जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका इटहरी २ का रविन खड्काको परिवारलाई उपमहानगरपालिकाले एक लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ। बुधबार राति हात्ती आक्रमणबाट मृत्यु भएका पच्चीसबर्से खड्काको परिवारलाई इटहरी उपमहानगरपालिकाले क्षतिपूर्ति दिने भएको हो। इटहरीका मेयर हेमकर्ण पौडेलले बिहीबार बिहान मृतक खड्काको घर पुगेर क्षतिपूर्ति दिने घोषणा गरेका हुन्।
इटहरी २ मा जंगली हात्ती मानव बस्तीमा प्रवेश गरी विध्वंस मच्चाएको तीन महिना बितिसकेको छ। मेयर पौडेलले तत्काल सुरक्षा निकाय र वन रक्षकसहितको टोली बनाएर बिहीबार रातिदेखि नै रात्री गस्ती गरिने जानकारी दिए। सर्वसाधारणको जीउधनको रक्षा रात्रीकालीन गस्ती गर्न लागिएको हो।
हात्तीको समूहले मंगलबार बिहान इटहरी २ कै नैनाकुमारी राईको घर भत्काएर क्षति पु¥याएको थियो। दुई महिनाअघि पनि इटहरी २ कै लक्ष्मी राईको घर हात्तीले भत्काएको थियो।
भारतको पश्चिम बंगाल हुँदै झापाबाट चारकोसे जंगलमा आएर बसेका हात्तीले आतंक मच्चाउने गरेका हुन्। इटहरीमा चारवटा छावासहित २८ वटासम्म हात्तीले आंतक मच्चाउने गरेका छन्।
नेपालमा कुल दुई सयदेखि तीन सय ३० वटासम्म जंगली हात्ती रहेका छन्। यीमध्ये चारकोसे जंगल क्षेत्रआसपास हिँडडुल गर्ने हात्तीको संख्या सयदेखि एक सय ५० सम्म रहेको हात्ती विज्ञ अशोक रामले बताए।