राप्रपाबाट एमाले प्रवेश गरे लगत्तै कोमल ओलीलाई आम निर्वाचनमा भिड्ने ‘ख्वाब’ पलायो। अनि दाङ–३ मा आफूलाई प्रतिनिधिसभाको सशक्त उम्मेदवारका रुपमा प्रस्तुत गरिन्। उनको दाबी ईतर उभिएको एमालेको ठूलो तप्काले ‘भर्खरै आयातित’ को यो दाबीलाई नसुहाउँदो भनिरहेको थियो। त्यो बेला एमाले (हाल नेकपा एकीकृत समाजवादी)का हिराचन्द्र केसी उम्मेदवारका प्रमुख दाबेदार थिए। टिकट उनै केसीले पाए। उम्मेदवार दाबी गरेकी ओली प्रतिनिधिसभा निर्वाचनमा लड्ने रेसबाट बाहिरिइन्।
आफूले प्रतिनिधिसभाको टिकट नपाउनेको आक्रोश ओलीमा चुलियो। उनले स्वतन्त्र उम्मेदवारी दिने निर्णय लिइन् र उम्मेदवारी दिइन् पनि। त्यो बेला उनले भनेकी थिइन् ‘एकलौटी ढंगबाट पार्टी चल्यो, त्यसैले मैले स्वतन्त्र उम्मेदवारी दिएँ।’ तर ओलीको यो उम्मेदवारी चुनाव लड्नका लागि भने थिएन। स्वतन्त्र उम्मेदवार बनेर उनले पार्टीसँग गरेको बार्गेनिङ थियो। यसको पुष्ट्याईँ ओली आफैले गरिन्। उनले ‘आम कार्यकर्ताको सल्लाह बमोजिम’ भन्दै उम्मेदवारी फिर्ता लिइन् र एमालेका आधिकारीक उम्मेदवारलाई जिताउन लागि पर्ने समेत बताइन्। ओलीको स्वतन्त्र उम्मेदवारी उनको ‘पद प्राप्ती’ लागि थियो। पछिल्लो परिणामले उनको उम्मेदवारी राष्ट्रियसभा सदस्य बनाउने सम्झौतामा फिर्ता भएको देखियो। ओली एमालेका तर्फबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार बनिन् र निर्वाचन जितिन् पनि। चार बर्षे राष्ट्रियसभाको कार्यकाल पूरा गरेकी ओली अहिले भने दाङ – ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने पक्कापक्की भएको छ।
अघिल्लो निर्वाचनमा कोमल ओलीले अवसर नपाउँदा पोखेको ‘स्वतन्त्र– धम्की’ जस्तै यसपाला एमाले नेतृ गंगा चौधरीले ब्यक्त गरेकी छिन्। उनले आफूले आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छिन्। सामाजिक सञ्जाल मार्फत स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी उनको घोषणाको पनि एउटै अन्तर्य हो ‘टिकट नपाउनु।’ दाङ १ की गंगाले यो क्षेत्रका लागि उम्मेदवारको बलियो सम्भावना बोकेकी थिइन्। तर यसै क्षेत्रकी अर्कि नेतृ शान्ता चौधरीले टिकट पाउने सुईको पाएपछि गंगा रुष्ट बनिन्। अनि आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने निर्णयमा पुगेको सार्वजनिक गरिन्। ‘आज मैले ठिक निणर्य गरे या बेठिक मलाई थाहा छैन राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहने छु। जनता भगवान हुन्, जनता नै सर्वोपरि हुन देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउदैछु हजुरहरुको साथ चाहिएको छ ’ गंगाले फेसबुकमा लेखेकी छिन्।
ओली र चौधरी मात्रै हैनन् , नेपाली राजनीतिलाई नेताहरुले सिद्धान्त भन्दा अवसर केन्द्रीत गर्न खोजेका दृष्टान्तहरु देखिन्छन्। आफूले अवसर नपाए राजनीतिक दल नै त्याग गरेर स्वतन्त्र रुपमा आफूलाई प्रस्तुत गर्न खोज्ने दाङकै अर्की एक नेतृ हुन् काँग्रेसकी पार्वति डिसी चौधरी।
