२०७४ सालमा राज्य पुनर्संरचना गर्दा राजनीतिक स्वार्थका लागि दुई जिल्ला बनाइएको रुकुम पूर्वको सदरमुकाम विवाद नटुंगिदा सकस थपिएको छ।
राज्य पुनर्संरचनाको समयमा पूर्वी रुकुम लुम्बिनी प्रदेश र पश्चिम रुकुम कर्णाली प्रदेशमा पारिएको थियो। जिल्ला छुट्टिएपछिको एक अवधिका जनप्रतिनिधिले कार्यकाल पूरा गरेका छन्, तर सदरमुकाम विवाद टुंगो लाग्न सकेको छैन।
१४ अञ्चल ७५ जिल्ला भएसँगै सल्यानबाट २०१८ सालमा अलग भएको रुकुमको सदरमुकाम रुकुमकोट राखियो। रुकुमकोटको दुर्भाग्य, राजनीतिक चलखेल बढेर २०३० सालमा रुकुमको सदरमुकाम मुसीकोट खलंगा सारियो। २०३० सालमा जबर्जस्त सारिएको सदरमुकाम २०७४ सालमा जिल्ला विभाजन भएसँगै रुकुमकोट आएपछि स्थानीयमा खुसी छाएको थियो, तर सोही वर्ष माघ ११ गते सरकारले अलिमाथि गोलखाडामा सदरमुकाम सार्ने निर्णय गरेपछि रुकुमकोटले फेरि अन्यायको महसुस गर्नुपर्यो।
अहिले पूर्वी रुकुममा सदरमुकाम चुनाबी मुख्य मुद्धा बनेको छ। रुकुमकोट र गोलखाडा बीचको द्धन्द्धले उमेद्वारलाई सकस थपेको स्थानीयहरु बताउँछन्। ‘यो मुद्धालाई पेचिलो बनाउन जरुरी छैन। अदालतमा मुद्धा परेकाले त्यसलाई पर्खिनुको विकल्प छैन।’ सत्ता गठबन्धनका तर्फका माओवादीबाट प्रतिनिधि सभा उमेद्वार पुर्ण घर्ती भन्छन् ‘सबैको मनसाय घरछेउँमा सदरमुकाम आए हुन्थ्यो भन्ने हुनु स्वभाविक हो।’
सतहमा नदेखिए पनि भित्रि रुपमा उमेद्वारहरुले सदरमुकामको मुद्धा आफु अनुकुल उठाइरहेका छन्। प्रतिनिधिसभाका भन्दा प्रदेशसभाका उमेद्वारले यो एजेन्डालाई भोट अनुकुल उठाइरहेको स्थानीय राजनीतिक कार्यकर्ताहरु बताउँछन्। सदरमुकामको मुद्धा अदालतमा रहेका कारण उमेद्वारहरुले यो बिषयमा खुलेर बोल्न नसकेको भए पनि आन्तरिक रुपमा छलफलमा आइरहेको हो।
प्रदेश (क) मा एमालेबाट उमेद्वार तेजबहादुर वली सदरमुकामको मुद्धा अदालतमा रहेकाले धेरै बोल्न नमिल्ने बताउँछन्। ‘अदालतको फैसला मान्नु पर्छ। सहमती गरेर आउ भनेर आयो भने मतदाताको पक्षमा जान्छौ। मेरो निर्बाचन क्षेत्र भएकोले मैले गोलखाडाका बारेमा सोच्नै पर्छ।’ प्रदेश (ख) मा एमालेबाट उमेद्वार बनेकि भाबना बुढाथोकी अदालतमा मुद्धा भएकाले धेरै बोल्न नमिल्ने बताउँदै भन्छिन ‘हामिले खोजेको सदरमुकाम रुकुमकोट नै हो। पहिले पनि अन्याय भएको थियो।’
राज्य पुनर्संरचनाको समयमा जिल्ला विभाजन गरी रुकुमकोटलाई रुकुम पूर्वको अस्थायी सदरमुकाम तोकियो। २०७४ असोज १९ मा माओवादी नेता जनार्दन शर्माले सदरमुकामका कार्यालयहरूको उद्घाटन गरे। २०७४ माघ ११ गते तत्कालीन देउवा सरकारले रुकुम पूर्वको सदरमुकाम पुथा उत्तरगंगा १२ गोलखाडामा तोक्ने निर्णय गरेपछि फेरि अन्योल थपियो।
सरकारको निर्णय आएपछि गोलखाडा र रुकुमकोटका स्थानीयले आन्दोलन सुरु गरे। गोलखाडाकाले सदरमुकाम सार्न दवाव दिए भने रुकुमकोटकाले यथावत् राख्न दवाव दिए।
यतिबेला रुकुम पूर्वका सरकारी भवन निर्माण हुन नसक्दा विभिन्न ३३ वटा कार्यालय सञ्चालन गर्न समस्या भएको छ। अहिले पनि जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति पुरानो इलाका प्रशासन कार्यालयको भवनबाट सञ्चालन भइरहेका छन्। जिल्ला प्रहरी कार्यालय पनि इलाकाको पुरानै भवनमा छ।
सरकारको पछिल्लो निर्णयविरुद्ध २०७४ माघ १७ मा अधिवक्ता गणेश हमाल लगायतले सर्वोच्च अदालतमा रिट दायर गरे। सर्वोच्चले माघ १८ मा मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सर्वोच्चले एक वर्षपछि ०७५ माघ २७ मा सत्रौं पटकको पेसीमा उक्त मुद्दा संवैधानिक इजलासमा पठाउने फैसला गर्यो। संवैधानिक इजलासमा पुगेपछि उक्त मुद्दा थन्किएको छ।