संसदीय अभ्यासमा असंसदीय कार्य
१८ असार २०७९
•
४ मिनेट पाठ
संसदीय अभ्यासमा असंसदीय कार्य
संसदीय व्यवस्थामा प्रतिपक्षको भूमिकाले सरकारको कामकारबाहीलाई सही दिशामा लैजान दबाब बढाउँछ। प्रमुख प्रतिपक्षी दलले निर्वाह गर्ने सकारात्मक भूमिकाले मुलुकमा सुशासन कायम गर्न सघाउँछ। संसदीय कामकारबाही अवरुद्ध धेरै गम्भीर प्रकृतिको विषयमा मात्रै गरिन्छ, सामान्य अवस्थामा आफ्ना भनाइ राखेर विरोध गरिन्छ।  




संसदीय व्यवस्थालाई सुन्दर बनाउने काम विपक्षी दलको पनि हो। संसद् बैठक चलिरहेका बेला एकजना सदस्य पनि सिटबाट उठेमा वा प्रमुख विपक्षी दलले सदन बहिष्कार गरेमा सदनको काम अघि बढन सक्दैन। त्यस्तो अवस्थामा तत्काल संसद् केही समयका लागि स्थगित गर्नुपर्ने हुन्छ। तर नेपालको संसदीय अभ्यासमा धेरै असंसदीय कार्य भएका छन्। संसद्मा नाराबाजी हुँदासमेत बैठक सञ्चालन भएको अवस्था छ।  

प्रमुख प्रतिपक्षी एमालेले गत भदौदेखि निरन्तर संसद् बैठक अवरुद्ध गर्‍यो। जेठ ३ गते बर्खे अधिवेशन सुरु भएपछि बल्ल उसले त्यो काम छाड्यो। भदौदेखि जेठसम्मका दुई अधिवेशनमा एमालेले सदन अवरुद्ध गर्दा सांसदले आफ्ना धारणा राख्न नपाए पनि संदनले कार्यसूचीका विषयलाई अघि बढायो। विपक्षीको असहयोग र विरोध हुँदा पनि केही विधेयक पारित भए। प्रतिपक्षीको अवरोधबीच चालु आवको बजेट पारित भयो, अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पनि पारित भयो। पछिल्लो अधिवेशनमा एमालेले फेरि अर्थमन्त्री बहिष्कारको नीति अख्तियार गर्‍यो। अर्थ मन्त्रालयसँग सम्बन्धित विषयमा सदन बहिष्कार गरेर एमालेले विरोध गर्‍यो।  

सभामुख अग्निप्रसाद सापकोटाले एमाले विभाजनमा सहयोग गरेको भन्दै उसले भदौ २३ देखि संसद् अवरोध गरेको थियो। उसले एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीलाई मान्यता नदिने भन्दै सदन अवरोध गरिरहर्‍यो। माग पूरा नभए पनि उसले गत जेठ ३ गतेदेखि सुरु बर्खे अधिवेशनबाट सदन अवरोध नगर्ने नीति लियो। स्थानीय तहको निर्वाचनमा नराम्रो हार व्यहोरेपछि एमालेले सदन खुलाएको विष्लेषण छ। बर्खे अधिवेशनमा पाि अर्थमन्त्रीले बजेटका बारेमा जवाफ दिँदा र विनियोजन विधेयक पारित गर्दा एमालेले सदन बहिष्कार गरेको छ।  

नेपालको संसद्मा प्रतिपक्षी दलले खेलेको भूमिका अत्यन्न सुनियोजित र अव्यवहारिक देखिँदै आएको विज्ञहरूको विष्लेषण छ। सरकारले राष्ट्रिय हितभन्दा आर्थिक चलखेलतर्फ नै बढी ध्यान दिएको हुँदा विपक्षी दलले हरेक कुरामा विरोध गर्नुपर्ने अवस्था आएको एमालेका एक नेताले बताए। ‘हामी सरकारमा हुँदा विपक्षीले हामीलाई त्यस्तै गर्छन्, हामी विपक्षमा हुँदा पनि हामीले सरकारलाई त्यस्तै गर्ने हो,’ ती नेताले भने। मुख्यगरी भ्रष्टाचारमुक्त नेपाल नभएसम्म सदनमा विपक्षीको संसद् अवरोध गर्ने शैली एउटै हुने उनले बताए।  

जतिबेला प्रतिपक्षी दल सक्रिय बन्छ सरकार सत्ताको दुरूपयोग गर्ने कार्यबाट हतोत्साहित बन्न पुग्छ। ‘प्रतिपक्ष संसद्मा जहिले पनि सरकारको सूचना प्राप्त गरेर तयारी अवस्थामा रहनुपर्दछ, हामीले पनि त्यसै गरेका छौं,’ एमालेका ती नेताले भने। सत्तारुढ दलले सामान्यतया विपक्षीहरूलाई दबाउन र सत्तामा टिकिरहनका लागि राज्यस्रोत प्रयोग गर्न सक्छ। राज्यशक्तिको दुरूपयोग गर्दै जाँदा सरकार अधिनायकवादी बन्ने खतरा पनि उत्पन्न हुने हुँदा प्रतिपक्ष यसमा सजग रहनु पर्दछ भन्ने संसदीय व्यवस्थाको विश्वव्यापी मान्यता छ।

झण्डै दुईतिहाइ बहुमतमा एमाले अध्यक्ष केपी ओली नेतृत्वमा बनेको सरकारले अधिनायकवादी शैली अपनाउँदा सबैभन्दा ठूलो विपक्षी दल कांग्रेसले कमजोर प्रतिपक्षको भूमिका खेलेको थियो भन्ने कुरा कांग्रेकै केही नेताले स्वीकार गर्छन्। तत्कालीन प्रधानमन्त्री ओलीको अधिनाकवादी शैलीलाई लिएर तत्कालीन नेकपाभित्रै विवाद उत्पन्न भएपछि उनी बालकोट पुग्नु परेको माओवादी केन्द्रका एक नेताले बताए। प्रतिपक्षी दलले आमनागरिकका भावना समेटेर सत्तापक्षको गलत क्रियाकलापविरुद्ध आफूलाई उभ्याउनुपर्दछ भन्ने मान्यता छ। लोकतन्त्रमा प्रतिपक्षको आदर्श प्रस्तुतिले व्यवस्थालाई आदर्श बनाउँछ भन्दै विज्ञहरूले भ्रष्टाचार रोक्न, सार्वजनिक साधनस्रोतको दुरूपयोग रोक्न, संवैधानिक सर्वोच्चता र मानवअधिकारका पक्षमा सशक्त आवाज उठाउन प्रतिपक्षको जिम्मेवारी हो भनेका छन्।

प्रतिपक्ष कमजोर हुनासाथ सडक सक्रिय हुन सक्दछ। प्रतिपक्षले सरकार परिवर्तन गर्छ भने सडकले व्यवस्था नै परिवर्तन गर्न सक्छ। त्यसैले सरकारका कमिकमजोरी सडकमा आउन नदिइकन सदनबाटै सच्याउन दबाव सिर्जना गर्नुपर्दछ भन्ने मान्यता छ। २००७ सालमा प्राप्त प्रजातन्त्र २०१७ सालसम्म आइपुग्दा सफल हुन नसक्नुको एक मुख्य कारण कमजोर प्रतिपक्ष हो भनिन्छ। त्यस्तै २०४६ सालमा पुनर्स्थापित प्रजातन्त्रले असल अभ्यास गर्न नसक्नुको प्रमुख कारण पनि प्रतिपक्षको गैरजिम्मेवारी हो भनिएको छ। त्यसबेला सदनभित्रबाट कुनै निकास नआएपछि सदनबाहिरको तत्कालीन माओवादीले फस्टाउने मौका पायो भन्ने एकथरिको विष्लेषण छ। संसदीय प्रणालीको जननी मानिने बेलायतमा सर्वप्रथम सन् १८२६ मा प्रतिपक्ष (अपोजिसन) शब्दको प्रयोग भएको हो।

संसदीय लोकतन्त्रमा विपक्षी दलको नेता वैकल्पिक प्रधानमन्त्रीका रूपमा र उसका सहकर्मी सदस्य वैकल्पिक मन्त्रीका रूपमा हुन्छन्। तर तत्कालीन ओली नेतृत्वको सरकारको स्वेच्छाचारिताको सर्वत्र विरोध सदनमा प्रमुख प्रतिपक्षी दल कांग्रेसको भूमिका सुस्त थियो। तर नेकपा फुटेपछि सरकार गठनमा प्रतिपक्षी कांग्रेस सक्रिय भयो। अहिले कांग्रेसकै नेतृत्वमा सरकार छ।

एकजना विद्वान ह्यारोल्ड जे. लास्कीले संसदीय लोकतन्त्रको सफल सञ्चालनका लागि दुई दल मात्र आवश्यक भएको बताएका छन्। तर यहाँ दुई दल भनेका कांग्रेस र एमाले हुन्। दुवै दलले मुलुकलाई भ्रष्टीकरणतर्फ लगेकाले अन्य विकल्पबारे बहस भइरहेको छ ।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस