जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहलाई 'महामुर्ख' को उपाधि दिइएको छ।
मिथिला नाट्यकला परिषद् (मिनाप) ले प्रत्येक वर्षको होली महोत्सवको अवसरमा प्रदान गर्दै आएको यो उपाधि यस पटक मेयर साहलाई दिइएको हो। उपाधिको नाम महामूर्ख दिए पनि समाजमा योगदान पुर्याएका व्यक्तिलाई दिने गरिएको छ।
फागु पर्वलाई लक्षित गरी मिथिला नाट्यकला परिषद्ले आयोजना गरेको दुईदिने होरी महोत्सवको दोस्रो दिन मंगलबार 'महामूर्ख' सम्मेलनु सम्पन्न भएको छ। सोमबार डम्फा वादन तथा फागु गीत गायन प्रतियोगिता सम्पन्न भएको थियो।
जानकी मन्दिर प्रांगणमा आयोजित महामुर्ख सम्मेलनमा सहभागी भएका पत्रकार ऋषि धमलालाई 'पटमुर्ख' को उपाधि दिएको छ। समाजमा योगदान पुर्याउने अन्य व्यक्तिहरुलाई विभिन्न उपनाम दिएर मुर्खको उपाधि दिएका हुन्।
डा.सानु साह,किरण झा रेश्मी, बिरेन्द्र रमण,बलराम महतो रेखा झा,संजय कुमार झा,बिभा ठाकुर,हरिप्रसाद मण्डल र रतनेश्वरलाल कर्णलाई मुर्खको उपाधि दिएको हो।
मिथिलाञ्चलको लोप हुँदै गएको फागु गीत परम्परालाई निरन्तरता दिन परिषद्ले ०६१ सालदेखि डम्फा प्रतियोगिता तथा महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ। महामूर्ख सम्मेलनमा सहभागी विशिष्ट पाहुनामध्ये एक वा दुईलाई महामूर्ख तथा केही अन्यलाई पटमूर्ख, हरासंख, डपोरसंखलगायत व्यंग्यात्मक 'मानपदवी' दिने चलन छ।
यसअघि मिनापले नीति तथा योजना अयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, पूर्व मुख्यमन्त्री लालबाबु राउत, पूर्व नगर प्रमुख लालकिशोर साह, शीतल झा, राजनीतिक विश्लेषक सीके लाल, साहित्यकार रामभरोष कापडी लगायतलाई महामूर्खको उपाधि दिइसकेको छ।
सम्मेलनमा मिनापका कलाकारहरूले हास्यव्यंग्यप्रधान नाटक प्रस्तुत गरेका थिए। स्थानीय कविहरुले हास्य कविगोष्ठी तथा फागु गीतको प्रदर्शनसमेत गरेका थिए।
मिथिला कला तथा संस्कृतिकको क्षेत्रमा लामो समयदेखि कार्यरत रहेको मिनापले होली पर्वको पूर्वसन्ध्यामा महामूर्ख सम्मेलन गर्ने गरेका छन्।
सामाजिक,राजनीतिकलगायतका क्षेत्रमा उल्लेखनीय काम गर्ने व्यक्तिलाई मिनापले महामूर्खको उपाधि दिने गरेको छ।