नार्पाभूमिमा कांग्रेसका लामा र चामेमा एमालेका घले विजयी
३१ वैशाख २०७९
•
१ मिनेट पाठ
नार्पाभूमिमा कांग्रेसका लामा र चामेमा एमालेका घले विजयी
हिमाली जिल्ला मनाङको सदरमुकाम चामे र नार्पाभूमि गाउँपालिकाको मतगणना सकिएको छ। जिल्लाका चार पालिकामध्ये ती दुई गाउँपालिकाको मतगणना सकिएको हो।  




सडक सञ्जालमा नजोडिएको ती दुई गाउँपालिकाको गएराति १ बजे मतगणना सकिएको हो। नार्पाभूमिको अध्यक्षमा नेपाली कांग्रेसका कोञ्जो तेञ्जिङ लामा निर्वाचत भएका छन्। उनले १५८ मत पाएर निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवारले १११ मत पाएका थिए। नार्पाभूमिमा कूल ४४८ मतमध्ये ३०४ मत खसेको थियो।

त्यस्तै चामे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का लोकेन्द्रबहादुर घले निर्वाचित भएका छन्। उनले ३२० मतले अध्यक्षमा निर्वाचित भएका हुन्। कूल खसेको ६१० मतमध्ये घलेले ३२० मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७७ मत प्राप्त गरेका थिए। चामेको उपाध्यक्षमा  कांग्रेसका मिङ्मार ढोमा लामा निर्वाचित भएका छन् ।  

कम मतदाता भएको पालिकाको मतगणना सकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख पुष्पराज शर्माले जानकारी दिए। उनका अनुसार मनाङ ङिस्याङ र नासो गाउँपालिकाको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश पुनाराम खनालले बताए। मतगणना आज साँझसम्ममा सकिने उनले बताए।  

जिल्ला ६२।६० प्रतिशत मत खसेको छ। कूल छ हजार ४९६ मतदाता रहेकामा चार हजार ७७ मत खसेको मुख्य निर्वाचन अधिकृत खनालले बताए। सबैभन्दा धेरै तीन हजार ५३५ मतदाता रहेको मनाङ ङिस्याङमा एक हजार ६५७ मत अर्थात् ४६ दशमलव ८७ प्रतिशत मात्रै मत खसेको छ। नासो गाउँपालिकामा एक हजार ८०२ मतदाता रहेकामा एक हजार ४९६ मत अर्थात् ८३.०१ प्रतिशत मत खसेको छ।

चामेमा ७११ मतदाता रहेकामा ६१० मत अर्थात् ८५.७९ प्रतिशत मत खसेको छ। नार्पाभूमिमा ४४८ मतदाता रहेकामा ३०४ मत अर्थात् ६७.८५ प्रतिशत मत खसेको थियो। रासस
अर्को समाचार
लोकतान्त्रिक गठबन्धन बनाउन प्रस्ताव
२२ जेष्ठ २०७९
•
४ मिनेट पाठ
लोकतान्त्रिक गठबन्धन बनाउन प्रस्ताव
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी संसदीय निर्वाचनअघि नै लोकतान्त्रिक शक्तिहरूबीच गठबन्धन या तालमेल गर्न नेपाली कांग्रेससँग प्रस्ताव गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवासँग शनिबार भएको भेटवार्तामा लोसपा अध्यक्ष महन्थ ठाकुरले यस्तो प्रस्ताव गरेको स्रोतले बतायो।




देउवासँग भेट गर्नुअघि ठाकुरले आफ्नो पार्टीका नेताहरूसँग कुराकानी गरेका थिए। लोसपाका नेता शरतसिंह भण्डारीले प्रधानमन्त्री देउवा र पार्टी अध्यक्ष ठाकुरबीच भेटवार्ता भएको बताए। ‘हामीले नेपाली कांग्रेससँग लोकतान्त्रिक शक्तिहरूबीच गठबन्धन गर्नुपर्ने प्रस्ताव सुरुदेखि नै राखेका थियौं,’ भण्डारीले भने, ‘तर शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र हाम्रो पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच कुनकुन विषयमा कुराकानी भयो भन्ने मलाई थाहा छैन।’

स्थानीय तह निर्वाचनअघि नै लोकतान्त्रिक शक्तिहरूबीच गठबन्धन हुनुपर्ने पक्षमा लोसपा रहेको उनले बताए। ‘अहिले नेपाली कांग्रेससहित पाँचदलीय गठबन्धन छ। लोकतान्त्रिक शक्तिबीच गठबन्धन हुन अहिलेको गठबन्धन भत्कनुपर्छ,’ भण्डारीले भने, ‘पाँचदलीय गठबन्धन भत्क्यो भने लोकतान्त्रिक गठबन्धन सम्भव छ।’

लोकतान्त्रिक शक्तिहरूबीच गठबन्धन भए प्राकृतिक र टिकाउ हुने आफ्नो धारणा रहेको उनले बताए। स्रोतका अनुसार देउवा र ठाकुरबीच संसदीय निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा कुराकानी भएको थियो। त्यस क्रममा लोकतान्त्रिक शक्तिबीच तालमेलको विषयमा पनि कुराकानी भएको स्रोतले बतायो।

स्थानीय तह निर्वाचनअघि नै प्रधानमन्त्री देउवा र लोसपाका नेताहरूबीच पटकपटक कुराकानी भएको थियो। स्थानीय निर्वाचनमै नेपाली कांग्रेससँग गठबन्धन गर्न लोसपाका नेताहरूले प्रयास गरेका थिए। तर कांग्रेस सत्तारूढ दलसँग नै गठबन्धन गरी चुनावमा गयो। लोसपाले कुनै दलसँग गठबन्धन नगरेका कारण स्थानीय तह निर्वाचनमा अपेक्षाकृत जित निकाल्न नसकेको सो दलका नेताहरूको बुझाइ छ।

‘यसैकारण पनि संसदीय निर्वाचनमा कांग्रेससँग तालमेल गर्न लोसपाका नेताहरूले चासो देखाएका छन्,’ स्रोतले बतायो। ठाकुरले देउवासँग भेट्नुअघि शनिबार नै लोसपा कार्यकारिणी समितको बैठक बसेको थियो। बैठकमै पार्टी अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवालाई भेट्न जान लागेको सुनाएका थिए। लोसपाका मागप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन ठाकुररले प्रधानमन्त्री देउवालाई भेटेको कार्यकारिणी समितिका सदस्य केशव झाले बताए।

लोसपाको आइतबार बस्ने बैठकमा भेटबारे अध्यक्ष ठाकुरले बिफ्रिङ गर्ने उनले बताए। शनिबारको बैठकमा स्थानीय तह निर्वाचनमा पार्टीले अपेक्षाकृत जित निकाल्न नसकेको विषयमा समीक्षा गरिएको थियो। बैठकमा पार्टी संगठन सदृढीकरणको विषयमा पनि छलफल भएको लोसपाका नेताले बताएका छन्। स्थानीय तह निर्वाचनमा लोसपाले १६ पालिका प्रमुख जितेको छ।

जसपा–लोसपा सम्बन्ध सुधार प्रयास

आगामी संसदीय निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) र लोसपाबीच गठबन्धन या तालमेल गर्ने विषयमा दुवै पार्टीका दोस्रो तहका नेताहरूले अनौपचारिक छलफल प्रयास गरे पनि यसमा दुवै पार्टीका पहिलो तहका नेताहरूले भने चासो देखाएका छैनन्। दुवै पार्टीकमा पहिलो तहका नेताहरूले आपसमा गठबन्धन या तालमेल हुने सम्भावना नभएको बताएका छन्।

लोसपा कार्यकारिणी समितिको शनिबारको बैठकमा पार्टी अध्यक्ष ठाकुरले संसदीय निर्वाचनमा जसपासँग तालमेल या गठबन्धन गर्ने विषयमा औपचारिक र अनौपचारिक छलफल नभएको प्रस्ट पारेको कार्यकारिणी सदस्य केशव झाले बताए। ‘अध्यक्षले जसपासँग औपचारिक/अनौपचारिक कुराकानी र संवाद भएको छैन भनी प्रस्ट पार्नुभएको छैन,’ झाले भने, ‘पछि के हुन्छ थाहा छैन तर तत्काल जसपासँग कुनै किसिमको संवाद भएको छैन। अहिले पार्टी एकता या चुनावी तालमेल हुने सम्भावना पनि छैन।'

’जसपा कार्यकारिणी समितिका सदस्य मनीष सुमनले लोसपाका शीर्ष नेताहरूले केपी ओली नेतृत्व सरकारमा गएको विषयमा सार्वजनिक रूपमा आत्मालोचना नगरेसम्म तालमेल त परै जाओस्, कुराकानी पनि नहुने बताए। जसपाका अर्का कार्यकारिणी सदस्य मिर्गेन्द्रसिंह यादवले पनि लोसपासँग तालमेल हुने सम्भावना नरहेको बताए। तर लोसपा कार्यकारिणी समितिका अर्का सदस्य सुरेन्द्र झाले भने राजनीतिा जे पनि हुन सक्ने बताउँदै भने, ‘अहिले नै जसपा र लोसपाबीच तालमेल हुन सक्दैन भनी ठोकुवा नगरौं। राजनीतिमा जे पनि हुन सक्छ ।’

जसपा र लोसपाको राजनीतिक अजेन्डा उस्तैउस्तै भएकाले चुनावी तालमेल हुन सक्ने उनले बताए। स्थानीय तह निर्वाचनमा जसपा र लोसपा दुवैले अपेक्षाअनुसार जित निकाल्न नसकेको निष्कर्ष निकालेका छन्। जसपा र लोसपाबीच तालमेल या गठबन्धन भएको भए ७० देखि ८० सिटसम्म आउने उनीहरूको निष्कर्ष छ।

‘स्थानीय तह निर्वाचनमा लोसपाले २ दशमलव १ प्रतिशत मात्र भोट ल्याएको छ। यही भोट संसदीय निर्वाचनमा ल्यायो भने लोसपा राष्ट्रिय पार्टी हुन सक्दैन। त्यसैले तालमेल गर्न हामीलाई भन्दा उहाँहरूलाई बढी हतार छ,’ जसपा नेता सुमनले भने।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १० मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस