म्याग्दीमा प्रतिबन्धित खैरो हेरोइनको लतमा फसेका यूवाहरूलाई लक्षित गरी ल्याउँदै गरेका एक भारतीयलाई प्रहरीले नियन्त्रणमा लियो।
भारतको पश्चिम बंगाल घर भएका २८ वर्षीय अलेमुन हकलाई गोप्य सूचनाको आधारमा बेनी नगरपालिका–८,कालिपुलबाट ६.५ ग्राम खैरो हेरोइन बरामद गर्यो।
लागु औषध सहित बेनीमा प्रवेश गरेका अभियुक्त अलेमुनका बारेमा थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेको छ। पोखरालाई ट्रान्जिट बनाएर लागू औषध ओसारपसार भइरहेको अनुमान प्रहरीको छ।
म्याग्दीभित्र खैरो हिरोइनका प्रयोगकर्ता कति छन्? भन्ने बारेमा यकिन संख्या नभए पनि भारतीय नागरिक सिधै बेनीमा बिक्रीका लागि प्रवेश गरेको अवस्थामा नियमित ग्राहक हुनसक्ने बताइएको छ।
खैरो हेरोइनको प्रयोगकर्ता बेनी बजारमै रहेको अनुमान गरिएको छ। केही दिन अघि समेत रुपन्देही जिल्ला सोमरीमाई गाउँपालिका वडा नं ३ सिलवारी बस्ने १९ वर्षीय मुस्ताफा खानलाई ३९३ ट्वलेट नाइट्राजेपाम सहित प्रहरीले नियन्त्रणमा लिएकाे थियो। यो घटना बेनी बजार आसपासमा लागू औषधको कारोबार कसरी र कुन स्वरूपमा भइरहेको छ भन्ने बुझाउने दृष्टान्त हो।
चिकित्सकको सिफारिसमा मात्रै प्रयोग गर्न मिल्ने औषधिहरू डाइजेपाम, फेनारगन, नोफिन, नाइट्रोभेट छ्यापछ्याप्ती पाइन्छ। खैरो हेरोइन नपाइएपछि प्रयोगकर्ताले एम्पुल प्रयोग गर्ने गरेको समेत भेटिएको छ। आर्थिक हिसाबले सस्तो र बिक्रेताको संख्या अधिक भएर होला सुईबाट लागु औषध लिनेको संख्या बढेको अनुमान प्रहरीको छ।
आर्थिक वर्ष २०७८/७९ मा लागू औषधका दुई वटा मुद्दामा ४ जना, २०७७/७८ मा ६ वटा मुद्दामा ७ जना र २०७६/७७ मा ९ वटा मुद्दामा ११ जना पक्राउ परेका थिए।
२०७६/७७ मा १०९ एम्पुल डाईजापाम, १०९ एम्पुल फेनेरागन, १११ एम्पुल नुर्फिन, ४ थान सिरिन्ज, १४२ ग्राम चरेश, ७ किलो ९५० ग्राम गाँजा बरामद गरेको प्रहरी जनाएको छ।
२०७७/७८ मा १५० एम्पुल डाईजेपाम, १४९ एम्पुल फेनारागन, १४८ एम्पुल नोर्फिन, ३२ केजी १७५ ग्राम गाँजा र नगद १२ हजार ६० बरामद भएको थियो।
२०७८/७९ मा ७ एम्पुल डाईजेपाम, ८ एम्पुल फेनेरागन, ७ एम्पुल नुर्फिन र ५४८ ग्राम गाँजा बरामद भएको प्रहरीले दिएको तथ्याङ्कमा छ।
म्याग्दीमा धुलोको तुलनामा सस्तो हुने भएकाले सुईबाट लिने प्रयोगकर्ता बढेको एक दुर्व्यसनीले नाम नलेख्ने सर्तमा बताए। उनका अनुसार प्रहरीले थाह पाउने डरले उनीहरू आफ्ना साथीमाझ र बिक्रेताका लागि फरक भाषा प्रयोग गर्छन्। प्रयोगकर्तामाझ खैरो हेरोइनलाई धुलो, पिठो, सामान र माल, एम्पुललाई पानी र ग्लुकोज र विक्रेतालाई डिलर, पासा, साहू र साथीजस्ता शब्द प्रयोग गर्छन्।
म्याग्दीमा पछिल्लो समय सिरिन्जबाट लागु औषध लिनेको संख्या बढेको देखिन्छ। सेवनकर्ताले आफैँले प्रयोग गर्न सजिलो र बेचेमा मनग्गे कमाइ गर्न सकिने बताएपछि यस्तो धन्दामा लागेको प्रहरीसँग बताउने गरेका छन्। प्रयोगकर्ता नै लागूपदार्थ कारोबारीमा संलग्न हुन थालेपछि सम्पर्कमा रहेका किशोर किशोरी एवं युवालाई समेत मगाउने गरेको पाइएको छ।
बेनी बजारमा पर्वत बेनी तथा बागलुङ हुँदै भरियाको रूपमा समेत लागु औषध लिएर आउने गरेका छन्। लागु औषध सहित पक्राउ परेकाबाट नाम मुछिएकाहरूको समेत खोजी कार्य भइरहेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको भनाई छ। ग्रामीण क्षेत्रमा प्रहरीले गाँजाको बोट फडानीको अभियान सञ्चालन गरे पनि गाँजा, चरेसको प्रयोगकर्ताको संख्या घटाउन सकिएको छैन।
हुनेखानेका परिवारका सदस्य मात्रै होइन, मध्यमदेखि निम्न वर्गीय परिवारका सदस्यसम्म लागू औषधको दलदलमा फसिरहेको म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए।
सदरमुकाम बेनीमा स्कुले विद्यार्थी समेत दुर्व्यसनीमा फस्न थालेको दरलाग्दो समस्यालाई मध्यनजर गरी पुराना प्रयोगकर्तामार्फत नयाँलाई खोजी गर्ने क्रमलाई समेत तीव्रता दिएको छ।

‘लागु औषधको प्रयोगकर्ताको खोजीलाई तीव्रता दिएका छौ, ‘सचेतनामूलक अभियानसँगै कारोबारीको कनेक्सन समेत भत्काउनुपर्नेछ’ प्रनाउ कुँवरले भने।उनले लागू औषध र पदार्थ सेवनकर्ताको संख्या बढ्दा लत छुटाउने र लतमा फस्न नदिन सचेतनामूलक अभियानको समेत आवश्यकता रहेको बताए। उनले कुलतमा फस्नुका पछाडि पारिवारिक पृष्ठभूमि, सामाजिक वातावरण र मानसिक अवस्थाका बारेमा समेत बुझ्न आवश्यक रहेको बताए।