म्याग्दीको बेनी नगरपालिका– ५, पुलाचौरकी पार्वती बानियाँलाई आँखा बन्द भएपछि दिन पनि रातजस्तै लाग्यो। देब्रे आँखा ४ वर्षअगाडि र दाहिने करिब दुई वर्षअगाडि बन्द भए। दुवै आँखा बन्द भएपछि उनको दिनचर्या पति डेकबहादुर बानियाँको सहयोगमा हुँदै आएको थियो। पार्वतीले दुई वर्ष कष्टपूर्ण तरिकाले बिताइन्।
बेनीमा आयोजित निःशुल्क आँखा शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गरेपछि पार्वती पतिको अनुहार देखेर भावुक भइन्। ‘अन्धकारमा दिन बिताइरहेकी थिएँ, अहिले उज्यालो भएको छ, पहिलो त रात दिन एकै लाग्थ्यो’, पार्वतीले भनिन्। उनले अब नयाँ आँखाबाट हेर्ने र नियमित घरायसी काम गर्ने बताइन्।
अन्नपूर्ण गाउँपालिका– ६ घारकी सरस्वती बरुवालले दुई वर्षपछि पति नरबहादुर बरुवालको अनुहार देखिन्। दुवै आँखा बन्द भएर घरमै थलिएकी सरस्वतीलाई पति नरबहादुरले शिविरमा ल्याएका थिए। पतिको साहरामा शिविरसम्म आएकी पार्वती र सरस्वती मोतियाविन्दुको शल्यक्रियापछि आफैं हिँडेर घर फर्किए। अन्नपूर्ण– ८ नांगीकी ७५ वर्षीया सतिमा गर्बुजाले आँखा बन्द भएको तीन वर्षपछि खुलेको बताइन्। ‘शरीर र हात पाखुरासँगै आँखाले पनि धोका दियो, ‘आज उपचारपछि निकै खुसी लागेको छ’, गर्बुजाले भनिन्।
नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दी र पोखरा व्यावसायिक महिला क्लबको आयोजना, मिसाल बाबर एन्ड फ्रेन्ड्स बाडेन–बाडेन जर्मनीको आर्थिक सहयोग तथा हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा भएको मोतियाविन्दु शिविरमा उराठ र पट्यारलाग्दो बुढ्यौली उमेरमा आँखा खुलेपछि वृद्धवृद्धामा खुसी छाएको थियो।
‘बोकेर ल्याइएका बिरामी उपचारपछि आफैं हिँडेर गए, ‘आँखा बन्द भएपछि घरको चौघेराभित्र कैद भएर बस्नेहरूको खुसी नै हाम्रो सेवा हो। भविष्यमा पनि शिविरलाई निरन्तरता दिने छौं’,अध्यक्ष बानियाँले भने। शिविर आइतबार र सोमबार ४९ जनाको मोतियाविन्दुको शल्यक्रिया, ७ सयभन्दा बढीले आँखाको उपचार सेवा लिएका थिए। शिविरमा हिमालय आँखा अस्पताल पोखराका नेत्ररोग विशेषज्ञ डा. अञ्जु गुरुङ नेतृत्वको ८ जनाको टोलीले बिरामीमा आँखाको चेकजाँच गर्नुका साथै शल्यक्रिया सेवा उपलब्ध गराएका थिए।