बैतडीका दुई वडामा नेपाली कांग्रेस र दुई वडामा नेकपा एकालेले जित हाँसिल गरेका छन्। शिवनाथ गाउँपालिका–१ को वडाध्यक्षमा प्यानलसहित कांग्रेसका बलदेवसिंह चाड ७ सय ७ मत ल्याएर विजयी भएका छन्।
उनका निकटतम् प्रतिद्धन्दी एमालेका देवसिंह साउँदले ४ सय ७० मत ल्याए। वडा सदस्यहरुमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका बताइएको छ। महिला सदस्यमा धनमती साउँद, दलित महिला सदस्यमा गंगा दमाई, खुल्ला सदस्यमा देवसिंह साउँद र मानसिंह साउँद विजयी भएका छन्।
यस्तै पुर्चाैडी नगरपालिका–१० को अध्यक्षमा कांग्रेसका हिक्मतबहादुर बिष्ट विजयी भएका छन्। उनले ४ सय ८५ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका गोपालसिंह महराले ४ सय ६२ मत पाएका छन्। वडा सदस्यमा पनि कांग्रेसकै उम्मेदवार जितेका छन्। सुर्नया गाउँपालिका–१ मा एमालेका धनबहादुर चन्द विजयी भएका छन्। उनले १ सय ५५ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार उत्मबहादुर चन्दले १ सय १५ मत ल्याएका छन्। सदस्यहरुमा पनि एमालेकै उम्मेदवार विजयी भएका बताइएको छ। यस्तै दशरथचन्द नगरपालिका–११ को वडाध्यक्षमा एमालेका जयदत्त पन्त विजयी भएका छन्।
पन्तले ३ सय ३४ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्दी कांग्रेसका पद्यमादत्त पन्तले २ सय ९५ मत ल्याए। दलित महिला सदस्यमा एमालेका उम्मेदवार विजयी भएका छन्। महिला सदस्य र खुला दुई सदस्यमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। पन्त गएको स्थानीय तहको निर्वाचनमा पनि एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।
बैतडीका १० स्थानीय तहमा कांग्रेस ५, एमाले ४ र माओवादी केन्द्रले १ स्थानीय तहमा अग्रता लिइरहेका छन्। उपप्रमुखमा भने कांग्रेस ५ र एकाले ५ स्थानीय तहमा अग्रता लिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।