थोरै क्षेत्रफलमा धेरै बाघ
१३ साउन २०८०
•
२ मिनेट पाठ
थोरै क्षेत्रफलमा धेरै बाघ
महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघका लागि थोरै क्षेत्रफल भए पनि यहाँ ३६ बाघ छन्। विश्वकै दुर्लभ मानिने बाह्रसिङ्गाको झुण्ड देख्न पाइने शुक्लाफाँटा पाटेबाघका लागि प्रख्यात हुन थालेको छ।




तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस निकुञ्जमा बाघका लागि पर्याप्त आहारा, गुणस्तरीय बासस्थानलगायतको उचित व्यवस्थाले बाघको सङ्ख्या बढ्दै गएको निकुञ्ज कार्यालयले जनाएको छ।

निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले तराईका अन्य राष्ट्रिय निकुञ्जमा भन्दा शुक्लाफाँटामा धेरै बाघ रहेको बताए। “यहाँ बाघका लागि खाना र बासस्थानको राम्रो व्यवस्था गरिएको छ”, उनले भने, “आहाराका प्रजाति धेरै भएकाले पनि यहाँ बाघको सङ्ख्या बढेको हो।” 

शुक्लाफाँटाभित्र रहेका ठूलो घाँसेमैदान, तालतलैया र प्रशस्त आहाराका लागि प्रजाति बढेसँगै बाघको सङ्ख्या पनि बढेको ऐरले बताए। उहाँका अनुसार निकुञ्जमा बाघको प्रमुख आहाराका रुपमा बाह्रसिङ्गा, रतुवा, चित्तल र बँदेल छन्।

“निकुञ्जभित्र प्राकृतिक ताल र तीन वटा ठूला नदीहरु छन्”, ऐरले भन्नुभयो, “यस बाहेक निकुञ्ज कार्यालयले १४ कृत्रिम तालसमेत बनाएको छ। वन्यजन्तुलाई प्यास मेटाउन पानीको अभाव छैन।” उनका अनुसार निकुञ्ज क्षेत्रमा चौधर, स्याली र महाकाली नदी छन्। चौधर नदी यहाँका वन्यजन्तुका लागि प्यास मेटाउने प्रमुख पानीको स्रोत रहेको निकुञ्जले जनाएको छ।

पछिल्ला केही वर्षयता शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चोरीसिकार नियन्त्रण भई आहारा प्रजातिको उपलब्धता भएकाले बाघको सङ्ख्या चार वर्षमा दोब्बर पुगेको राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले जानकारी दिए। “पछिल्लो समय चोरीसिकार नियन्त्रण र आहारा प्रजाति निकै राम्रो भएकाले अहिले बाघ दोब्बरले वृद्धि भएको हो”, उनले भने।

जोशीका अनुसार निकुञ्ज प्रशासन, नेपाली सेना र मध्यवर्ती क्षेत्रका उपभोक्ता समिति निकुञ्ज संरक्षणमा लागेका छन्। निकुञ्जमा सन् २०१३ को गणनाअनुसार १७ बाघ रहेकामा सन् २०२२ को गणनामा यो सङ्ख्या बढेर ३६ पुगेको हो। निकुञ्जको वरिपरि मानव बस्ती भए पनि बाघ र मानवबीच द्वन्द्व नरहेको निकुञ्ज कार्यालयले जनाएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सन् २००८ देखि स्वचालित क्यामरा प्रविधिबाट बाघ गणना तथा अनुगमन भइरहेको छ। रासस
अर्को समाचार
थोरै क्षेत्रफलमा धेरै भए बाघ, अब संख्या नबढाइने
२५ साउन २०८३
•
५ मिनेट पाठ
थोरै क्षेत्रफलमा धेरै भए बाघ, अब संख्या नबढाइने
सीमावर्ती जिल्ला कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ३ सय ५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। विशाल घाँसे मैदानमा सयौँको बथानमा बाह्रसिंगे देखिने यो निकुञ्ज पाटेबाघ हेर्नका लागि पनि उत्तिकै आकर्षक मानिन्छ। विशाल घाँसे मैदान, प्रशस्त आहारा प्रजाति र खानेपानी उपलब्ध भएकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या उल्लेख्य रूपमा बढेको छ। थोरै क्षेत्रफलमा ५० पाटेबाघ रहेका छन्।




बाघ जंगलमा निश्चित इलाका छुट्याएर बस्ने गर्छ। संरक्षणकर्मीका अनुसार भाले बाघ आफ्नो इलाकाभन्दा बाहिर पनि निस्कँदैन र आफ्नो इलाकामा अन्य भाले बाघलाई आउन पनि दिँदैन।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले शुक्लाफाँटामा बाघका लागि आहारा प्रजाति प्रशस्त भएकाले कम क्षेत्रफलले कुनै समस्या नभएको बताएका छन्। बाघ गणना गर्दा ४९ बाघ निकुञ्जको कोर एरियाभित्र रहेको देखिएको उनले बताए। एक बाघ मात्र लालझाडी–मोहना कोरिडोरमा फेला परेको उनको भनाइ छ।

‘प्रशस्त आहारा प्रजाति भएकाले बाघ निकुञ्जभित्रै कोर एरियामा बसेर बाहिर ननिस्केका हुन्,’ उनले भने। दुई वर्षयता कुनै बस्तीमा पनि बाघले मान्छे खाएको घटना नघटेको उनी बताउँछन्।

आहारा प्रजाति प्रशस्त

शुक्लाफाँटामा प्रतिवर्ग किलोमिटर १ सय ४६ आहारा प्रजाति छन्। ‘बाघका लागि आहारा प्रशस्त र खानेपानी छ,’ उनले भने, ‘यसैले क्षेत्रफल कम भए पनि बाघको संख्या बढ्दै गएको हो।’

बाघका लागि धेरै आहारा प्रजाति पाउने नेपालमै बर्दियापछि शुक्लाफाँटा निकुञ्ज दोस्रो रहेको उनले बताए।

शुक्लाफाँटामा बाघका लागि वासस्थानको पनि राम्रो व्यवस्था छ। निकुञ्जभित्र प्राकृतिक ताल छन् भने १४ वटा कृत्रिम तालसमेत बनाइएको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा क्षेत्रफल कम भए पनि आहारा प्रजाति प्रशस्त भएकाले बाघका लागि अनुकूल रहेको छ। नेपालमै सबैभन्दा ठूलो घाँसे मैदान रहेको शुक्लाफाँटामा बाघका लागि आवश्यक पर्याप्त आहारा र खानेपानीको उपलब्धता रहेको छ।

‘बाघका लागि आहारा प्रशस्त र खानेपानी छ,’ उनले भने, ‘यसैले क्षेत्रफल कम भए पनि बाघको संख्या बढ्दै गएको हो।’

शुक्लाफाँटामा १६ वर्षमा ४२ बाघ बढे

बाघ निश्चित इलाकाभित्र बस्ने गर्छ। उसले आफ्नो एरिया छुट्याउन चारैतिर नाग्राले रुख कोतरेर, दिसा–पिसाब छोड्ने गर्छ, ताकि त्यस क्षेत्रमा अर्को बाघ नआओस्। पहिले एउटा भाले बाघ ५०–६० किलोमिटर क्षेत्रफलमा बस्ने भनिए पनि आहारा प्रजाति प्रशस्त भएमा १५–२० किलोमिटरमै भाले बाघ बस्ने संरक्षणकर्मी बताउँछन्।

‘पहिले धेरै ठूलो इलाका चाहिन्छ भनिन्थ्यो, पछिल्लो अध्ययनले आहारा प्रजाति प्रशस्त हुँदा १५–२० किलोमिटर क्षेत्रफलमा एउटा भाले बाघ र ३–४ वटा पोथी बाघ बस्ने गरेको देखाएको छ,’ संरक्षणकर्मी चौधरीले भने।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्लो चार वर्षको अवधिमा १४ वटा बाघ बढेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी पुरुषोत्तम वाग्लेले बताए।

वि.सं. २०८२ मा गरिएको राष्ट्रिय बाघ सर्वेक्षणअनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या ५० पुगेको छ। यसअघि चार वर्षअघि, २०२२ को सर्वेक्षणमा ३६ वटा मात्र बाघ थिए।

