प्रा.डा. गोविन्द केसी कैलालीको गेटा मेडिकल विश्वविद्यालयमा आज साँझ ५ बजे देखी सत्याग्रह बस्ने भएका छन्।
सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा. केसीले तीन दिने सत्याग्रह सुरु गर्न लागेका हुन।
आमरण अनसन बस्न श्री एयर लाईन्सको जहाजबाट उनी धनगढी आएका हुन्। उनले शुक्रबार बेलुकी ५ बजेदेखि तीन दिन अनसनमा बस्ने घोषणा गरेका थिए।
‘सरकारले विगतमा पटक पटक गरेको सहमति कार्यान्वयन गरेन, बारम्बार धोका दिइरहेको छ।’ उनले भने।
देशमा सबै क्षेत्रमा दण्डहीनता चुलिएर गएको, दण्डहीनता अन्त गर्नका लागि संविधानले स्थापना गरेका संस्थाहरु आफैं दलीय भागवण्डा र लुछाचुँडीको सिकार बनेर निस्तेज भइसकेको, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय मानव अधिकार आयोगजस्ता संस्थाहरु पार्टी कार्यकर्ताहरुका भर्तीकेन्द्र बनेर ती संस्थालाई पूर्णतः कर्तव्यच्युत बनाएको उनले उल्लेख गरे।
राज्यका हरेक अंग दलीयकरण भएको उनले बताए। नागरिकको स्वास्थ्य र शिक्षाका लागि राज्यले लगानी गर्नुपर्नेमा सार्वजनिक स्वास्थ्य र शिक्षण संस्थाहरुलाई डुबाएर नेताहरु आफैं व्यवसाय गर्नमा लिप्त भएको र नयाँ सरकारी संस्थाहरू खोल्न नदिइरहेको उनले जनाए।
यस्ता छन् सत्याग्रहका मागहरू
१. सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुङ्गोमा पुर्याइयोस्।
२. यसअघि हामीसित भएका सम्झौताहरू कार्यान्वयन गरियोस्।
३. सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरू पाइने सुनिश्चित गर्ने।
४. गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउने।
५. चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याउने।
६.जनसंख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडि हामीसित सम्झौता भए बमोजिम इलाम, उदयपुर, डडेलधुरारामा सरकारी मेडिकल कलेजहरु खोल्ने।