बाँकेको नेपालगन्जमा एक युवकको शव फेला परेको छ। नेपालगन्ज उपमहानगरपालिका–२१ विर्तामा स्थानीय २० वर्षीय युवक अरबी खाँको शव आज फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। उनले भने ‘घाँटीमा धारिलो हतियार प्रहार गरेर खाँको हत्या गरिएको अनुमान गरेका छाैँ, अनुसन्धान भइरहेको छ।
उनको शव परीक्षणका लागि भेरी अस्पतालमा राखिएको छ।