केहि समय अघि काँग्रेस सभापति शेरबहादुर देउवाले १० जना महिला केन्द्रीय सदस्य मनोनित गरे। यो सुचीमा दाङकी डिसी परिनन्। केन्द्रीय सदस्य बन्न लालायित डिसीका लागि देउवाको यो निर्णय स्वीकार योग्य भएन। फलतः उनले पनि पद नपाउँदाको कुण्ठा सामाजिक सञ्जाल मार्फत नै पोखिन्। देउवालाई एकलौटी निर्णय गरेर गलत गरेको आशय सहित सामाजिक सञ्जालमा लेखेकी उनले आफू कांग्रेसबाट बाहिरिने सम्मको धम्की समेत दिइन्। तथापी उनले अहिले सम्म पार्टी परित्याग गरि सकेकी भने छैनन्। भलै डिसी यस अघि पार्टी केन्द्रीय सदस्य थिइन् भने संविधान सभा सदस्य र प्रतिनिधिसभा सदस्य बनेर दुई पटक संसदमा प्रतिनिधित्व गरेकी उनी अवसर बाट बञ्चित भएकी नेतृ भने हैनन्। तथापी उनको बिद्रोहको अन्तर्य थियो ‘अवसर नपाउनु।’ अनि उनले पार्टीमा नरहने भनेर धम्की दिँदै स्वतन्त्र बार्गेनिङको बिजारोपण गरेको अर्थ बुझ्न गाह्रो पर्दैन।
मूलतः नेपाली राजनीतिमा लामो समय सम्म लगानी गरेकाहरु र अवसरका लागि मात्रै राजनीति गर्न खोज्नेहरु स्वतन्त्र बन्न खोज्ने दुई अवस्था देखिन्छन्। लामो समय सम्म पार्टीमा लगानी गर्ने तर विभिन्न बहानामा उनिहरुलाई पद बिहिनताको अवस्थामा पुर्याईरहनुको प्रतिफल बिद्रोह देखिन्छ। महेन्द्र बहुमुखी क्याम्पसका घोराहीका राजनीति शास्त्रका प्राध्यापक सुदीप गौतम भन्छन् ‘पार्टीबाट जानाजान बञ्चित गरिएपछि एउटा बिद्रोह जन्मन्छ, जसलाई स्वाभाविक मान्न सकिन्छ।’ जस्तै उनले एमाले नेता घनश्याम भुषाललाई एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवार दिने भन्दै गरिएको घोषणालाई यसको उदाहरणका रुपमा प्रस्तुत गरे। भुषालले रुपन्देही १ बाट उम्मेदवार टिकट नपाएपछि एमाले परित्याग गरेको जनाउँदै आगामी निर्वाचनमा स्वतन्त्र रुपमा भिड्ने घोषणा गरेका छन्। एमालेमा रहेर लामो समय सम्म राजनीति गरेका भुषाललाई आगामी निर्वाचनमा उम्मेदवार नबनाईनुलाई गौतमले उनि माथिको ‘हस्तक्षेप’का रुपमा अथ्र्याए। ‘घनश्याम भुषाल जत्तिको ब्यक्तिलाई उम्मेदवार नबनाईनु नेतृत्वले उनि माथि गरेको ठाडो हस्तक्षेप हो,’ गौतमले भने ‘पार्टी नेतृत्व प्रति असन्तुष्टि ब्यक्त गरेकै कारण, वा बिमती राखेकै कारण पार्टीमा लामो समय योगदान गरेका ब्यक्तिलाई उम्मेदवारबाट बञ्चित गरिन्छ भने यसबाट निस्कने बिद्रोह जायज हो।’ यसले पार्टी भित्र लोकतन्त्र कमजोर रहेको समेत देखाउने भन्दै गौतमले भने ‘कसैलाई सिध्याईदिन्छु भन्ने मानसिकतामा नेतृत्व चल्यो भने जुनसुकै पार्टीमा पनि बिद्रो जन्मन्छ र त्यो बिद्रोह स्वतन्त्र रुपमा प्रकट हुन्छ।’
तर पार्टीमा लगानी नहुनु तर अवसर पाए पार्टीमा रहने अन्यथा स्वतन्त्र बन्ने वा पार्टी परित्याग गर्ने प्रवृत्ति पनि नेपाली राजनीतिमा बढ्दै गएको गौतमको बुझाई छ। ‘राजनीतिमा लगानी नहुने र यसलाई केवल आफ्नो अवसरका लागि मात्रै प्रयोग गर्न खोज्नु असल राजनीतिक संस्कार हैन,’ गौतम भन्छन् ‘तर अहिले यो प्रवृत्ति नेपाली राजनीतिमा बढ्दै गएको छ।’