‘माओवादी पाटिको आधिकारीक लाईन गठबन्धन नै हो। उमेद्वारीका समयमा मैले उच्चस्तरीय राजनितिक नेतृत्वसँग कुरा गर्दा रोल्पामा सबै सिट माओवादीले नै लिने आश्वासन थियो। तर अन्तिम समयमा प्रदेश (ख) मा कांग्रेसलाई टिकट दिएपछि सबैले विरोध जनाइएको हो।’ माओवादीका पोलिटब्युरो सदस्यबाट राजिनामा दिएर स्वतन्त्र उम्मेदवार बनेका दीपेन्द्र कुमार पुनले भने, ‘गत स्थानीय निर्वाचनमा कांग्रेसले गठबन्धन गर्न नमानेका कारण माओवादीले क्षति भोग्नु परेको थियो।’ उनले आफ्नो निर्वाचन क्षेत्रमा कांग्रेसकै कारण क्षति भएको र अहिलेको गठबन्धन बारे कार्यकर्ताको तीव्र विरोध आएपछि उम्मेदवारी दिएको बताए।
‘मैले भोट भेन्टिलेट गरेको हो। भर्खरैको स्थानीय तह निर्वाचनमा रोल्पा भित्र गठबन्धन गर्न नमान्ने अनि अहिले आफूलाई चाहिँदा गठबन्धन खोजेपछि कार्यकर्तामा आक्रोश हुनु स्वभाविक हो। मेरो उम्मेदवारीले रुखमा भोट हाल्नै नचाहने मतदातालाई सजिलो हुन्छ।’ पुनले भने, ‘अहिले पनि बर्षमानजीले गठबन्धनलाई सहयोग गर्न फकाइरहनु भएको छ।’ उनी माओवादीकै भोटले आफू चुनाव जित्नेमा ढुक्क छन्। ‘कांग्रेसको अर्को गुट र एमालेको भोट आउँछ भन्ने आश छैन। जति झगडा गरेपनि कांग्रेसको भोट रुखमै जान्छ। एमालेका पनि आफ्नै उम्मेदवार छन्।’
माओवादी द्धन्द्धका समयमा अपाङ्ग समेत बनेका पुन पछिल्लो समय अनेक भ्रम आउन थालेपछि अचम्मित भएको बताउँछन्। ‘एमाले प्रवेशका कुरा हावाका भरमा आएका हुन्। मलाई चुनावमा कमजोर बनाउन अनावश्यक हल्ला फिजाईदैँछ। अहिले पनि राष्ट्रियसभा मेरा लागि सुरक्षित छ। जिल्ला र कार्यकर्ता नहेर्ने र लोभका पछि लाग्ने हो भने मेरा लागि अवसरका धेरै ढोका खुल्ला छन्।’ माओवादी उच्च नेतृत्वले धेरै फकाउँदा पनि उम्मेदवारी फिर्ता नलिएका पुन युवाहरुको बलियो साथ रहेको बताउँछन्।
स्थानीय तहमा कांग्रेसले गठबन्धन गर्न नमानेको प्रमुख कारण देखाउने पुन आफ्नो उम्मेदवारी कसैको विरोधमा नभई कार्यकर्ताको आग्रहमा रहेको बताउँछन्। ‘माओवादीको २० देखि २५ प्रतिसत मत गठबन्धनमा गए कांग्रेसले जित्छ नत्र म जित्छु।’ माओवादीका पोलिटब्युरो सदस्यबाट राजिनामा दिएर धारा चिन्हमा स्वतन्त्रबाट चुनाव लड्न थालेका पुन यतिबेला माओवादीकै युवाहरुका साथमा पश्चिम रोल्पाका गाउँगाउँ डुलिरहेका छन्। लुम्बिनी प्रदेशको मुख्य मन्त्री दौडमा रहेका कांग्रेस प्रदेश सभापती अमरसिंह पुनलाई मात्र नभएर दीपेन्द्र पुनको उम्मेदवारीले माओवादी भित्र पनि दुईमत देखिएको छ।