त्यही प्रोटोकल र प्रविधि प्रयोग गरेर प्रत्येक वर्ष पनि बाघको गणना हुने उनी बताउँछन्। निकुञ्ज कार्यालयले २०२४ मा गरेको गणनामा यहाँ बाघको संख्या ४३ थियो। शुक्लाफाँटा–लालझाडी कम्प्लेक्समा २ गुणा २ किलोमिटरका ग्रिड बनाएर हरेक ग्रिडमा एक जोडी स्वचालित क्यामेरा कम्तीमा १५ दिनसम्म राखिएको थियो।

तिनै स्वचालित क्यामेराले कैद गरेको तस्बिरका आधारमा बाघको संख्या यकिन गरिएको हो।

शुक्लाफाँटामा क्यामेरा ट्र्यापिङ गरेर सबैभन्दा पहिले सन् २००९ मा गणना हुँदा ८ वटा बाघ मात्र रहेको उनले बताए। १६ वर्षमा ४२ वटा बाघ बढेको उनले बताए।

मानव-बाघ द्वन्द्व

वरिपरि बस्ती रहेको शुक्लाफाँटामा बाघको संख्या वृद्धिले संरक्षणकर्मी उत्साहित भए पनि मानव र बाघबीचको द्वन्द्व चुनौती बनेको छ। स्थानीय बासिन्दा भने बाघको जोखिम बढ्न सक्ने कुराले चिन्तित बनेका छन्।

वरिपरि बस्ती रहेको शुक्लाफाँटाको ३ सय ५ वर्ग किलोमिटर क्षेत्रफलमै ५० बाघ भएपछि मानव–बाघ द्वन्द्वलाई व्यवस्थापन गर्न ठूलो चुनौती देखिएको छ। यसअघि पनि बाघ बस्तीमा पसेर अथवा मेलापात गएकालाई बाघले आक्रमण गर्दा कयौँको ज्यान गइसकेको छ।

बाघको संख्या बढेसँगै बस्तीमा बाघबाट सर्वसाधारणको ज्यान जाने जोखिम बढेको स्थानीय बताउँछन्। बाघको संख्या बढाएर मात्र भएन, बाघबाट सर्वसाधारणको ज्यान नजाने कुरामा पनि राज्यले ध्यान दिनुपर्ने स्थानीय बताउँछन्।

शुक्लाफाँटामा अब बाघको संख्या नबढाइने

सन् २००९ मा बाघको पहिलो गणना हुँदा नेपालमा बाघको संख्या १ सय २१ थियो। रुसमा भएको बाघ सम्मेलनमा बाघको संख्या २०२२ सम्म दोब्बर बनाउने घोषणा भएबमोजिम नेपालले पनि बाघ संरक्षणको योजना बनाएर लागू गरेको वरिष्ठ संरक्षण अधिकृत चौधरी बताउँछन्।

‘नेपालमा दोब्बर होइन, तेब्बर नै वृद्धि भएको छ,’ उनले भने। शुक्लाफाँटामा ८ वटा बाघबाट बढेर ५० वटा पुगेका छन्।

‘शुक्लाफाँटामा अब बाघ बढाउनु आवश्यक छैन, हामी बढाउँदैनौँ, बाघको संख्या पुग्यो,’ उनले भने, ‘अब संरक्षण र व्यवस्थापन गरिनुपर्छ।’

बाघको संख्या दोब्बर बनाउने सरकारको घोषणा पूरा भएकाले देशभर पनि संख्या बढाउनुभन्दा व्यवस्थापन गर्नुपर्ने संरक्षणकर्मीको राय छ।

‘बाघको संख्या बढाउनेभन्दा अब व्यवस्थापन गरिनुपर्छ,’ संरक्षणकर्मी वाग्लेले भने, ‘अब बाघको संख्या बढाउनुभन्दा व्यवस्थापनमा ध्यान दिनुपर्छ।’

अशक्त, बूढो वा समस्यामा परेको बाघको पहिचान गरेर आहाराको व्यवस्थासहित नियन्त्रणमा राख्ने उपाय गरिनुपर्ने उनी बताउँछन्। विश्वका १३ देशमा मात्र बाघ पाइन्छ। बाघ अढाई–तीन वर्षमा वयस्क भइसक्छ भने १६ देखि २० वर्षसम्म यसको आयु हुने गरेको विज्ञ बताउँछन्।

देशभरिमा बाघको संख्या बढेर ४ सय २९ पुगेको छ। सन् २००९ देखि प्रत्येक चार–चार वर्षमा देशभर एकै चरणमा बाघ गणना गरिने गरेको छ।
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस