पशुपतिनगर–मानेभञ्ज्याङ सडक बनेपछि स्थानीयलाई सुविधा
२५ माघ २०७९
•
२ मिनेट पाठ
पशुपतिनगर–मानेभञ्ज्याङ सडक बनेपछि स्थानीयलाई सुविधा
निर्माणाधीन पशुपतिनगर–मानेभञ्ज्याङ सडक। तस्बिर: नागरिक
आफ्नै जिल्लाको अर्काे गाउँ पुग्न पनि भारतीय भू–भाग भएर जानुपर्ने बाध्यता अन्त्य हुने भएको छ। जिल्लाको भारतीय सीमा क्षेत्र पशुपतिनगर–मानेभञ्ज्याङ सडक निर्माण थालिएपछि स्थानीयलाई सहज हुने भएको हो।




पशुपतिनगरका बासिन्दा आफ्नै जिल्लाको मानेभञ्ज्याङ जान र त्यहाँका बासिन्दा पशुपतिनगरतिर आउन बर्खामा निकै कठिन थियो। हिउँदमा पनि डेढ किलोमिटर पर्तिरको गाउँ पुग्न भारतीय भू–भाग घुमेर गाडीमा जाँदा करिब २ घन्टा लाग्थ्यो। अब पशुपतिनगरबाट सोझै मानेभञ्ज्याङसम्म सडक बनेपछि स्थानीयले सुविधा पाउने भएका हुन्।

डिभिजन सडक कार्यालयका अनुसार १ हजार २ सय मिटरको यो सडक ढलान हुँदैछ। कार्यालयका इन्जिनियर सञ्जय गौतमले कालोपत्रेसम्मको काम ३ करोड ७१ लाख रुपैयाँमा ठेक्का लागेको बताए। ‘यो सडक नेपाल–भारत सीमा क्षेत्रमै पर्ने भएकाले निकै महत्वपूर्ण पनि छ,’ उनले भने, ‘निर्माणको काम निर्धारित मितिमा सकिनेमा ढुक्क छौं।’ गत चैत २० मा ठेक्का लागेको काम आउँदो असार २० मा सक्नेगरी सम्झौता भएको छ। इन्जिनियर गौतमले अहिलेसम्म ४० प्रतिशत काम सकिएको जानकारी दिए। भगवती बौद्ध सोहिना जेभीले निर्माण ठेक्का लिएका छन्।

सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राईले यहाँ सडक बनेपछि सर्वसाधारणले सामान्य काममा पनि भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य हुने बताए। ‘मानेभञ्ज्याङमा कुनै समस्या परे वा भेला–बैठक गर्नुपरे भारतीय भूमिबाट असहज हिसाबले आउ–जाउ गर्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘त्यतिमात्र होइन, ‘नेपालीले नेपालभित्रै पुग्न आफ्नै भूमि प्रयोग गर्न पाउनु स्वाभिमानको कुरा पनि हो।’

मेयर राईले सडक सुविधा नहुँदा स्थानीयको कृषिउपज बारीमै कुहिने समस्या रहेको र सडक खुलेपछि त्यो समस्यासमेत हट्ने बताए। ‘स्थानीय गाउँको तरकारी उता (भारत) लगेर बेच्न र भारतको खाद्यान्न (घरायसी उपभोगका लागि) ल्याउनसमेत भारतीय पक्षले बन्द गरिदिएपछि स्थानीयलाई दैनिक उपभोग्य सामग्री जुटाउनै समस्या थियो,’ उनले भने, ‘अब चित्रे, टासीगाउँ, मानेभञ्ज्याङ र छघरेलगायत गाउँका बासिन्दाले कमसेकम खाद्यान्न ढुवानी गर्न र कृषिउपज विक्रीमा सुविधा पाउनेछन्।’

आफूले उत्पादन गरेको तरकारी भारतीय बजारमा लगेर बिक्री गर्ने विषयमा केही समयअघि भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीयबीच तनावसमेत भएको थियो। त्यसपछि भारतपट्टि तरकारी, दूधलगायत बेच्न बन्द थियो भने स्थानीय उत्पादन नेपालतिरकै बजारमा ल्याएर बिक्री गर्न सडक सुविधा थिएन।

मेयर राईले पशुपतिनगरका सुरक्षाकर्मी ड्युटीमा आफ्नै देशको मानेभञ्ज्याङ जानुपरे बर्दी लाएर, हतियार बोकेर जाने अवस्था नभएको अवस्थामा सडकले त्यो बाध्यतासमेत अन्त्य गर्ने बताए।

सूर्याेदय नगरकै आग्रहमा संघीय सरकारले बजेट व्यवस्था गरिदिएपछि यहाँ सडक निर्माण सम्भव भएको नगरले जनाएको छ। अब आन्तरिक पर्यटकलाई आफ्नै भूू–भागबाट प्रसिद्ध चित्रेगुम्बालगायत उच्च पहाडी क्षेत्रका दर्जनौं पर्यटकीयस्थल पुग्नसमेत सहज हुने भएको छ।
अर्को समाचार
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
८ मिनेट अघि
•
१ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
कपिलवस्तु । २४ घण्टे अल्टिमेटमलगत्तै लुम्बिनी विकास कोषले निषेधित क्षेत्रमा रहेका पसल र टहराहरू शनिबार हटाएको छ।




शुक्रबार कोषले २४ घण्टे समयसीमा दिएर निषेधित क्षेत्रका पसलहरू खाली गर्न सूचना जारी गरेको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो।

गुरुयोजना क्षेत्रअन्तर्गत पर्ने पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानमा राखिएका पसलहरू हटाइएको हो। लुम्बिनीको धार्मिक तथा सांस्कृतिक महत्व, पवित्रता, स्वच्छता र सौन्दर्य कायम राख्नुका साथै गुरुयोजनाको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले यस्तो कदम चालिएको लुम्बिनी विकास कोषले जनाएको छ।

लुम्बिनीको पवित्रता र मौलिक स्वरूप संरक्षणका लागि कोषले थालेको यस कदमलाई गुरुयोजना क्षेत्र व्यवस्थित बनाउन चालिएको कदमका रूपमा जनाइएको छ। आगामी दिनमा पनि निषेधित क्षेत्रमा पसल राख्न नपाइने र सूचनाविपरीत पसल सञ्चालन गरी राखिएका सामान हटाउन अटेर गरेमा प्रचलित कानुन तथा प्रक्रियाबमोजिम सामान जफत गरिने कोषले चेतावनी दिएको छ।
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
यो पनि पढौँ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस