बैतडीको शिवनाथ गाउँपालिकाका अध्यक्षमा कांग्रेसका कर्णसिंह साउँद विजयी भएका छन्। उनले ३ हजार १ सय ६५ मत ल्याए।
उनका निकटम् प्रतिद्धन्दी एमालेका हजारीसिंह साउँद २ हजार ८ सय ४९ मत ल्याए। यस्तै उपाध्यक्षमा एमालेका सकुन्तला साउँद २ हजार ८ सय १७ मत ल्याइ विजयी भएका छन्। उनका निकटम प्रतिद्धन्दी माओवादी केन्द्रका नरेन्द्र साउँदले २ हजार ६ सय ९९ मत ल्याए । यो गाउँपालिकामा कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए।
यस्तै पञ्चेश्वर गाउँपालिकामा एमालेका गोरखबहादुर चन्दले ३ हजार ७ सय ८२ मत ल्याएर विजयी भएका छन्। उनका निकटम प्रतिद्धन्दी कांग्रेसका रमेशसिंह भण्डारीले २ हजार ४ सय ८८ मत ल्याए। उपाध्यक्षमा एमालेकी बिना भट्टले ३ हजार ६४ मत ल्याएर विजयी भएका छन्।
उनका निकटम प्रतिद्धन्दी एकिकृत समाजवादीका राजेन्द्रबहादुर चन्दले २ हजार ५ सय मत ल्याए । यो गाउँपालिकामा कांग्रेस र समाजवादीले गठबन्धन गरे पनि एमालेका उम्मेदवारले बाजी मारे । बिजयी दुवै जना २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि सोही पदमा विजयी भएका थिए।