बेनी नगरपालिका–४, सिङ्गास्थित सुर्केमेलाका दिलबहादुर खत्रीले दुई घार किनेर मौरीपालन सुरु गरे। वि.सं. २०७३ सालमा म्याग्दीकै एक अगुवा कृषकबाट साढे ८ हजार लगानीमा किनेर ल्याएको मौरी धेरै समय बसेन, भागिहाल्यो। केही मौरीलाई जुटाएर पुनः मौरी पालन सुरु गरेका दिलबहादुरले धेरै हन्डर र ठक्कर खाए। सामान्य तालिम, विभिन्न सञ्चारमाध्यमबाट प्राप्त जानकारीबाटै मौरीपालनमा लागेका दिलबहादुरले हिम्मत नहारी र चुनौतीको सामना ६ वर्षमै आफूलाई एक सफल व्यवसायीका रूपमा स्थापित गराइछाडे। चराएकै ठाउँबाट भाग्न, मर्ने जस्ता नमिठो अनुभव बटुलेका खत्रीले कृषि ज्ञान केन्द्र र मौरीपालन स्रोत केन्द्र गोदावरीबाट १५ दिने घार निर्माण सहितको तालिम लिएपछि दोस्रो वर्ष १८, तेस्रो वर्ष ३६ घार बनाएकोमा अहिले ३ सय हाराहारीमा मौरीका घार छन्। उनी महसँगै घरमै घार बनाएर मौरीसँगै बेच्छन्।
म्याग्दीका अगुवा मौरीपालकको परिचय बनाएका खत्रीले आधुनिक र परम्परागत मौरीपालनबाट राम्रो कमाइ गरेका छन्। आधुनिक मौरी घारहरू सहित मौरी, मह र खाली घारबाट वार्षिक २० लाखको कारोबार गर्छन्। उनीसँग परम्परागत मुडे र खोपे घारहरू पनि छन्। ‘मौरीपालनबाट हुने आम्दानीमा सन्तुष्ट छु, ‘लगानी कम लाग्ने र आम्दानी हुने भए पनि मेहनतमा हेल्चेक्रयाँई गर्नुहुँदैन’ खत्रीले भने। विना अनुभव मौरीपालनमा होमिएको अवस्थामा सरकारी तालिम, विभिन्न स्रोतसामग्रीले सहज भएको बताए। ‘गुणस्तरीय महलाई बजारको अभाव छैन, ‘घरमै ग्राहक आउनुहुन्छ, ‘देशैभरी मौरीको सञ्जालमार्फत बिक्री गर्ने गरेको छु’ खत्रीले भने। प्रतिघार मौरीसहित बिक्री गर्दा ४० प्रतिशत लगानी र ६० प्रतिशत श्रम तथा मुनाफा हुने उनको अनुभव छ। गतवर्ष मौरीसहितको घार बिक्रीबाट मात्रै उनले १० लाख आम्दानी गरेका थिए।
ताजा मह एकहजार रूपैयाँदेखि १५ सय रूपैयाँ प्रतिकेजीका दरले बिक्री गर्ने गरेका छन्। सबै खर्च काटेर वार्षिक १४ लाखसम्मको फाइदा हुने गरेको उनले बताए। उनले वार्षिक १ क्विन्टल मह उत्पादनमा अफसिजनमा झण्डै आवश्यकता परेमा चिनी समेत खुवाउन झण्डै ५० हजार खर्च हुने बताए। प्रत्येक घारमा मौरीले तीनदेखि चार केजीसम्म मह उत्पादन गर्दछ। ताजा मह एकहजार रूपैयाँदेखि १५ सय रूपैयाँ प्रतिकेजीका दरले बिक्री गर्ने गरेका छन्। महका गोला र मौरीसहितको घार, खाली घार, र खाली घार भएका कृषकका लागि मौरी मात्रै पनि बिक्री गर्ने गरेको उनको भनाइ छ। कृषि ज्ञान केन्द्रले निर्धारण गरेको मूल्यअनुसार मौरीसहित घारको १० हजार, मौरी मात्रै पाँचहजार र खाली घार मात्रै तीनहजार पाँचसयमा बिक्री हुन्छ।
४२ वर्षीय खत्रीले २१ वर्षको उमेरमा दुबई पुगेर दुईवर्ष बिताएर फर्किएपछि पुनः मलेसिया पुगेका थिए। उनले मलेसियामा ३ वर्ष बसेर फर्केर खत्री बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर सुन्तला खेती गरेका थिए। छिमेकी जिल्ला बागलुङको कुँडुलेमा समेत घर बनाएका खत्रीले मौरीजस्तै रसिलो आम्दानीले उत्साहित भएको बताए। उनले विभिन्न जिल्लामा घार सहितको मौरी, खाली घार समेत बिक्री गर्न थालेपछि आम्दानी बढेको बताए। आगामी ५ वर्षभित्र ५ सयभन्दा बढी मौरीको घार बनाउने लक्ष्य रहेको बताए।