म्याग्दीमा प्रतिबन्धित औषधि (लागुऔषध) ओसार–पसार र प्रयोगमा महिल समेत संलग्न देखिएको छ। लागुऔषध विरुद्ध आक्रामक देखिएको प्रहरीले बेनी नगरपालिका–८, कालीपुलबाट बुधबार एक महिला सहित दुईजनालाई ठूलो परिमाणमा लागुऔषध सहित पक्राउ गरेको छ।
रघुगंगा गाउँपालिका–७, का २८ वर्षीया सोबिता बागदास र बेनपा–९ घतान का ३२ वर्षीय प्रेम सार्कीबाट २ सय एम्पुल डाईजोपाम, २०१ एम्पुल फेनेरागन र २०० एम्पुल नुर्फिन बरामद भएको प्रहरी नायव उपरीक्षक मदन कुँवरले जनकारी दिए।
‘पछिल्लो तीनवर्ष यताकै ठूलो परिणाममा लागुऔषध बरामद भएको छ,‘पक्राउ परेकाहरुबाट कनेक्सन खोज्दैछौ’ प्रनाउ कुँवरले भने। छिमेकी पर्वतको जलजला गाउँपालिका–३ ,मा बस्दै आएका अभियुक्तले म्याग्दीका प्रयोगकर्तालाई बिक्री गर्ने गरेको प्रहरीको अनुमान छ। म्याग्दीको सदरमुकाम बेनीमा पुरुष र महिला नै कुलतमा फसेकाकालाई महिलाको प्रयोग भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।
भारतीय बजार जोगवनीमा खरीद गरेको लागुऔषध ल्याइएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ। उनी भरिया हुन् या कारोबारी भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकी बगादास र सार्कीलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत जिल्ला अदालत म्याग्दीबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पछिल्लो दुई सातामा बेनीमा चार जनालाई प्रहरीले लागू औषध सहित पक्राउ गरेको जनाएको छ।
चिकित्सकको सिफारिसमा मात्रै प्रयोग गर्न मिल्ने औषधिहरू डाइजेपाम, फेनारगन, नोफिन, नाइट्रोभेट छ्यापछ्याप्ती पाइन्छ। खैरो हेरोइन नपाइएपछि प्रयोगकर्ताले एम्पुल प्रयोग गर्ने गरेको समेत भेटिएको छ। आर्थिक हिसाबले सस्तो र बिक्रेताको संख्या अधिक भएर सुईबाट लागुऔषध लिनेको संख्या बढेको छ। आर्थिक वर्ष २०७८/७९ मा लागू औषधका दुई वटा मुद्दामा ४ जना, २०७७/७८ मा ६ वटा मुद्दामा ७ जना र २०७६/७७ मा ९ वटा मुद्दामा ११ जना पक्राउ परेका थिए। २०७६/७७ मा १०९ एम्पुल डाईजापाम, १०९ एम्पुल फेनेरागन, १११ एम्पुल नुर्फिन, ४ थान सिरिन्ज, १४२ ग्राम चरेश, ७ किलो ९५० ग्राम गाँजा बरामद गरेको थियो भने २०७७/७८ मा १५० एम्पुल डाईजेपाम, १४९ एम्पुल फेनारागन, १४८ एम्पुल नोर्फिन, ३२ केजी १७५ ग्राम गाँजा र नगद रु. १२ हजार ६० बरामद भएको थियो। २०७८/७९ मा ७ एम्पुल डाईजेपाम, ८ एम्पुल फेनेरागन, ७ एम्पुल नुर्फिन र ५४८ ग्राम गाँजा बरामद भएको प्रहरीले दिएको तथ्याङमा छ।
म्याग्दीको सदरमुकाम बेनीमा कुलतमा फसेका यूवाहरु सहित बिक्री गर्न आउनेको निगरानीमा प्रहरीले साधा पोशाकमा समेत परिचालन गरेको छ भने पक्राउ परेकाहरुको सूचनाका आधारमा धमाधम पक्राउ गर्न थालेको छ।