मुगु हिमपहिरो अपडेटः जुम्लाका तीन जनाको मृत्यु
२४ वैशाख २०८०
•
१ मिनेट पाठ
मुगु हिमपहिरो अपडेटः जुम्लाका तीन जनाको मृत्यु
फाईल तस्बिर
मुगुको च्यार्खु लेकमा हिउँ पहिरोमा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको मृत्यु भएको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिएका छन्।




यार्सा सङ्कलनका लागि  पातारासीबाट गएका १४ जनाको टोलीमध्ये तीन जनाको मृत्यु भएको उनले बताए। अन्य सामान्य घाइते भएका छन्। दुई जना सकुशल रहेको खबर प्राप्त भएको छ। प्रहरीको टोली घटनास्थलतर्फ गएको छ। उनीहरुको उद्धार गर्न मुगुको जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र सङ्घीय सरकारलाई जानकारी गराएको उपाध्यक्ष रोकायाले जानकारी दिए।

शनिबार दिउँसो खबर आएसँगै इलाका प्रहरी चौकी मुगुबाट प्रहरीको टोली घटनास्थलतर्फ गइसकेकाले के–कसरी घटना भयो रु हिउँपहिराका कारण हो कि अन्य कारण हो भनेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले जानकारी दिए। यार्सागुम्बा सङ्कलनका लागि गाउँपालिकाले अगामी जेठ ४ गतेदेखि प्रवेश अनुमति खुला गर्ने भनिए पनि त्यो सूचनालाई छलेर अहिले सयौँ व्यक्ति अर्कै बाटो हुँदै मुगुको पाटनमा पुगेका छन्। बेपत्ता भएका तीन जनासहितको टोली पनि अर्कै बाटो भएर पाटनमा पुगेका थिए। 
अर्को समाचार
गाउँबस्तीमा सडक सञ्जालले जोडियो पातारासी
१७ भदौ २०७८
•
३ मिनेट पाठ
गाउँबस्तीमा सडक सञ्जालले जोडियो पातारासी
जुम्लाको पातारासी गाउँपालिकाका हरेक गाउँबस्तीमा सडक सञ्जालले जोडिएको छ। सडकले गाउँ जोडिएपछि दैनिक उपभोग्य बस्तु ल्याउन र उत्पादित कृषिजन्य बस्तु लैजान सहज भएको हो। अहिले जुम्ला सदरमुकाम खलंगा देखि दुई बस र चार वटा जीप सञ्चालनमा छन। सवारीसाधनको आवागमन संगै यहाँका नागरिकले घण्टौँ सम्म पैदल यात्रा गरेर सदरमुकाम खलंगा पुग्नु पर्ने बाध्यता हटेकोछ। सडक जोडिएपछि यहाँका नागरिक निकै खुसी छन्।  




सदरमुकाम देखि उर्थुचौतारा सम्म त अटो रिक्सा समेत चल्छन। सडक पुगेको भएपनि कच्ची सडकका कारण वर्षातको बेला यातायात सञ्चालनमा असहजता आउने गरेको ना ४ ख ८३२४ नम्बरका गाडी चालक कृष्ण बिष्ट बताउँछन्। उनले भने,‘पातारासीको गाउँबस्ती सम्म सडक पुगेको छ। जसले यहाँका नागरिकलाई आवतजावत गर्न निकै सहज छ। बिरामीलाई एम्बुलेन्सबाट ल्याउन सकिन्छ। ’

तर सडक निकै साँघुरो छ। बाइकलाई साइड दिन पनि पुग्दैन। जोखिम मोलेर यातायात सेवा दिइरहेको चालक बिष्ट बताउँछन्। उनका अनुुसार सदरमुकाम खलंगा देखि पातारासीको पेरे गाउँ सम्म २५० गाडी भाडा लाग्छ। गाडी सहज रुपमा सञ्चालनको लागि पातारासी गाउँपालिकाले ध्यान दिन जरुरी छ।  

चन्दननाथ नगरपालिकाको रानारावत र उर्थु गाउँ नजिकै सडक निकै जोखिमपुर्ण छ। पहिले बाटो राम्रो थियो,यात्रा सहज थियो। अहिले स्तरउन्नतीको लागि ठेकेदारले जिम्मेवारी लिएपछि सडक अस्तव्यस्त बन्यो। बनाएका संरचना ध्वस्त भइसके। चालक कृष्णले भने,‘तत्काल सडक स्तरउन्नती गरेर यातायात सेवा सञ्चालनमा ल्याउन जरुरी छ। अनिमात्र यहाँको यातायात सेवा सहज हुनेछ। ’ गाडी सञ्चालनको लागि रुटप्रमिट पनि छैन।  

गाउँमा सडक पुग्दा उत्साहित भएको पातारासी ३ छुम गाउँका कालीबहादुर महतारा निकै खुसी छन्। यहाँबाट राराजाने पर्यटकलाई समेत असर परिरहेको छ। उनले भने,‘गाउँमा सडक पुग्नु मात्र ठुलो कुरो होइन। सडक ग्राभेल गरेर यात्रा सहज गर्नु अहिलेको आवश्यकता हो। ’अहिले व्यापारी गाउँमै स्थानीय उत्पादन खरिद गर्न पुग्छन्।  

गाउँको तरकारी सदरमुकाम ल्याउज सहज भएको स्थानीय बताउँछन्। यो सडक उर्थु हुदै राराताल जोड्ने सडक भएकोले स्तरउन्नती आवश्यक छ। पातारासी गाउँपालिकामा १६ वटा गाउँछन। सबै गाउँमा गाडी पुगेको छ। एम्बुलेन्स सबै गाउँमा पुग्छ,प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले भने,‘सडक स्तरबृद्धि गर्न बाँकी छ। यो पनि चालु आर्थिक वर्षभित्रै काम सुरु हुन्छ। ’

स्थानीयतह आइसकेपछि गाउँगाउँमा सडक पुग्नु निकै ठुलो उपलब्धि भएको उनी बताउँछन्। दुरदराजमा उत्पादित फलफुल अन्नपात सबै बजार सम्म ल्याउज सहज बनेको उनी बताउँछन्। कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकास मन्त्री दीनबन्धु श्रेष्ठ बाढी प्रभावित क्षेत्रको अनुगमन गर्न पातारासीको छुम गाउँमा पुग्यो। उनी संग ८ वटा गाडी लस्कर लागेका थिए। गाउँमा लस्करै गाउँमा पुग्दा स्थानीय दंग भए। मन्त्री श्रेष्ठले भने,‘गाउँमा सडक पुग्यो। आवतजावतमा सहज भयो। यहाँ उत्पादित बस्तु बजारीकरण गर्न समस्या भएन। यही उपलब्धि हो। सडक स्तरउन्नतीको लागि प्रदेश सरकार समन्वय गर्न तयार छ। स्थानीय सरकार पनि लागेको छ। ’

उनले प्रयाप्त मात्रमा स्थानीय बस्तु उत्पादन गरेर बजार सम्म पुर्याउनको लागि तयार हुन स्थानीयलाई आग्रह गरेका थिए। जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले गाउँमा गाडी पुगेपछि यहाँका किसानको जीवनशैली फेरिएको बताए। उनले भने,‘यहाँका किसान कृषिजन्य बस्तु उत्पादन गरेर आर्थिक समृद्धि हासिल गर्ने भइसकेका छन। सडकबाट ढुवानी गरेर सहजै बजार पुर्याउने अवस्था छ। ’

यो सडक जुम्लाको राराताल र डोल्पा जोड्ने भएकोले कर्णाली प्रदेश सरकारले पनि प्राथमिकताका साथ ध्यान दिनु पर्नेमा जोड दिए। गाउँपालिकाका उपाध्यक्ष पुन्नकली महताराले गाउँगाउँमा सडक पुर्याउन सफल भएको बताउँछिन्। उनले भनिन्,‘सडक आर्थिक समृद्धिको पहिलो आधार हो। सडक सबै वस्तीमा पुग्यो।अब विद्युतको आवश्यक छ। अहिले सडक आसपासमा पोल गाड्ने काम भइरहेको छ। ’

अहिले सडक पुगे संगै गाउँमा पक्की संरचना निर्माण हुन थालेका छन्। सरकारी संरचाना बनाउनको पनि सहज भएको हो। त्यहाँको नदिजन्य वस्तु गिट्टी बालुवा बजार पुग्छ। विभिन्न उद्योग स्थापना हुन थालेका छन। अहिले पातारासीमा इन्टरलक ब्लक उद्योग छ। त्यहाँबाट लाखौको इन्टरलक ब्लक जुम्ला बजार पुग्ने गरेको छ।  स्याउ,सिमी,ओखर लगायतका फलफुलत तथा तरकारी खरिदका लागि ब्यापारी गाउँमै गाडी लिएर पुग्छन्।  
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४४ सेकेन्ड अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले बेलिब्रीज पुनर्जडानका लागि ठेक्का लगाउने काम अन्तिम चरणमा पुगिसकेको जनाएको छ।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस