सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर र इन्जिनियर विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
विद्यालय सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग लिएको १ लाख ४० हजार रुपैयाँसहित इन्जिनियर रामचन्द्र साहलाई अख्यिारले पक्राउ गरेको थियो।
सेवाग्राहीसँग नगर प्रमुख जितेन्द्रप्रसाद गुप्ता र इन्जिनियर रामचन्द्र साहले घुष रकम लिएको पुष्टि भएपछि अख्यिारले उनीहरु विरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।
प्रवक्ता दहालका अनुसार शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साहले निर्माण कार्यको भुक्तानी वापत सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको, कार्यालय, इटहरीबाट गएको टोलीले इन्जिनियर साहलाई माघ ३ गते सेवाग्राहीबाट लिएको एक लाख ४० हजार रुपैयाँ सहित पक्राउ गरेको थियो।
अनुसन्धानको क्रममा नगरप्रमुख जितेन्द्र प्रसाद गुप्ता र इन्जिनियर रामचन्द्र साहबीचको आपसी योजना तथा मिलोमतोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनको लागि सेवाग्राहीसँग उक्त रकम माग गरिएको पुष्टि भएको प्रवक्ता दाहालले बताए ।
अभियोग पुष्टि भएपछि जितेन्द्र प्रसाद गुप्ता र रामचन्द्र साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो एक लाख ४० हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफा ३ को उपदफा (१) देहाय खण्ड (घ) बमोजिम कैद र बिगोबमोजिम जरिवाना हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।