इलाम क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका नेपाली कांग्रेस जिल्ला सभापतिविरुद्ध आफ्नै दलकी नेतृले बागी उम्मेदवारी दिएकी छिन्। जिल्ला सभापति डम्बरबहादुर खड्काविरुद्ध पार्टीकी महाधिवेशन प्रतिनिधि जुनु माखिमले उम्मेदवारी दिएकी हुन्।
निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने बेलासम्म पनि माखिमले उम्मेदवारी फिर्ता लिइनन्। उनले पार्टीले आफूलाई टिकट नदिने भएपछि मनोनयन दर्ताको अघिल्लो दिन ९असोज २२० मा पदबाट राजीनामा दिएको र स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताइन्।
‘मैले २ नम्बर क्षेत्रबाट महिलाले नेतृत्व गर्नुपर्छ भन्ने प्रस्ताव राख्दा पार्टीभित्र कसैले सुन्न चाहनुभएन,’ उनले भनिन्, ‘राजीनामा दिएर भएपनि चुनावमा महिलाको उम्मेदवारी हाल्छु भन्दा पनि राजीनामापत्र बुझ्न नमानेपछि सामाजिक सञ्जालमार्फत् राजीनामापत्र दिएर स्वतन्त्र उम्मेदवारी दिएकी हुँ।’ उनले पार्टीभित्र गुटबन्दी हाबी भएको भन्दै आफूले विद्रोह गरेको जनाइन्।
उनले जिल्लाको २ नम्बर क्षेत्रका विशेषगरी जनजाति समुदायका महिला उपेक्षा परेको गुनासो गरिन्। ‘पार्टीले जहिले पनि पुरुषलाई मात्रै उम्मेदवार बनाउँदा महिलाका समस्या जहाँको तहीं रहे,’ उनले भनिन्, ‘अब अरूको मुख नहेरी आफैंले नेतृत्व गर्नुपर्ने सोचेर उम्मेदवारी दिएकी छु।’
उनले पार्टीका नेता–कार्यकर्ताले आफूलाई विजयी बनाउने आश्वासनसमेत दिएको खुलाइन्। ‘पार्टीका नेता–कार्यकर्ता मेरो उम्मेदवारीप्रति सकारात्मक नै हुनुहुन्छ,’ उनले भनिन्, ‘फरक यति हो, मैले पार्टीमा गरेको वर्षौंको योगदानको कुनै कदर भएन, अब जनताले न्याय दिनेमा ढुक्क छु।’ उनले आफू उम्मेदवार हुँदासम्म यो क्षेत्रका सम्पूर्ण महिलाको प्रतिनिधित्व गरेको र विजयी भएपछि सबैको प्रतिनिधि हुने बताइन्।
यो क्षेत्रमा नेकपा ९एमाले०का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ उम्मेदवार छन्। उनले यो क्षेत्रमा २०५६ सालयताका सबै संसदीय र संविधानसभा निर्वाचन जितेका छन्। आउँदो निर्वाचनमा पनि नेम्बाङ र गठबन्धनका उम्मेदवार खड्काबीच नै मुख्य प्रतिस्पर्धा हुने आँकलन धेरै मतदाताको छ।
राष्ट्रिय जनमुक्ति पार्टीका खड्गप्रसाद पालुङ्वा, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोविन्दसिंह लिम्बू, नेपाली कांग्रेस ९बिपी० का डाकप्रसाद गौतमलगायत १४ उम्मेदवार प्रतिनिधिसभा क्षेत्र २ को चुनावी मैदानमा छन्।