जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईको गृहनगर पालुङटार नगरपालिकामा नेकपा एमाले र जसपाबीच तालमेल भएको छ। मेयरमा जसपाका उम्मेदवार प्रेम गुरुङ र उप मेयरमा एमालेका उम्मेदवार पार्वती पाठकलाई सघाउने गरी दुई दलबीच आज सहमति भएको हो।
एमाले अध्यक्ष प्रेम गुरुङ र जसपा अध्यक्ष यानप्रसाद भट्टले विज्ञप्ती जारी गर्दै तालमेलको निर्णय गरेका हुन्। वडा नम्बर ४ र ५ मा जनता समाजवादीका उम्मेदवारलाई सघाउने, ६, ७ र १० मा एमालेका उम्मेदवारलाई सघाउने गरी सहमति भएको एमाले अध्यक्ष प्रेम गुरुङले बताए। अन्य वडामा के गर्ने भन्ने खुलाइएको छैन।
जिल्लाका अन्य वडा र पालिकामा पनि आपसमा सहमति गरी निर्वाचनमा जाने निर्णय दुई दलका जिल्ला नेताले गरेका छन्। यसअघि पालुङटार नगरपालिकामा कांग्रेस र जसपा बिच गठबन्धनको प्रयास भएको थियो। जसपा अध्यक्ष भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवाको दवावमा कांग्रेसको उम्मेदवारी फिर्ता लिन लगाएका थिए। उम्मेदवारी फिर्ताको पत्र समयमै नआउँदा कांग्रेसको उम्मेदवार कायम रह्यो। कांग्रेससँगको गठबन्धन सफल नभएपछि जसपाले अन्ततः एमालेसँग तालमेल गरेको हो।