पर्वतमा चारदिनका लागि सेवा स्थगित
२६ वैशाख २०७९
•
१ मिनेट पाठ
पर्वतमा चारदिनका लागि सेवा स्थगित
आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा आजदेखि चारदिनका लागि बन्द गरिएको छ। 




निर्वाचनका लागि कर्मचारी मतदान केन्द्रमा खटिने तथा अनुगमनलगायत विभिन्न कारणले सेवा प्रवाहलाई निरन्तरता दिन नसक्ने अवस्था भएपछि सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाद्वारा जारी सूचनामा जनाइएको छ।  नागरिकता, नाबालक, राष्ट्रिय परिचयपत्र, राहदानी, पेन्सनलगायतका सेवा आगामी जेठ ३ गतेदेखि नियमित हुने जनाइएको छ।

त्यस्तै जिल्ला मालपोत कार्यालयका सेवा पनि यही वैशाख २७ गतेदेखि बन्द हुने भएका छन्। निर्वाचनमा एक हजार १७६ कर्मचारी परिचालन हुने भएका छन्।

यसैगरी जिल्लामा मादक पदार्थ बिक्री वितरण र सेवनमा निषेध गरिएको छ। निर्वाचनलाई लक्षित गरी  प्रशासनले वैशाख २७ गते मङ्गलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नगर्न नगराउन आदेश जारी गरेको छ।

मदिरा सेवनका कारण समाजमा होहल्ला, झैझगडा तथा गैरकानुनी र अपराधिक क्रियाकलाप हुनसक्ने भन्दै मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको प्रजिअ सापकोटाले बताए। त्यसैगरी मतदानको दिन अत्यावश्यक सेवामा सञ्चालित र अनुमति लिएका सवारी साधनबाहेकका सवारी साधन बिहान ६ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म सञ्चालन नगर्न/नगराउन पनि प्रशासन अनुरोध गरेको छ।

प्रशासनले जारी सूचना विपरितका कार्य तोकिएको अवधिमा गरे/गराईएको पाइएमा कानुन अनुसार कारबाही गरिनेसमेत प्रजिअ सापकोटाले बताए। रासस
अर्को समाचार
लोकतान्त्रिक गठबन्धन बनाउन प्रस्ताव
२२ जेष्ठ २०७९
•
४ मिनेट पाठ
लोकतान्त्रिक गठबन्धन बनाउन प्रस्ताव
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी संसदीय निर्वाचनअघि नै लोकतान्त्रिक शक्तिहरूबीच गठबन्धन या तालमेल गर्न नेपाली कांग्रेससँग प्रस्ताव गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवासँग शनिबार भएको भेटवार्तामा लोसपा अध्यक्ष महन्थ ठाकुरले यस्तो प्रस्ताव गरेको स्रोतले बतायो।




देउवासँग भेट गर्नुअघि ठाकुरले आफ्नो पार्टीका नेताहरूसँग कुराकानी गरेका थिए। लोसपाका नेता शरतसिंह भण्डारीले प्रधानमन्त्री देउवा र पार्टी अध्यक्ष ठाकुरबीच भेटवार्ता भएको बताए। ‘हामीले नेपाली कांग्रेससँग लोकतान्त्रिक शक्तिहरूबीच गठबन्धन गर्नुपर्ने प्रस्ताव सुरुदेखि नै राखेका थियौं,’ भण्डारीले भने, ‘तर शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र हाम्रो पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच कुनकुन विषयमा कुराकानी भयो भन्ने मलाई थाहा छैन।’

स्थानीय तह निर्वाचनअघि नै लोकतान्त्रिक शक्तिहरूबीच गठबन्धन हुनुपर्ने पक्षमा लोसपा रहेको उनले बताए। ‘अहिले नेपाली कांग्रेससहित पाँचदलीय गठबन्धन छ। लोकतान्त्रिक शक्तिबीच गठबन्धन हुन अहिलेको गठबन्धन भत्कनुपर्छ,’ भण्डारीले भने, ‘पाँचदलीय गठबन्धन भत्क्यो भने लोकतान्त्रिक गठबन्धन सम्भव छ।’

लोकतान्त्रिक शक्तिहरूबीच गठबन्धन भए प्राकृतिक र टिकाउ हुने आफ्नो धारणा रहेको उनले बताए। स्रोतका अनुसार देउवा र ठाकुरबीच संसदीय निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा कुराकानी भएको थियो। त्यस क्रममा लोकतान्त्रिक शक्तिबीच तालमेलको विषयमा पनि कुराकानी भएको स्रोतले बतायो।

स्थानीय तह निर्वाचनअघि नै प्रधानमन्त्री देउवा र लोसपाका नेताहरूबीच पटकपटक कुराकानी भएको थियो। स्थानीय निर्वाचनमै नेपाली कांग्रेससँग गठबन्धन गर्न लोसपाका नेताहरूले प्रयास गरेका थिए। तर कांग्रेस सत्तारूढ दलसँग नै गठबन्धन गरी चुनावमा गयो। लोसपाले कुनै दलसँग गठबन्धन नगरेका कारण स्थानीय तह निर्वाचनमा अपेक्षाकृत जित निकाल्न नसकेको सो दलका नेताहरूको बुझाइ छ।

‘यसैकारण पनि संसदीय निर्वाचनमा कांग्रेससँग तालमेल गर्न लोसपाका नेताहरूले चासो देखाएका छन्,’ स्रोतले बतायो। ठाकुरले देउवासँग भेट्नुअघि शनिबार नै लोसपा कार्यकारिणी समितको बैठक बसेको थियो। बैठकमै पार्टी अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवालाई भेट्न जान लागेको सुनाएका थिए। लोसपाका मागप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन ठाकुररले प्रधानमन्त्री देउवालाई भेटेको कार्यकारिणी समितिका सदस्य केशव झाले बताए।

लोसपाको आइतबार बस्ने बैठकमा भेटबारे अध्यक्ष ठाकुरले बिफ्रिङ गर्ने उनले बताए। शनिबारको बैठकमा स्थानीय तह निर्वाचनमा पार्टीले अपेक्षाकृत जित निकाल्न नसकेको विषयमा समीक्षा गरिएको थियो। बैठकमा पार्टी संगठन सदृढीकरणको विषयमा पनि छलफल भएको लोसपाका नेताले बताएका छन्। स्थानीय तह निर्वाचनमा लोसपाले १६ पालिका प्रमुख जितेको छ।

जसपा–लोसपा सम्बन्ध सुधार प्रयास

आगामी संसदीय निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) र लोसपाबीच गठबन्धन या तालमेल गर्ने विषयमा दुवै पार्टीका दोस्रो तहका नेताहरूले अनौपचारिक छलफल प्रयास गरे पनि यसमा दुवै पार्टीका पहिलो तहका नेताहरूले भने चासो देखाएका छैनन्। दुवै पार्टीकमा पहिलो तहका नेताहरूले आपसमा गठबन्धन या तालमेल हुने सम्भावना नभएको बताएका छन्।

लोसपा कार्यकारिणी समितिको शनिबारको बैठकमा पार्टी अध्यक्ष ठाकुरले संसदीय निर्वाचनमा जसपासँग तालमेल या गठबन्धन गर्ने विषयमा औपचारिक र अनौपचारिक छलफल नभएको प्रस्ट पारेको कार्यकारिणी सदस्य केशव झाले बताए। ‘अध्यक्षले जसपासँग औपचारिक/अनौपचारिक कुराकानी र संवाद भएको छैन भनी प्रस्ट पार्नुभएको छैन,’ झाले भने, ‘पछि के हुन्छ थाहा छैन तर तत्काल जसपासँग कुनै किसिमको संवाद भएको छैन। अहिले पार्टी एकता या चुनावी तालमेल हुने सम्भावना पनि छैन।'

’जसपा कार्यकारिणी समितिका सदस्य मनीष सुमनले लोसपाका शीर्ष नेताहरूले केपी ओली नेतृत्व सरकारमा गएको विषयमा सार्वजनिक रूपमा आत्मालोचना नगरेसम्म तालमेल त परै जाओस्, कुराकानी पनि नहुने बताए। जसपाका अर्का कार्यकारिणी सदस्य मिर्गेन्द्रसिंह यादवले पनि लोसपासँग तालमेल हुने सम्भावना नरहेको बताए। तर लोसपा कार्यकारिणी समितिका अर्का सदस्य सुरेन्द्र झाले भने राजनीतिा जे पनि हुन सक्ने बताउँदै भने, ‘अहिले नै जसपा र लोसपाबीच तालमेल हुन सक्दैन भनी ठोकुवा नगरौं। राजनीतिमा जे पनि हुन सक्छ ।’

जसपा र लोसपाको राजनीतिक अजेन्डा उस्तैउस्तै भएकाले चुनावी तालमेल हुन सक्ने उनले बताए। स्थानीय तह निर्वाचनमा जसपा र लोसपा दुवैले अपेक्षाअनुसार जित निकाल्न नसकेको निष्कर्ष निकालेका छन्। जसपा र लोसपाबीच तालमेल या गठबन्धन भएको भए ७० देखि ८० सिटसम्म आउने उनीहरूको निष्कर्ष छ।

‘स्थानीय तह निर्वाचनमा लोसपाले २ दशमलव १ प्रतिशत मात्र भोट ल्याएको छ। यही भोट संसदीय निर्वाचनमा ल्यायो भने लोसपा राष्ट्रिय पार्टी हुन सक्दैन। त्यसैले तालमेल गर्न हामीलाई भन्दा उहाँहरूलाई बढी हतार छ,’ जसपा नेता सुमनले भने।
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस