आसन्न मंसिर ४ को निर्वाचनले भर्खरैसम्म अघोषित दुस्मन अनि घोषित प्रतिस्प्रधि कांग्रेस/माओवादीबीचमा गजबको सामिप्यता देखिएको छ। दश वर्षे माओवादी द्वन्द्व र त्यसपछिका १६ वर्ष रोल्पामा कांग्रेस र माओवादी जहिल्यै फरक कित्तामा रहे। गएको स्थानीय निर्वाचनसम्म पनि प्रतिस्प्रधि रहेका उनीहरु यो पटक आत्मियताका साथ संगै हिडिरहेका छन्।
बुधबार रोल्पा सदरमुकाम लिवाङमा आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी घर दैलो अभियानमा निस्केको र्यालीमा सहभागी ‘माओवादीको हातमा चारतारे, कांग्रेसको हातमा हसिया हतौडा’ झण्डा देख्न सकिन्थ्यो। माओवादीबाट प्रतिनिधिसभा उमेद्वार वर्षमान पुन संगै प्रदेश (ख)का कांग्रेस उमेद्वार अमर सिंह पुन संगै जिल्लाका दर्जनौ नेता कार्यकर्ता उपस्थित थिए।
यतिबेला कांग्रेस/माओवादीहरु संगै खाने, सुत्ने, भोट माग्नेदेखि आन्तरीक खटन पटनमा छन्। द्वन्द्वकालको तिक्तता भुलेर संगै हुनु सुखद रहेको रोल्पालीको बुझाई समेत छ। ‘चुनावमा को उठ्यो कसलाई भोट दिने भन्नु भन्दा पनि यहाँ कांग्रेस/माओवादी मिल्नु नै शान्तिको सुरुवात हो।’ रोल्पा कांग्रेस सचिब शेरबहादुर थापा भन्छन् ‘हिजो माओवादीका कारण धेरै विस्थापीत भए, मरे मारिए। पाउनुसम्म दुख पाए। त्यतिबेला राजनितिक मुद्धा थियो। अब आपसमा मिल्नु अति राम्रो हो।’ उनका अनुसार सत्ता गठबन्धनका कारण सत्यनिरुपण तथा मेलमिलापमा आयोगका लागी सहयोग पुग्न सक्छ। अर्को पुस्तालाई सजिलो हुन्छ।
कुनै बेला कांग्रेस देख्दा मार्नै मन लाग्ने माओवादी र माओवादी देख्दा सिध्याउनै मन लाग्ने कांग्रेसले गरेको गठबन्धका कारण गाउँमा मनमुटाब हटेको आम रोल्पालीको बुझाई छ। ‘हिजो कांग्रेस दुस्मन गस्तै लाग्थे। त्यसो हुनुमा राजनीतिको गलत ब्याख्याले रहेछ। नेताहरु २०६४ मा मिलिसकेका थिए। यो पटकको निर्बाचनले कार्यकर्ता संगै जनतालाई पनि नजिक ल्याएको छ।’ माओवादी रोल्पा नगर अध्यक्ष फबिन्द्र आचार्य भन्छन् ‘गठबन्धनले निकटता ल्याउन धेरै सहयोग पुगेको छ। दुरी धेरै नजिक ल्याएको छ। हिजो एकले अर्कोलाई सुन्न चाहान्नथे तर अहिले संगै बस्न चाहान्छन्। यो सम्बन्धले संक्रमणकालीन न्याय टुङ्गोमा पुर्याउन सहज हुने विश्वास गर्न सकिन्छ।’
नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिनलोचन मगर सैद्यान्तीक रुपमा जे जस्तो भए पनि गठबन्धनले जनस्तरमा सकारात्मक सन्देश दिएको बताउँछन्। उनी थप्छन् ‘हिजोको दुस्मनीलाई मेटाउन सहयोग पुगेको देखिन्छ।’ पत्रकार महासंघ रोल्पाका पुर्ब अध्यक्ष महेश न्यौपाने यो गठबन्धनले संक्रमणकालीन न्यायका लागी कानुन बनाउन सहज हुने बताउँछन् ‘संक्रमणकालीन न्याय टुङ्गोमा पुर्याउने भन्दा पनि न्याय मार्ने काम गर्छन कि भन्ने संका पनि छ। तर शान्तिका हिसाबले आम जनताका लागी यि शक्ति मिल्नु सुखद हो।’
माओवादी विधिवत भुमिगत भए संगै २०५२ सालदेखि सुरु भएको कांग्रेस/माओवादीको बेमेलका कारण २७ वर्ष रोल्पालीले सास्ती भोगेका थिए। एकले अर्कोलाई स्वीकार गर्न नसक्नेदेखि पानी बाराबारको स्थीतिमा रहेका रोल्पालीहरुले अबका दिनमा फेरि अशान्ती खेप्नु नपरोस भन्ने चाहाना राखेका छन्। ‘गठबन्धनका कारण अहिले सुरक्षाको स्थीति अलि सहज भएको छ।’ जिल्ला स्थीत एक सुरक्षा अधिकारी भन्छन् ‘चुनावमा दुई ठूला शक्ति मिलेर जानु भनेको सुरक्षाका हिसाबले सकारात्मक हो।’
१० वर्ष चलेको माओवादी द्वन्द्वका कारण रोल्पामा ९ सय ६९ जनाले ज्यान गुमाएको र ३३ जना बेपत्ता भएको सरकारी तथ्याङ छ। २०६२/०६३ पछिको शान्ति संझौता यता बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगले काम गर्न नसक्दा रोल्पालीहरु परिपुरण र न्यायबाट बन्चित हुदै आएका छन्। गठबन्धनले अबका दिनमा संक्रमणकालिन न्याय टुङ्गोमा पुर्याउन गतिलो भुमिका खेल्नेमा रोल्पालीहरु आशावादी रहेका छन्।