पेट भर्न दैनिक चारघण्टा पैदल
११ फागुन २०७९
•
४ मिनेट पाठ
पेट भर्न दैनिक चारघण्टा पैदल
लगाएकोे कपडा र जुत्ता च्यातिएको छ। हातमा आवतजावत गर्न सहारा दिने सेतो छडी र सानो झोला भिरेका ७० बर्षिय जीत बहादुर कार्कीको अनुहार शरीर र धुलाम्मे छ। पश्चिम म्याग्दीको बेनी नगरपालिका–४,राक्सेमा भेटिएका पूर्ण दृष्टिविहिन जीतबहादुर कछुवाको गतिमा हिँडिरहेका छन्। सडकमा सवारीसाधन ओहोरदोहोर गरिरहँदा दुर्घटनाको जोखिमले समेत जीतबहादुरलाई सताउने गरेको छ।  




मनको दृष्टिले उज्यालो जीतबहादुरको दैनिकी भने निकै कष्टकर छ। दैनिक मागेर हातमुख जोड्ने गरेका जीतबहादुर पश्चिम म्याग्दी जोड्ने बेनी–तातोपानी सडकखण्डमा भेटिन्छन्। करिब आधाघण्टा कच्ची बाटोमा यात्रा गरी कालोपत्रे सडक हुँदै तातोपानी पुग्छन्। जीतबहादुरको प्राय: दैनिकी सहयोग माग्ने बनेको छ। सानो उमेर छँदा राम्ररी आँखा देख्ने जीतबहादुर रोजगारीको खोजीमा भारत पुग्दा करिब २२ बर्षको उमेरमा दुवै आँखाको दृष्टि गुमाए। दृष्टि गुमाएको बषौँ बितिसकेको छ तर पनि उनलाई दु:ख, कष्टले पछ्याउन छोडेको छैन।  

बेनी नगरपालिका–४,खलखले भन्ने गाउँमा स्थानीय व्यवसायी हिरा कुँवरको घरको पुरानो घरमा बस्दै आएका जीतबहादुर सुकुम्बासी हुन्। उनी बिहानै सेतो छडीको साहरामा करिब २ किलोमिटर पैदलयात्रा गरी तातोपानी बजार पुग्छन्। कच्ची र कालोपत्रे सडकको जोखिमपूर्ण पैदलयात्रा गरी प्राकृतिक उपचार केन्द्रको रुपमा चिनिएको तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामी, स्थानीयबासीले दिएको सहयोग लिएर बासस्थानमा फर्किन झण्डै २ घण्टा लाग्छ। दैनिक चारघण्टा पैदलयात्रामै बिताउने गरेका जीतबहादुर सडकमा खाल्डाखुल्डी, सडक छेउछाउको घर, मान्छे र कुकुर बाटो वरपर केही भए भाइब्रेसन मार्फत बुझ्दै यात्रा गर्छन्।  

जीतबहादुरलाई सहयोगी मनका धनीले दिएको सहयोग जुटाउन श्रीमतीको साथ र हातमा रहेको सेतो छडी नै भरपर्दो माध्यम बनेको छ। सेतो छडी दृष्टिविहिनहरुको मौलिक अधिकार भएपनि आधारभूत आवश्यकता भित्र पर्ने गास, बास र कपासका लागि जीतबहादुरले चार दशकदेखि गरिरहेको संघर्षको यात्रा लामो र निकै कठोर छ।  

बाल्यकालमा उज्यालो संसार देखेका जीतबहादुरको भारतको विकट गाउँमा गोठालो बन्दै गर्दा त्यही संसार अध्याँरोमा परिणत भयो।दृष्टिविहिनताले कष्टपूर्ण दैनिकीमा रहेका जीतबहादुरले पूर्ण अपांगताको रातो परिचयपत्र र ८१ बर्षिया तिजा कार्कीले सामाजिक सुरक्षा भत्ता बुझ्दै आएपनि बर्षभरी खाना,उपचार सहितको खर्चमा भने अभावै हुन्छ।  

स्वतन्त्र रुपमा अरुको सहारा बिना नै हिँडडुल गर्ने जीतबहादुरले दैनिक सहयोग जुटाएर घरखर्च चलाउने गरेको बताए।‘भत्ताको पैसाले मात्रै खान पुक्दैन,‘अब माग्न जान पनि सक्ने अवस्था छैन’ दृष्टिविहिन कार्कीले भने। उनले एक दिन पैदलयात्रा गरी सहयोग जुटाउन जाँदा केही दिन शरीर दुखेर हिँड्न नसक्ने समेत नमिल्ने बताए।  

विगत लामो समयदेखि मागेर गुजारा चलाइरहेका जीतबहादुरले तातोपानी कुण्डमा स्नान गर्न आउनेबाट दैनिक २ सय देखि ७ सय रुपैयाँसम्म सहयोग जुट्ने गरेको बताए। सहयोग माग्न बस्ने ठाउँबाट निस्कने बेलामा गम्भीर घाईते भएको जीतबहादुर करिब ६ महिना ओछ्यानमै सुते।

उनले एउटा सानो बस्ने घर र पेटभरी खान पाए सहयोग जुटाउन हिँड्न छोड्ने बताए। जीतबहादुरको दम्पत्तीलाई बस्ने घर उपलब्ध गराएका बेनपा–४ ठुलोखोलाका स्थानीय कविता कुँवरले सामाजिक सुरक्षा भत्ताले मात्रै हातमुख जोड्नै मुस्किल हुने भएकाले छोरीको शिक्षादीक्षामा समेत सहयोगी हातको आवश्यकता रहेको बताइन्।

‘अब माग्न जाने अवस्था छैन, भत्ताले खाना मात्रै पुग्दैन, लत्ताकपडा, उपचारमा सहयोग आवश्यक छ’कुँवरले भनिन्। दृष्टिविहीनहरूका लागि विभिन्न सुविधाका बारेमा सुन्ने गरे पनि जीतबहादुरलाई अहिलेसम्म सहयोग नआएको उनले बताइन्। खाद्यान्न, लत्ताकपडा भएमा भत्ताको पैसाले बुढेशकालमा सहज हुने उनले बताइन्। दृष्टिविहिन भएर बिहानैदेखि निरन्तर मेहनत गर्ने गरेको देखेर स्थानीयबासी समेत दंग पर्ने गरेका छन्। यता अपांग संघ म्याग्दीका सचिव सुरेन्द्र खत्रीले अपांगता भएका व्यक्तिहरुको आवश्यकतालाई स्थानीय तहले बेवास्ता गरेको गुनासो गरे। उनले दृष्टिविहिनहरुको आवश्यकतालाई पूरा गर्न सहज बनाउने खालका प्रावधानहरूमा स्थानीय तह, सरोकारवाला निकायहरूको उपस्थितिमा धेरै कार्यक्रम भएपनि  कार्यान्वयन पक्ष कमजोर भएको बताए।  

उनले अपांग संरक्षण तथा कल्याण ऐन २०३९ ले अपांग र उसको सहयोगी समेतलाई प्रोत्साहनको आवश्यकता रहेको बताए। उनले सडकमा पैदलयात्रा गरिरहेकालाई सवारीसाधनबाट गन्तब्यमा लैजान सघाउने समेत अनुरोध गरे। कानुनको कार्यान्वयन पक्ष फितलो हुँदा दृष्टिविहीनहरुलाई धेरै समस्या भएको उनले बताए। म्याग्दीमा दृष्टिविहिन बालबालिकाको समेत अवस्था कष्टकर रहेको छ।

सहयोगका लागि  

हिरा कुँवर

९८४७६२०२८८
अर्को समाचार
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
१६ मिनेट अघि
•
१ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्धता गरेका छन्।




शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यालय व्यवस्थापनमा एकरूपता, शिक्षकको पेसागत क्षमता विकास तथा शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले सामूहिक प्रतिबद्धता-पत्र जारी गरिएको हो।

प्रतिबद्धता-पत्रमा सामाजिक विकास कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तहका शिक्षा शाखा र शिक्षक महासंघलगायत सरोकारवालाहरूले सामूहिक प्रतिबद्धता जनाएका छन्।

जिल्लास्तरमा परीक्षा अनुगमन प्रणालीमा एकरूपता कायम गरिनेछ। एउटा तहको शिक्षा शाखा प्रमुखले अर्को पालिकामा परीक्षा अनुगमन गर्ने तथा कक्षा ६ देखि ९ सम्मका परीक्षा एकैपटक एउटै समयमा सञ्चालन र व्यवस्थापन गर्ने व्यवस्था गरिनेछ। त्यस्तै, जिल्लाका सबै स्थानीय तहमा विद्यालय मर्जर तथा दरबन्दी मिलानको काम अघि बढाउन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गर्ने सहमति भएको छ।

माध्यमिक तहका विषयगत शिक्षकबिच सिकाइ आदानप्रदानका लागि जिल्लास्तरीय विषयगत शिक्षक गोष्ठी सञ्चालन गर्ने, शिक्षकको पेसागत तथा नेतृत्व विकासका लागि तालिम सञ्चालन गर्ने र शिक्षकको व्यावसायिकता, नैतिकता, अनुशासन तथा जवाफदेहिता अभिवृद्धि गर्ने योजना पनि बनाइएको छ। सामुदायिक विद्यालयप्रति अभिभावकको अपनत्व बढाउन पालिकास्तरमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ। विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको क्षमता विकास तथा विद्यालयमा बालमैत्री, समावेशी र गुणस्तरीय शिक्षाका लागि आवश्यक भौतिक संरचना निर्माण र शैक्षिक गतिविधि सञ्चालन गर्ने सहमति भएको सामाजिक विकास कार्यालय कालीकोटका कार्यालय प्रमुख अविराज शाहीले जानकारी दिए।

त्यसैगरी, विद्यालयका भौतिक संरचनाको गुणस्तर कायम गर्न अनुगमन गर्ने, शिक्षा नियमावलीको दशौँ संशोधनअनुसार कार्यविधि निर्माण गरी आर्थिक वर्षभित्र विद्यालयको आन्तरिक व्यवस्थापनसम्बन्धी काम अनिवार्य रूपमा अघि बढाउने बताए।

स्थानीय तहले बजेट विनियोजन गर्दा अनुदान शिक्षकको तलबबाहेक १० प्रतिशत बजेट सुनिश्चित गर्ने, पालिका अनुदानअन्तर्गत नियुक्त शिक्षक तथा कर्मचारीको पारिश्रमिकमा एकरूपता कायम गर्ने र न्यूनतम पारिश्रमिक नघट्ने गरी उपयुक्त स्केल निर्धारण गर्ने विषय पनि प्रतिबद्धतामा समेटिएको छ।

खेलकुद क्षेत्रको विकासका लागि राष्ट्रपति रनिङ सिल्डलगायत जिल्लास्तरीय प्रतियोगिता सम्बन्धित पालिका र खेलकुद विकास समितिको समन्वयमा सञ्चालन गर्ने, सामुदायिक बालविकास केन्द्रलाई मातृ विद्यालयबाट सञ्चालन तथा व्यवस्थापन गर्ने र जिल्लास्तरमा सूचना प्रविधि (आईसीटी) सम्बन्धी बृहत् तालिम सञ्चालन गर्ने सहमति भएको छ।

जिल्लाका नौ वटै पालिकाको लागत साझेदारीमा शैक्षिक रूपान्तरण, शैक्षिक समस्या तथा पहिचानका विषयमा अन्तरपालिका स्तरीय शैक्षिक सम्मेलन तथा गोष्ठी आयोजना गरिनेछ। पहिलो सम्मेलन महावै गाउँपालिकामा सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ।

यसका साथै बालविवाह, सामाजिक कुरीति, लागुऔषध दुरुपयोग तथा डिजिटल प्रविधिको दुरुपयोग रोक्न सरोकारवालाहरूले प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अवलम्बन गर्ने सहमति गरेका छन्।

सामूहिक प्रतिबद्धता-पत्रमा उल्लेखित १९ बुँदालाई कार्यान्वयन गर्दै जिल्लाको शैक्षिक अवस्थामा सुधार ल्याउन सम्बन्धित निकायबिच समन्वय, सहकार्य र साझा जिम्मेवारीलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
यो पनि पढौँ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस