इजरायलमा निधन भएका नेपालीहरुको शव यथाशिघ्र स्वदेश ल्याउन सरकारलाई निर्देशन
२३ असोज २०८०
•
१ मिनेट पाठ
इजरायलमा निधन भएका नेपालीहरुको शव यथाशिघ्र स्वदेश ल्याउन सरकारलाई निर्देशन
प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायल आक्रमणमा परी निधन भएका नेपालीहरुको शव यथाशिघ्र स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको छ।




मंगलवार बिहान सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो। सरकारलाई समितिको तर्फबाट निर्देशन दिँदै समिति सभापति राजकिशोर यादवले घाईतेहरुको स्वास्थ्योपचार गर्न,बेपत्ता भएका नेपालीहरुको तत्काल खोजि गर्न र अफ्ठ्यारोमा परेका नेपालीहरुको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिए।

उनले घटनाका पीडित एवं पीडित परिवारलाई राहतको व्यवस्था गर्न, स्वदेश फिर्तीको चाहना भएका नेपालीहरुलाई तत्काल फिर्तीको लागि आवश्यक समन्वय र शिघ्र पहलकदमी लिन पनि सरकारलाई निर्देशन दिए। समितिले भविष्यमा हुने यस्ताखाले घटनाको पूर्व आँकलन गरी विदेशस्थित नेपाली दुतावास र नियोगहरुमा नेपालीहरुको विवरण आवधिक गरी पूर्ण अवस्थामा राख्न पनि सरकारलाई निर्देशन दिएको छ।

उनले भने, ‘इजरायलमा भएको अकल्पनीय घटनाबाट निधन भएका नेपालीहरुको शव यथाशिघ्र स्वदेश ल्याउन, घाईतेहरुको स्वास्थ्योपचार गर्न,बेपत्ता भएका नेपालीहरुको तत्काल खोजि गर्न र अफ्ठ्यारोमा परेका नेपालीहरुको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न, पीडित एवं पीडित परिवारलाई राहतको व्यवस्था गर्न, स्वदेश फिर्तीको चाहना भएका नेपालीहरुलाई तत्काल फिर्तीको लागि आवश्यक समन्वय र शिघ्र पहलकदमी लिनलाई यो समितिले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई निर्देशन गर्छ। साथै भविष्यमा हुने यस्ताखाले घटनाको पूर्व आँकलन गरी विदेशस्थित नेपाली दुतावास र नियोगहरुमा नेपालीहरुको विवरण आवधिक गरी पूर्ण अवस्थामा राख्न र ति निकायहरुलाई श्रोत, साधनसहित सक्षम बनाउनसमेत परराष्ट्र मन्त्रालयलाई निर्देशन गर्दछ।’
अर्को समाचार
सिंहदरबारको अधिकार गाउँमा पुगे/नपुगेको हुँदैन बहस
०७ वैशाख २०८१
•
३ मिनेट पाठ
सिंहदरबारको अधिकार गाउँमा पुगे/नपुगेको हुँदैन बहस
फाइल तस्वीर
संसद्को हिउँदे अधिवेशन आइतबारदेखि अन्त्य गरेपछि सांसदहरू सिंहदरबारमा देखिन छाडेका छन्। संघीयतापछि सिंहदरबारको अधिकार गाउँगाउँसम्म पुगेको छ वा छैन यसबारे सांसदले समितिमा बहस छलफल गर्नुपर्नेमा सिंहदरबारमा सांसद भेटाउन नै मुस्किल पर्ने अवस्था आएको छ।




मुलुक संघीयतामा गएको ६ वर्ष पुगे पनि साझा अधिकार सूचीका कानुन नबन्दा स्थानीय सरकार सञ्चालनमा कठिनाइ बेहोर्नु परिरहेको अवस्था छ। प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता प्राथमिकतामा राखेको बताउँदै आएका छन्। ‘संसद्जस्तो कानुन बनाउने थलोमा भनाइको मात्र कुनै अर्थ हुँदैन, यो त व्यवहारमा देखिनुपर्ने कुरा हो,’ संसदीय मामिलाका जानकार बताउँछन्।

प्रधानमन्त्री दाहालले संसद्मा बोलेको कुरालाई बेवास्ता गर्दै संसद्को हिउँदे अधिवेशन अन्त्य भएको छ। अधिवेशनको अन्त्यसँगै समितिमा विचाराधीन विधेयक पनि छलफलको प्राथमिकतामा पर्न छाडेका छन्। अमेरिकाका २८औं राष्ट्रपति विडाे विल्सनले भनेका थिए, ‘सभा त प्रदर्शनी कक्ष हुन्, वास्तविक संसद्को अभ्यास त समितिमा हुन्छ, जसबाट कानुन निर्माण गर्ने र अन्य वेथितिको विषयमा संसद्को प्रभावकारिता समितिले देखाउनुपर्ने बुझिन्छ।’

संसदीय समितिका सभापतिको पनि विषय विज्ञता नभएको संसद् सचिवालयका अधिकारी बताउँछन्। ‘संसदीय समिति सभापतिमा पनि केही अध्ययन गरेको र स्पष्ट दृष्टिकोण भएको व्यक्ति राख्न सक्ने हो भने अवश्य पनि समिति प्रभावकारी बन्न सक्छन्,’ संसद्का एक अधिकारीले भने।

पार्टीको भागण्डा, पार्टीभित्र सांसदको भागबन्डाबाट सभापति बन्ने जस्ता कुराले पनि संसदीय समिति प्रभावकारी बन्न नसकेको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलबार बोलाइएको बैठक गणपूरक संख्या नपुगेर स्थगित भयो। अर्को बैठक तत्काल बोलाइएको छैन। कोरम पुर्‍याउन सभापतिले पहल गर्नुपर्दछ, अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गर्ने कुरा राम्रो नभएको सचिवालयका अधिकारी बताउँछन्।

संसदीय समितिमा रहेका विधेयकमा रहेका विषयमा लगातार छलफल नगरेसम्म समितिका सांसद सदस्यलाई पनि सबै कुराको जानकारी हुँदैन। समितिले पारित गरेको विधेयकमा के छ भन्ने कुरा त्यो समितिमा रहेका सांसद सदस्यलाई ज्ञान हुनु आवश्यक छ। तर, आफ्नै समितिले पारित गरेको विषयमा पनि मिडियाबाट जानकारी प्राप्त गर्ने सांसदको संख्या पनि उत्तिकै बढ्न थालेको संसद् सचिवाल स्रोतले जानकारी दियो।

संघीय निजामती सेवा विधेयक, शिक्षा विधेयकमा के संशोधन राखिएको छ, भन्ने कुरा सांसद आफैलाई थाहा नभएको उनीहरू स्वीकार गर्छन्। स्वार्थ समूहबाट सही गर्न लगाएर सांसदले संशोधन प्रस्ताव दर्ता गराउने कुरा पनि पछिल्लोपटक बढ्न थालेको छ।

कुन कानून के को लागि हो र यो कानुनमा के कुरा राख्दा जनताको हितमा हुन्छ भन्ने कुरालाई हेक्का राख्न नसक्दा पनि संसदले राम्रो कानुन बनाउन सकिरहेको छैन। जसबाट एकपटक बनाएको कानून छ महिना नपुग्दै संशोधनको अवस्थामा पुग्ने गरेको दृष्टान्त देखिन्छ। बेलायति कानुनविद् जोन अस्टिनले भनेका छन्, ‘कानुनले अधिकारको सिर्जना गर्दैन, अधिकारले कानुनको सिर्जना गर्छ,’।

उनको भनाइलाई आधार मान्ने हो भने जनताको अधिकार के हो संविधानमा के राखिनुपर्छ भन्ने कुरामा राम्रो दख्खल नभइकन कानुन निर्माण हुन सक्दैन।

अघिल्लो गठबन्धनका अधिकांश मन्त्री विदेश भ्रमणमा मात्रै जाने गर्दा संसदीय समितिका बैठक प्रभावित भएको संमितिका सभापतिहरू बताउँछन्। अहिलेको गठबन्धनबाट प्रतिपक्षमा बसेको कांग्रेसले सदनमा अवरोध गर्दा संसद्को अधिवेशन नै अन्त्य गरिएको छ।

सभामुखले अघिल्लो गठबन्धनको सरकारका पालामा प्रत्येक समिति सभापतिसँग विधेयकमाथिको छलफलको रिपोर्टिङ माग्ने गर्थे तर नयाँ गठबन्धन आएपछि समितिको कामलाई प्रभावकारी रूपमा अघि बढाउनका लागि पहल गरेको देखिँदैन। गत भदौ ११ मा प्रतिनिधिसभाका १० समिति सभापतिको निर्वाचन भएसँगै संसदीय समितिले समितिमा रहेका विधेयकलाई टुंगोमा पुर्‍याउने आशा गरिएको थियो। तर, हिउँदे अधिवेशनको प्रगति हेर्दा तीन विधेयक पनि मुस्किलले पारित भएका छन्।

अघिल्लो बर्खे अधिवेशनमा मिटरब्याजसम्बन्धी मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक मात्र पारित भएपछि बिजनेस दिन नसकेको भन्दै सरकारको आलोचना भएको थियो।

अहिलेको अधिवेशनले तीन विधेयक पारित गरेको छ जसमा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९, अनुगमन तथा मूल्यांकन विधेयक र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०८० रहेका छन्।
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस