तुलसीपुरकी एक महिला र नाबालिकालाई कुटपिट गरेपछि प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वलीलाई मंगलबार मध्यराति बुटवल पुर्याइयो। जिल्ला प्रशासन कार्यालय दाङमा राखिएकी बिमलालाई मुख्यमन्त्री कुलप्रसालद केसीको निर्देशनमा रातारात बुटवल पुर्याईएको स्रोत बताउँछ। प्रदेश सरकार स्रोतकै अनुसार वली पक्राउ परेकै दिन मंगलबार मुख्यमन्त्री केसीले वलीलाई बुटवलमा ल्याइने बताएका थिए।
सोही आधारमा स्थानीय प्रशासनले राज्यमन्त्री वलीलाई ‘प्रहरी निगरानी’ मा रहने गरी वलीलाई बुटवल पठाइएको जनाउँछ। ‘उहाँ (वली) लाई प्रहरी निगरानीमै रहने गरि बुटवल पठाईएको हो,’ प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भने ‘आवश्यक परेको बेला प्रहरीले उहाँसंग सोधपुछ गर्छ नै।’ बुटवल पुर्याएपछि ‘बिरामी परेकी’ राज्यमन्त्री वली उपचारका लागि प्रादेशिक अस्पताल बुटवलमा भर्ना भइन्। उनको रक्तचाप र सुगरको मात्रा बढी देखिएको अस्पतालले जनाएको छ।
तुलसीपुर का एकराज बस्नेतकी श्रीमती मिना र ६ वर्षीया छोरी एञ्जिलालाई घरभित्रै प्रवेश गरेर वलीले कुटपीट गरेकी राज्यमन्त्री बिमलालाई कारबाही नभएको भन्दै आलोचना भैरहेको छ। तर राज्यमन्त्री बिमलालाई नियन्त्रणमा लिने कानुनी अधिकार प्रहरीलाई अहिले छैन। संविधान तः प्रदेशसभा सदस्यलाई संसद चालु रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर कारवाही गर्न मिल्दैन। ‘प्रदेशसभा सदस्यलाई अधिवेशन बोलाईएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिने छैन,’ संविधानमा उल्लेख छ। बुधबारदेखि यो प्रदेशको पनि बजेट अधिवेशन सुरु भएको छ। फलतः राज्यमन्त्री बिमलामाथि संविधानको यो बुँदाले तत्काल कारवाही गर्ने अधिकार प्रहरीलाई दिँदैन। ‘संसद अधिवेशन चालु रहेको अवस्थामा प्रदेशसभा सदस्यलाई पक्राउ गर्न नपाउने भन्ने संविधानमा स्पष्ट छ,’ प्रदेशका उर्जा जलस्रोत तथा सिँचाई राज्यमन्त्री अर्जुन श्रेष्ठले भने।
प्रदेश सरकारको बुधबारको निर्णयले राज्यमन्त्री बिमला माथिको कारबाही तत्कालका लागि टरेको छ। उसले छानविन समिति बनाएर १५ दिन सम्म घटना बारे अध्ययन गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रीपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको संयोजकत्वमा कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्ती र मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य रहेको तीन सदस्यीय छानविन समिति निर्माण गरेर ‘बिमला प्रकरण’ माथिको अनुसन्धानको जिम्मा सरकार आफैले लिएको छ। सरकारको यो निर्णयले दाङबाट बुटवल पठाएको दाङ प्रहरीलाई पनि यो घटनाको झन्झट टरेको छ। दाङ प्रहरीले अनुसार सरकारले नै छानविन गर्ने भएकाले यो घटना अब सरकारकै तर्फबाट अनुसन्धान हुने बताउँछ।
१५ दिन छानविन अवधि तोकेर तत्काल राज्यमन्त्री माथिको कारवाही थामथुम पार्न खोजेको सरकारले बजेट माथिको निर्णय प्रभावित नहोओस् भन्ने नियत राखेको छ। बुधबार मात्रै प्रदेश सरकारले संसदमा बजेट पेश परेको छ। यसपछि बजेटमाथिको बहस र बजेट पासका लागि बहुमत तल माथि हुने आशंकामा रहेको सरकारले बिमलालाई अहिले तत्काल कारवाही नगरेर बहुमत तलमाथि हुन नदिने योजनामा रहेको स्रोत बताउँछ। ‘बहुमत धेरै बढिले छैन,फलतः यो बेलामा कारवाही गरेमा राज्यमन्त्रीको मनसाय बदलिएको अवस्थामा निर्णय प्रकृयामा अप्ठेरो पर्ला कि भन्ने पनि छ,’एक सांसदले भने ‘फलतः अहिले तत्काल यो प्रकृयालाई थामथुम पारेर बजेटलाई निर्णय गराईनु पर्छ भन्ने नै हो।’ फलतः सम्भावित यो अप्ठेरो टार्नका लागि छानविन समिति बनाउने र बजेटमाथिको बहस अवधि र यो घटनालाई छानविनको दायरामा राख्ने गरि मुख्यमन्त्री कुलप्रसाद केसीले माओवादीका केहि मन्त्रीहरुसंग छलफल समेत गरेका थिए। ‘बजेट माथिको छलफल अवधिभर केही पनि नगर्ने र बजेट पास भएपछि यो घटनामाथि सरकारले केही गर्ला,’ स्रोत भन्छ ‘तर अहिलेलाई त्यसरी एक्सनमा जानु राम्रो हुँदैन भन्ने नै हो।’