‘आखाँ छोपी नरोउ भनि भन्नु पर्याछ, मुटु माथी ढुङ्गा राखी हास्नु पर्याछ।’ गत शुक्रवार रुकुम पश्चिमको सदरमुकाममा आयोजित वाम लोकतान्त्रिक गठबन्धनको संयुक्त पत्रकार सम्मेलन कार्यक्रममा नेपाली काँग्रेसका पुराना नेता एवम् पूर्वमन्त्री गोपाल जि जंग शाहले मन्तब्य दिनु अघि गित गाए।
शाहले आज यो पनि सुनाउन मन छ भन्दै थपे ‘यस्तो पनि हुँदो रैछ जीन्दगीमा कहिले कहिले, कसैलाई माया गर्ने एउटा गर्ने एउटा भूल गरे मैले।’ हल हासोले गुन्जीयो। गीत सकाए पछि उनले भने ‘जिल्लाको समग्र विकास र हितको लागि गठबन्धनका उम्मेदवारलाई हँसिया हतौडामा मत दिनुहोला।’
शाहले संयुक्त अपिल वाचन गरे लगत्तै बोलेका प्रतिनिधि सभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धन तर्फका उम्मेदवार अर्थ मन्त्री जनार्दन शर्माले गीतबाटै जवाफ दिए ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार।’ उनले भने ‘शाह हाम्रो अभिभावक हुनुहुन्छ। हामी सबै समृद्धि र बिकासको पक्षमा छौ। संविधानको र संघीयताको रक्षाको लागि वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले अहिलेको चुनाव जित्न आवश्यक छ।’
शाहले कार्यक्रममा बोल्दै आफ्ना सदावहार प्रतिस्पर्धी जनार्दन शर्माको प्रशंसा समेत गरे। उनले आफु अझै ५ वर्ष जिल्लाका लागि केही गर्ने सोँचमा रहेको बताए। ‘अघि गठबन्धनको बैठकमा मलाई अभिभावक हो भनेर भनियो।’ उनले हाँस्दै भने ‘अभिभावक भनेर मलाई नथन्काउनुहोला। म अझै ५ वर्ष जिल्लाका लागि केही गर्न चाहन्छु।’ उनले अन्तिममा धन्यवाद जयनेपाल, लालसलाम भन्दै मन्तब्य सकाएका थिए।
शाह पछि बोलेका अर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार जनार्दन शर्माले भने ‘प्रशंसा मात्र होइन गोपालजी जंग शाह दाईको अभिभावकत्वमा अव रुकुम पश्चिममा नयाँ विकासको अध्याय सुरु भएको छ।’ शर्माले पनि अन्त्यमा जय नेपाल, लाल सलाम भन्दै आफ्ना कुरा सकाएका थिए।
यतिबेला सत्ता गठबन्धनको मारमा जिल्लाका पुराना अनि तत्कालीन माओवादी द्धन्द्धमा खेप्नु सम्म पीडा खेपेका नेताहरुले भोगिरहेका छन्। गत शुक्रवार रुकुम पश्चिमको सदरमुकाममा आयोजित वाम लोकतान्त्रिक गठबन्धनको संयुक्त पत्रकार सम्मेलन कार्यक्रममा नेपाली काँग्रेसका पुराना नेता एवम् पूर्व राज्यमन्त्री गोपाल जि जंग शाह र अर्थमन्त्री जनार्दन शर्माले गित मार्फत आफ्ना पीडाहरु पोखेको हुन्।
माओवादी द्धन्द्धका समयमा दुस्मनको कित्तामा रहेका कांग्रेस/माओवादीको अहिलेको सम्बन्धले तिक्तता भने मेटाएको छ। ‘यस्ता सम्बन्धले बिगतको तितो भुल्न सजिलो हुन्छ। आपसमा भाईचाराको बिकास हुन्छ।’ द्धन्द्धकालमा माओवादीबाट बुवा मारिएका एक कांग्रेसी कार्यकर्ता भन्छन् ‘हिजो राजनितिले सम्बन्ध बिगारेको थियो आज त्यहि राजनितिले सम्बन्ध सुधारेको छ।’