनास्थलमै ज्यान गयो भने एकजनाको उपचारका क्रममा अस्पतालमा ज्यान गयो। मैनामैनी दुर्घटनामा घाइते भएका नौजनामध्ये केहीको अहिले पनि उपचार भइरहेको छ।




सोही दिन धरानबाट बराहक्षेत्रको चक्रघटी जाँदै गरेको बा.२ ख.२००० नम्बरको बस तीन ढ्वाङ्गे भन्ने ठाउँमा सडक नजिकैको रुखमा ठोक्किए दुर्घटनामा पर्‍यो। घटनामा कसैको ज्यान नगए पनि करिब १२ यात्रु घाइते भए। गम्भीर घाइतेलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएर उपचार गरियो।

मैनामैनी र तीन ढ्वाङ्गेमा दुर्घटना हुनुभन्दा केही दिनअघि मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–७ मा पश्चिमबाट पूर्व जाँदै गरेको स.१ ख.८१६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१.०१६ प ४६७ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक सुर्योदय नगरपालिका–३ इलामका २४ वर्षीय प्रगति राईको मृत्यु भयो।

पछिल्लो समय कोशी प्रदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनाका केही उदाहरण मात्र हुन् यी। प्रदेशका विभिन्न जिल्लामा हरेक दिनजसो यस्ता दुर्घटना भइरहेका छन्। यस्ता दुर्घटनामा परेर वर्षेनी सयौंले ज्यान गुमाइरहेका छन्।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको तथ्याङ्क अध्ययन गर्ने हो भने कोशी प्रदेशमा सवारी दुर्घटनामा परेर दैनिक एक जनाभन्दा बढिको ज्यान गइरहेको छ।

चालू आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्म आठ महिनाको तथ्याङ्कअनुसार पुरुष २०६, महिला ४० र बालबालिका १६ सहित दुई सय ६२ जनाको ज्यान गइसकेको छ। यो तथ्याङ्कलाई विश्लेषण गर्दा सरदर मासिक ३३ जना अर्थात दिनमा एक जना भन्दा बढीको मृत्यु भएको छ।

चालू आवको फागुनसम्ममा जम्मा दुई हजार एक सय ४२ वटा अर्थात दैनिक सरदर नौ वटा दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्याङ्क छ। ती दुर्घटनामा पाँच सय ५८ जना गम्भीर घाइते र तीन हजार ३५ जना साधारण घाइते भएका थिए।

अघिल्ला आवहरुको अवस्था पनि उस्तै छ। अघिल्लो आव २०७९/८० मा प्रदेशभर तीन हजार पाँच सय १० वटा अर्थात दैनिक १० वटाको हाराहारीमा दुर्घटना भएका थिए। ती दुर्घटनामा परेर एक सय १९ पुरुष, ६८ महिला र २५ बालबालिका गरी जम्मा चार सय १४ जनाले ज्यान गुमाएका थिए भने गम्भीर घाइते आठ सय १० र साधारण घाइते हुनेको संख्या चार हजार सात सय ९७ थियो।

आव २०७८/७९ मा तीन हजार आठ सय २० दुर्घटनामा जम्मा पाँच सय ३१ जनाको मृत्यु भएको थियो। त्यस वर्ष एक हजार दुई सय तीनजना गम्भीर र पाँच हजार चार सय ४५ जना साधारण घाइते भएका थिए।

त्यस्तै,आव २०७७/७८ मा तीन हजार एक सय ३१ वटा दुर्घटनामा परी चार सय ४४ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको तथ्याङ्कमा उल्लेख छ। त्यस वर्ष एक हजार ८३ गम्भीर र तीन हजार सात सय ९३ जना साधारण घाइते भएका थिए।

सवारी दुर्घटनाका विविध कारणमध्ये प्रमुख कारण मानवीय लापरबाही नै रहेको विभिन्न अध्ययनहरुले देखाएका छन्। ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको अध्ययन अनुसार कोशी प्रदेशमा भएका दुर्घटनामध्ये ५३ प्रतिशत तीव्र गतिका कारण दुर्घटना भएको देखिएको छ।

त्यस्तै चालकको लापरबाहीले १६ प्रतिशत, सडक प्रयोगकर्ताको असावधानीले १२ प्रतिशत, मादकपदार्थ सेवनका कारण १० प्रतिशत, लाइसेन्स बिनाका चालकले चलाएका सात प्रतिशत रहेको पाइन्छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेल पहाडी क्षेत्रमा लगातार भइरहेका दुर्घटनाको अध्ययन गर्दा गाउँपालिकाहरुले जथाभावी सडक खन्ने प्रवृत्ति पनि जिम्मेवार देखिएको बताउँछन्।

उनी भन्छन्,‘पहाडी क्षेत्रमा स्थानीयवासीले सडक माग गर्छन् तर स्थानीय तहहरुले कस्तो ठाउँमा कस्तो सडक निर्माण गर्ने भनेर अध्ययन नगरी जथाभावी सडक खन्ने गरेको पाइन्छ। ती सडकका कस्ता गाडी चलिरहेका छन् भनेर नियन्त्रण गर्ने संयन्त्र पनि छैन।’

प्रहरी उपरीक्षक पौडेल सडकमा सवारी चालकको प्रतिस्पर्धाको भावनाले पनि दुर्घटना बढिरहेको बताउँछन्। माघ, फागुन जस्ता धेरै विवाह हुने महिनामा धेरै दुर्घटना हुने गरेको पाइएको उनको भनाइ छ।

विवाहमा क्षमताभन्दा बढी मान्छे चढाउने प्रवृत्ति बढिरहेका कारण पनि दुर्घटनाको जोखिम बढेको बताउँछन्। उनी भन्छन्, ‘दुर्घटना बढिरहनु चिन्ताको विषय हो। यसलाई शून्यमै झार्न त सकिँदैन तर सचेतना अपनाउने हो भने न्यूनीकरण गर्न सकिन्छ।’

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राई सडक दुर्घटना बढ्नुमा चालकलाई मात्र दोष दिने प्रवृत्ति रहेको बताउँदै समग्रमा चालक मात्र नभई सडक प्रयोग गर्ने सबै जनाको त्रुटि रहेको दाबी गर्छन्। भौतिक, मानवीय, यान्त्रिक र पर्यावरणीय गरी दुर्घटनाका प्रमुख चार कारण रहेको बताउँदै उनी भन्छन्, ‘सडक सुरक्षा मापदण्ड अनुसार बनेका छैनन्। सडक निर्माणमा ढिलासुस्ती हुँदा पनि दुर्घटना बढेको छ। यी सबै कुरालाई ख्याल गर्नु आवश्यक छ।’

डेढ दशकदेखि नेपालमा ट्राफिक व्यवस्थापनका लागि अभियान सञ्चालन गर्दै आएका विष्णुकुमार राई नेपालमा दुर्घटना बढिरहनुको प्रमुख कारण चालकहरुमा प्रशिक्षण र परीक्षणको कमी रहेको र लाइसेन्स दिने तरिका नै गलत भएको उनको भनाइ छ्।

‘यातायात सञ्चालनको नियम संसारमा एउटै हुनुपर्छ तर नेपालमा चालकले गाडी नियन्त्रण गर्न सक्यो भने ठीक छ भनेर लाइसेन्स दिने चलन छ, त्यो गलत हो,’विदेशमा लामो समय ट्राफिक व्यवस्थापनको अनुभव बटुल्नु भएका अभियन्ता राई बताउँछन्,‘चालकलाई राजमार्गमा, बस्ती भएका ठाउँमा र भत्किएको सडकमा कसरी चलाउने भनेर छुट्टाछुट्टै प्रशिक्षण दिनुपर्छ अनि कसरी चलाउँछ भनेर राम्रो परीक्षण गर्नुपर्छ।’

न्यूनीकरण गर्न के गर्ने ?

सवारी दुर्घटनाका कारणहरुमा चालकको लापरबाही,मादकपदार्थ सेवनजस्ता सदाबहार कारणसँगै केही मौसमी कारण पनि देखिन्छन्। विवाहको मौसममा हुने लापरबाही,हुस्सु लाग्ने महिनामा अगाडिको गाडी नदेख्दा ठोक्किने घटना पनि हुने गरेका छन्।

यसको न्यूनीकरणका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरेको छ। मादकपदार्थ सेवन र लागुऔषध सेवन परीक्षण गर्ने काम पनि गरिरहेको प्रहरी उपरीक्षक पौडेल बताए।

उनी भनछन्,‘लापसे (लागुपदार्थ सेवन) परीक्षण गर्न किट महँगो छ। यसको परीक्षणको कानुनी मान्यता पनि प्राप्त नभएकाले समस्या छ। दुर्घटना न्यूनीकरण गर्न आवश्यक प्रयास गरिरहेका छौँ।’

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई सडक दुर्घटनामा मानवीय त्रृटि कम गर्न स्कुलदेखि कलेजसम्म सडक दुर्घटनासम्बन्धी पाठ्यक्रम बनाएर पठनपाठन गराउनुपर्ने उनको भनाइ छ।

ट्राफिक प्रहरीको ध्यान राजस्व सङ्कलनमा मात्र गएको तर सचेतनामा कम रहेको बताउँदै उनले भने, ‘हामीले आफ्नो तर्फबाट यातायात मजदुरलाई दुर्घटना न्यूनीकरणका लागि संवेदनशील बन्न सचेत गराउँदै आएका छौँ। सबै क्षेत्रबाट न्यूनीकरणको पहल हुन जरुरी छ। दुर्घटना न्यूनीकरणका लागि राज्यले विशेष संयन्त्र बनाउनु आवश्यक छ।’

ट्राफिक व्यवस्थापन अभियन्ता विष्णुकुमार राई नेपालमा लाइसेन्स दिने प्रक्रिया लापरबाहीपूर्ण र सजिलो भएकाले चालकहरु दक्ष नभई सडकमा आउने गरेकाले दुर्घटना धेरै हुने गरेको भन्दै त्यस्तो प्रचलन रोक्नुपर्ने बताउँछन्।

विदेशमा पनि नेपालीहरु दुर्घटना धेरै पर्ने कारण नेपालको प्रशिक्षण र परीक्षण कमजोर रहेको बताउँदै भन्छन्, ‘गाडी चलाउनु भनेको आफू र धेरै मानिसको जीवन हातमा राखेर हिँड्नु हो। राम्रो प्रशिक्षण बिना सडकमा गाडी चलाउन रोक लगाउन सके मात्र दुर्घटना न्यूनीकरण गर्न सकिन्छ।’
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस