संसदीय समितिमा मन्त्री र सांसदको रोचक र घोचक सवाल जवाफ
०५ पौष २०८०
•
४ मिनेट पाठ
संसदीय समितिमा मन्त्री र सांसदको रोचक र घोचक सवाल जवाफ
प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा मन्त्री र सांसदबीच रोचक र घोचक सवाल जवाफ भए।




बैठकको कार्यसूची थियो ‘नेपाल वायुसेवा निगम सम्बद्ध समसामयिक विषय र निगमको सुधारसहितको भावी कार्ययोजना’ र विविधि। करिब चार घण्टा चलेको बैठकको सुरुमै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले वायुसेवा निगम सुधार र आगामी योजनाबारे धारणा राखे।

समितिका सभापति राजकिशोर यादवले सम्बन्धित विषयमा कुरा राख्न सांसदलाई समय दिए। सांसद उदयशमशेर राणाले नेपाल नागरिक उड्डयन प्राधिकरणले युरोपेली सङ्घको ‘अडिट रिपोर्ट’ विपरित झुटो प्रचार गरेको भनी प्राधिकरणका महानिर्देशकको ध्यानाकर्षण गराए। उनले इयूको कालोसूचिबाट उम्किन सेवा प्रदायक र नियामक संस्थाको रुपमा प्राधिकरण विभाजनको विषयलाई अटेर गरेको टिप्पणी गरे।

त्यति मात्रै हैन प्राधिकरण र वायुसेवा निगमबीच समन्वयको अभाव र आरोप र प्रत्यारोप चलिरहेको उल्लेख गरे। लगत्तै अर्का सांसद शिशिर खनालले १० वर्षदेखि इयूको कालोसूचीमा नेपालको हवाई क्षेत्र पर्दा पनि तालुकदार मन्त्रालय र सम्बन्धित निकायले किन चासो नदिएको भनी प्रश्न गरे। सांसद खनालले प्राधिकरणको क्षमतामाथि इयूले पटक–पटक प्रश्न उठाएको पनि बताए।

बैठकको माहोल विस्तारै तातिँदै गयो। सांसद डा धवल शम्मशेर जबराले इयूको चासो बमोजिम प्राधिकरण विभाजनसम्बन्धी विधेयक किन अगाडि नबढाएको भनी प्रतिप्रश्न गरे। उनले वायुसेवा निगमले समाल्दै आएको भूमिस्थ सेवा (ग्राउण्ड ह्याण्डलिङग) निजी क्षेत्रलाई दिन नहुने पनि धारणा राखे। सांसद राणाले पर्यटनमन्त्रीलाई सिधैँ टिप्पणी गर्दै ‘क्रिस्चियनसम्बन्धी विवादित विषय बोलेर तपाईंले पदीय मर्यादाको खिल्ली उडाउनुभयो’ भने।

सांसद प्रेम सुवालले वायुसेवालाई यूरोपका आकाशमा प्रतिबन्धलगाउने हेपाहा प्रबृत्तिबारे पर्यटनमन्त्रीले खुट्टा कमाउन नहुने धारणा राखे। उनले वायुसेवा निगमलाई निजीकरण गर्ने चलखेल भइरहेको जिकिर गरे।

सांसद डा नारायण खड्काले निगमको विद्यमान अवस्था सुधार, चिनियाँ जहाजको व्यवस्थापनलगायत विषयमा धारणा राखे। सांसद एकनाथ ढकालले १० वर्षदेखि नेपाली जहाजलाई युरोप प्रतिबन्ध लगाइरहँदा सम्बन्धित निकायकाले के हेरेर बसेको भनी प्रश्न गरे।

सांसद प्रकाशमान सिंहले चिनियाँ जहाज व्यवस्थापन र अर्बौै खर्चेर निर्माण गरिएका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थल किन प्रभावकारी सञ्चालनमा आउन नसकेको भनी जिज्ञासा राखे। सांसद प्रभु साहले इयूको चासोका भरमै नेपालको हवाई सेवासम्बन्धी रणनीति बनाउन नहुने धारणा राखे। सांसद सुनिता बरालले निगमको व्यवस्थापकीय कमजोरीबारे बोले। प्रश्नै प्रश्नबीच विषय मोडियो। प्राधिकरण र वायुसेवा निगमका अधिकारीले इयूको चासो र हालसम्म गएका र आगामी रणनीति प्रस्तुत गरेका थिए।

‘काम गर्न सकिएन’

सांसदले बोलिसकेपछि पुनः पर्यटनमन्त्री किरातीले धारणा राख्दै नीतिगत उल्झन र सरोकारवाला निकायको ताकेताका कारण प्रभावकारी काम गर्न नसकिएको स्वीकार गरे। 'काम नगरिकन कुर्सीमा बसु या विवादित भएर पनि काम अगाडि बढाउँ भन्ने प्रश्न तेर्सिएको छ, भनेजति काम गर्न सकिएको छैन',पर्यटनमन्त्री किरातीले भने, 'एउटा काम गर्न थाल्नुपर्छ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र धाउनैपर्छ, महालेखापरीक्षकको कार्यालयलाई जवाफ दिनैपर्‍यो अनि अड्डा अदालत पुग्नैपर्छ, समितितिर पनि जवाफ दिनैपर्छ धाउँदाधाउँदै जुत्ता फाटिसक्यो काम चाही कहिले गर्ने आफैँमा प्रश्न गरिरहेको छु।'

पर्यटनमन्त्री किरातीले वायुसेवा निगमलाई सुधार्न विभिन्न प्रयास भइरहेको बताए। तर, निगमको अहिलेको अवस्थामा ल्याउन सरकार, राजनीतिक नेतृत्व सरोकारवाला निकायको पनि उत्तिकै भूमिका रहेको उनले उल्लेख गरे। राजनीतिक अस्थिरता, चाडो चाडो मन्त्री फेरिने परिपार्टीले पनि काम गर्न नसकिएको पर्यटनमन्त्रीको भनाइ थियो।

करौडौँ घाटा बेहोरिरहेको चिनियाँ जहाज बिक्री गर्नुको विकल्प नरहेको पनि उनले उल्लेख गरे। 'चिनियाँ जहाज सेतो हात्ती भयो भनेर हामी सांसद नै सदनमा हङ्गामा गर्ने निकास दिनैप¥यो भनेर टेण्डर गरियो। वर्षमा रु २० करोड बढी घाटा बेहोरेर चिनियाँ जहाज घाम तापिरहेका छन्', पर्यटनमन्त्री किरातीले भने।

पर्यटनमन्त्री किरातीले प्रशिक्षक पाइलट अभाव, तुलनात्मक रुपमा इन्धन महङ्गो हुने, पाटपूर्जा पनि नपाइने, भारबहान क्षमता पनि कमजोर भएकाले जहाज बिक्री गर्नैपर्ने बाध्यता रहेको उल्लेख गरे। उनी त्यतिमा मात्रै रोकिएनन् सांसदले उठाएको मिडियामा विवादित अभिव्यक्तिको स्पष्टिकरण दिए। अन्तिममा पर्यटनमन्त्रीले बैठकमा विषयान्तर भएको र जे एजेण्डा हो त्यमा बहस नभएको भनी समितिप्रति गुनासो गरे।

मन्त्रीले आफ्ना भनाइ सके लगत्तै सांसद प्रेम सुवालले पुनः आफ्ना कुरा राख्ने प्रयास गरे। यद्यपी सभापति यादवले उनलाई रोके। उनले भने, 'तपाई चुप लाग्नुस्, विषयान्तर भो, समितिको गरिमाको कुरा उठ्यो।' एक्काएक माहोल तात्यो। एकैछिन सन्नाटा छायो। अन्य सांसदले पनि प्रश्न गर्न खोज्दैमा सभापतिले आजलाई बैठक सकियो भनी निर्णय सुनाए।  

२४ घण्टाभित्र जानकारी गराउन प्राधिकरणलाई निर्देशन

समितिका सभापति यादवले प्राधिकरण विमाजनसम्बन्धी बिधेयक कहाँ कुन अवस्था पुगेर अड्किएको छ, २४ घण्टाभित्र समितिलाई जानकारी गराउन पर्यटन सचिवलाई निर्देशन दिए।

साथै  सभापति यादवले इयूको कालोसूची जस्तो संवेदनशील विषय त्यत्तिकै टालटुल गरेर बन्न नसकिने भन्दै प्रधानमन्त्री कार्यालयलाई पत्राचार गर्ने बताए। समितिले जुनसुकै समयमा बोलाउन सक्ने भन्दै उनले प्राधिकरण र निगमका उच्च अधिकारीलाई तयारी अवस्थामा रहन आग्रह गरे। रासस
अर्को समाचार
सिंहदरबारको अधिकार गाउँमा पुगे/नपुगेको हुँदैन बहस
०७ वैशाख २०८१
•
३ मिनेट पाठ
सिंहदरबारको अधिकार गाउँमा पुगे/नपुगेको हुँदैन बहस
फाइल तस्वीर
संसद्को हिउँदे अधिवेशन आइतबारदेखि अन्त्य गरेपछि सांसदहरू सिंहदरबारमा देखिन छाडेका छन्। संघीयतापछि सिंहदरबारको अधिकार गाउँगाउँसम्म पुगेको छ वा छैन यसबारे सांसदले समितिमा बहस छलफल गर्नुपर्नेमा सिंहदरबारमा सांसद भेटाउन नै मुस्किल पर्ने अवस्था आएको छ।




मुलुक संघीयतामा गएको ६ वर्ष पुगे पनि साझा अधिकार सूचीका कानुन नबन्दा स्थानीय सरकार सञ्चालनमा कठिनाइ बेहोर्नु परिरहेको अवस्था छ। प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता प्राथमिकतामा राखेको बताउँदै आएका छन्। ‘संसद्जस्तो कानुन बनाउने थलोमा भनाइको मात्र कुनै अर्थ हुँदैन, यो त व्यवहारमा देखिनुपर्ने कुरा हो,’ संसदीय मामिलाका जानकार बताउँछन्।

प्रधानमन्त्री दाहालले संसद्मा बोलेको कुरालाई बेवास्ता गर्दै संसद्को हिउँदे अधिवेशन अन्त्य भएको छ। अधिवेशनको अन्त्यसँगै समितिमा विचाराधीन विधेयक पनि छलफलको प्राथमिकतामा पर्न छाडेका छन्। अमेरिकाका २८औं राष्ट्रपति विडाे विल्सनले भनेका थिए, ‘सभा त प्रदर्शनी कक्ष हुन्, वास्तविक संसद्को अभ्यास त समितिमा हुन्छ, जसबाट कानुन निर्माण गर्ने र अन्य वेथितिको विषयमा संसद्को प्रभावकारिता समितिले देखाउनुपर्ने बुझिन्छ।’

संसदीय समितिका सभापतिको पनि विषय विज्ञता नभएको संसद् सचिवालयका अधिकारी बताउँछन्। ‘संसदीय समिति सभापतिमा पनि केही अध्ययन गरेको र स्पष्ट दृष्टिकोण भएको व्यक्ति राख्न सक्ने हो भने अवश्य पनि समिति प्रभावकारी बन्न सक्छन्,’ संसद्का एक अधिकारीले भने।

पार्टीको भागण्डा, पार्टीभित्र सांसदको भागबन्डाबाट सभापति बन्ने जस्ता कुराले पनि संसदीय समिति प्रभावकारी बन्न नसकेको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलबार बोलाइएको बैठक गणपूरक संख्या नपुगेर स्थगित भयो। अर्को बैठक तत्काल बोलाइएको छैन। कोरम पुर्‍याउन सभापतिले पहल गर्नुपर्दछ, अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गर्ने कुरा राम्रो नभएको सचिवालयका अधिकारी बताउँछन्।

संसदीय समितिमा रहेका विधेयकमा रहेका विषयमा लगातार छलफल नगरेसम्म समितिका सांसद सदस्यलाई पनि सबै कुराको जानकारी हुँदैन। समितिले पारित गरेको विधेयकमा के छ भन्ने कुरा त्यो समितिमा रहेका सांसद सदस्यलाई ज्ञान हुनु आवश्यक छ। तर, आफ्नै समितिले पारित गरेको विषयमा पनि मिडियाबाट जानकारी प्राप्त गर्ने सांसदको संख्या पनि उत्तिकै बढ्न थालेको संसद् सचिवाल स्रोतले जानकारी दियो।

संघीय निजामती सेवा विधेयक, शिक्षा विधेयकमा के संशोधन राखिएको छ, भन्ने कुरा सांसद आफैलाई थाहा नभएको उनीहरू स्वीकार गर्छन्। स्वार्थ समूहबाट सही गर्न लगाएर सांसदले संशोधन प्रस्ताव दर्ता गराउने कुरा पनि पछिल्लोपटक बढ्न थालेको छ।

कुन कानून के को लागि हो र यो कानुनमा के कुरा राख्दा जनताको हितमा हुन्छ भन्ने कुरालाई हेक्का राख्न नसक्दा पनि संसदले राम्रो कानुन बनाउन सकिरहेको छैन। जसबाट एकपटक बनाएको कानून छ महिना नपुग्दै संशोधनको अवस्थामा पुग्ने गरेको दृष्टान्त देखिन्छ। बेलायति कानुनविद् जोन अस्टिनले भनेका छन्, ‘कानुनले अधिकारको सिर्जना गर्दैन, अधिकारले कानुनको सिर्जना गर्छ,’।

उनको भनाइलाई आधार मान्ने हो भने जनताको अधिकार के हो संविधानमा के राखिनुपर्छ भन्ने कुरामा राम्रो दख्खल नभइकन कानुन निर्माण हुन सक्दैन।

अघिल्लो गठबन्धनका अधिकांश मन्त्री विदेश भ्रमणमा मात्रै जाने गर्दा संसदीय समितिका बैठक प्रभावित भएको संमितिका सभापतिहरू बताउँछन्। अहिलेको गठबन्धनबाट प्रतिपक्षमा बसेको कांग्रेसले सदनमा अवरोध गर्दा संसद्को अधिवेशन नै अन्त्य गरिएको छ।

सभामुखले अघिल्लो गठबन्धनको सरकारका पालामा प्रत्येक समिति सभापतिसँग विधेयकमाथिको छलफलको रिपोर्टिङ माग्ने गर्थे तर नयाँ गठबन्धन आएपछि समितिको कामलाई प्रभावकारी रूपमा अघि बढाउनका लागि पहल गरेको देखिँदैन। गत भदौ ११ मा प्रतिनिधिसभाका १० समिति सभापतिको निर्वाचन भएसँगै संसदीय समितिले समितिमा रहेका विधेयकलाई टुंगोमा पुर्‍याउने आशा गरिएको थियो। तर, हिउँदे अधिवेशनको प्रगति हेर्दा तीन विधेयक पनि मुस्किलले पारित भएका छन्।

अघिल्लो बर्खे अधिवेशनमा मिटरब्याजसम्बन्धी मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक मात्र पारित भएपछि बिजनेस दिन नसकेको भन्दै सरकारको आलोचना भएको थियो।

अहिलेको अधिवेशनले तीन विधेयक पारित गरेको छ जसमा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९, अनुगमन तथा मूल्यांकन विधेयक र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०८० रहेका छन्।
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस