२०७६ पुस २५ गते बिहान ४ बजे धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित औरही खोलामा भएको ओमप्रकाश महतो ‘दिलीप’ को हत्यामा दोषी ठहर तीन जनाको सजाय तोकिएको छ। जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले दिलिपलाई मनसायपूर्वक हत्या गरिएको ठहर गर्दै विपिन महतो र मुनिन्द्र महतोलाई २५ वर्षको कैद सजाय सुनाइएको छ। इजलासले हत्यामा संलग्न जितेन्द्र महतोलाई १२ वर्ष सजाय सुनाएको छ।
अवैध उत्खननको विरोध गर्दा मनसायपूर्वक दिलीपको हत्या गरेको कसुरमा जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले फागुन २ गते विपिन र मुनिन्द्रलाई मुख्य दोषी र जितेन्द्रलाई हत्याको मतियार भएकोमा कसुरदार ठहर गरेको थियो।
अभियुक्त विपिन र मुनिन्द्रलाई अदालतले ५/५ लाख जरिवाना पनि तोकेको छ। उनीहरुबाट पीडितलाई जरिवाना भराउने निर्णय भएको जिल्ला अदालतका श्रेस्तेदार विकास बस्नेतले बताए। उनकाअनुसार अभियुक्तहरूले आर्थिक अभावका कारण क्षतिपूर्ति दिन नसक्ने अवस्थामा पीडित राहत कोषबाट भए पनि क्षतिपूर्ति भराउने अदालतको फैसला छ।
हत्याको अभियोग लागेका उद्योग सञ्चालक विनोद महतो र कामदारहरू सत्यनारायण महतो, शत्रुघन महतो र रोशनकुमार महतोले फागुन २ गतेको आदेशबाटै सफाइ पाइसकेका छन् ।
घर अगाडिको औरही खोलाबाट भइरहेको ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खननको विरोध गर्दा दिलीप भनिने ओमप्रकाश महतोलाई चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक र कामदारले हत्या गरेको अभियोग लागेको थियो । क्रसर उद्योग सञ्चालक विपिनकुमारले अवैध एवं अनियमित रूपमा बालुवा–गिट्टी उत्खनन गरेको भन्दै रोक्न खोलामा पुगेका बखत दिलीपको हत्या भएको थियो।
उद्योग सञ्चालक विपिन तथा उनका कामदारहरू मुनीन्द्र र जितेन्द्रसहितका सात जनाले दिलीपलाई फलामको लिभर र पेचकसले शरीरका विभिन्न भागमा क्रूरतापूर्वक प्रहार गरेर हत्या गरेको सरकारी वकिलको दाबी छ । जिल्ला अदालतमा दायर गरिएको अभियोगपत्रमा आक्रमणपश्चात् बेहोस भएर ढलेका दिलीपलाई ना ७ ख ६४१३ नम्बरको टिपरको पछाडि चक्काले टाउकोमा किचेर सडक दुर्घटनाको रूप दिने प्रयास गरिएको उल्लेख छ। त्यसरी क्रूरतापूर्वक हत्या गर्ने व्यक्तिलाई आजीवन कारावासको सजाय हुने कानुनी व्यवस्था छ । सरकारी वकिलले उनीहरू सातै जनालाई आजीवन कारावासको सजाय माग गरेका थिए।