बागलुङमा मतदान केन्द्रमा खटाइयो सुरक्षाकर्मी र कर्मचारी
२६ वैशाख २०७९
•
२ मिनेट पाठ
बागलुङमा मतदान केन्द्रमा खटाइयो सुरक्षाकर्मी र कर्मचारी
आसन्न स्थानीय तह निर्वाचनका लागि बागलुङमा आवश्यक सामग्रीसहित सुरक्षाकर्मी र कर्मचारी खटाइएको छ।




यही ३० गते हुने  निर्वाचनको लागि मतदान केन्द्रमा २७ गतेसम्म पुग्ने गरी सुरक्षाकर्मी र कर्मचारी खटाइएको छ। जिल्लामा निर्वाचनका लागि आएको मतपत्र, मत पेटिकासहितको ६१ प्रकारका सामग्री निर्वाचन अधिकृतहरुलाई धमाधम हस्तान्तरण गरिएको छ।

जिल्लाको दुर्गम स्थानका मतदान केन्द्रमा खटाइएका कर्मचारीले धमाधम मतदानका लागि आवश्यक मतपत्र र मतपेटिकासहितका ६१ प्रकारका सामग्री बुझाएर केन्द्रमा खटाउन थालिएको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गकुलप्रसाद शर्माले जानकारी दिए।

'जिल्लामा ४६० जना मतदान अधिकृत र सहायक अधिकृतहरूलाई सामग्रीसहित बुझाउन थालिएको छ, टाढाका केन्द्रका जाँदै गर्नुहुन्छ, नजिकका केन्द्रका २७ गतेसम्म पुग्नेछन्', उनले भने, 'मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई शनिबार नमूना मतदान गरेर पठाएका छौँ, अन्य कर्मचारी स्थानीय पालिकाका हुन्छन्, उतैबाट खटिन्छन्।'

मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदानस्थलमा मतदाता सङ्ख्याको आधारमा स्थानीय पालिकाका कर्मचारी र ६९०  स्वयंसेवक गरी एक हजार ९०० कर्मचारी खटाइएको छ। मतदान केन्द्रमा एक हजार १५० कर्मचारी, १० निर्वाचन अधिकृतको कार्यालयमा ९० र ६९० स्वयंसेवक गरी एक हजार ९३० कर्मचारी परिचालन गरिएको छ। यस्तै २३० मतदान केन्द्रमा तीनजनाका दरले ६९०  स्वयंसेवक स्थानीय खटाइनेछन्।

यस्तै जिल्लामा निर्वाचनलाई भयरहित बनाउनका लागि सुरक्षा व्यवस्था चुस्त बनाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीका अनुसार मतदान केन्द्रमा शनिबारदेखिनै सुरक्षाकर्मी परिचालन गरिएको छ। उनीहरुलाई बन्दोबस्तीका सामग्रीसहित शनिबार बागलुङ बजारबाट केन्द्रतर्फ पठाइएको छ।

'हामीले जिल्लाका १०३ मतदानस्थलमा सुरक्षा व्यवस्था चुस्त बनाउनका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वको समितिले स्थलगत अनुगमन गरिरहेका छौँ, हामीले मतदानस्थललाई अतिसंवेदशनशील, संवेदनशील र सामान्य गरी विभाजन गरेका छौँ', उनले भने, 'यही अनुसार फरक–फरक सुरक्षा योजना छ, त्यहीअनुसार सुरक्षाकर्मी परिचालन गरेका छौँ, आइतबारदेखि मतदानस्थलको सुरक्षा दिन थालिसकेको छ, विस्तारै २७ गतेसम्म पूर्ण सुरक्षा दिन्छौँ।'

उनकाअनुसार जनताले ढुक्क भएर मतदान गर्ने वातावरण तयार गरिएको छ। जिल्लामा ७०० नेपाल प्रहरी, ९८३ म्यादी प्रहरी, सशस्त्र प्रहरी ३३० र नेपाली सेना ५५० गरी दुई हजार ५६३ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।

निर्वाचनको पूरै सुरक्षा व्यवस्थाको जिम्मा भने नेपाल प्रहरीलाई  छ। म्यादी प्रहरीको सहयोगमा  प्रहरीले निर्वाचनमा सुरक्षा दिइने छ। मतदान केन्द्रमा म्यादीसहितको प्रहरी परिचालन गरिने छ भने बाहिरी घेरामा सशस्त्र प्रहरी खटाइनेछ। मतदानस्थल नजिकै नेपाल आर्मी परिचालन गरिने छ।

मतदानस्थलको भौगोलिक अवस्था, अघिल्ला निर्वाचनको गतिविधि, मतदाता सङ्ख्या, स्थानीय नागरिकको अवस्थालाई ध्यानमा राखेर सुरक्षाकर्मी पठाइएको छ। १० पालिका रहेको जिल्लामा बागलुङमा एक लाख ९३ हजार २२६ मतदाता, २३० मतदान केन्द्र र १०३ मतदानस्थल रहेको छ। रासस
अर्को समाचार
लोकतान्त्रिक गठबन्धन बनाउन प्रस्ताव
२२ जेष्ठ २०७९
•
४ मिनेट पाठ
लोकतान्त्रिक गठबन्धन बनाउन प्रस्ताव
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी संसदीय निर्वाचनअघि नै लोकतान्त्रिक शक्तिहरूबीच गठबन्धन या तालमेल गर्न नेपाली कांग्रेससँग प्रस्ताव गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवासँग शनिबार भएको भेटवार्तामा लोसपा अध्यक्ष महन्थ ठाकुरले यस्तो प्रस्ताव गरेको स्रोतले बतायो।




देउवासँग भेट गर्नुअघि ठाकुरले आफ्नो पार्टीका नेताहरूसँग कुराकानी गरेका थिए। लोसपाका नेता शरतसिंह भण्डारीले प्रधानमन्त्री देउवा र पार्टी अध्यक्ष ठाकुरबीच भेटवार्ता भएको बताए। ‘हामीले नेपाली कांग्रेससँग लोकतान्त्रिक शक्तिहरूबीच गठबन्धन गर्नुपर्ने प्रस्ताव सुरुदेखि नै राखेका थियौं,’ भण्डारीले भने, ‘तर शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र हाम्रो पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच कुनकुन विषयमा कुराकानी भयो भन्ने मलाई थाहा छैन।’

स्थानीय तह निर्वाचनअघि नै लोकतान्त्रिक शक्तिहरूबीच गठबन्धन हुनुपर्ने पक्षमा लोसपा रहेको उनले बताए। ‘अहिले नेपाली कांग्रेससहित पाँचदलीय गठबन्धन छ। लोकतान्त्रिक शक्तिबीच गठबन्धन हुन अहिलेको गठबन्धन भत्कनुपर्छ,’ भण्डारीले भने, ‘पाँचदलीय गठबन्धन भत्क्यो भने लोकतान्त्रिक गठबन्धन सम्भव छ।’

लोकतान्त्रिक शक्तिहरूबीच गठबन्धन भए प्राकृतिक र टिकाउ हुने आफ्नो धारणा रहेको उनले बताए। स्रोतका अनुसार देउवा र ठाकुरबीच संसदीय निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा कुराकानी भएको थियो। त्यस क्रममा लोकतान्त्रिक शक्तिबीच तालमेलको विषयमा पनि कुराकानी भएको स्रोतले बतायो।

स्थानीय तह निर्वाचनअघि नै प्रधानमन्त्री देउवा र लोसपाका नेताहरूबीच पटकपटक कुराकानी भएको थियो। स्थानीय निर्वाचनमै नेपाली कांग्रेससँग गठबन्धन गर्न लोसपाका नेताहरूले प्रयास गरेका थिए। तर कांग्रेस सत्तारूढ दलसँग नै गठबन्धन गरी चुनावमा गयो। लोसपाले कुनै दलसँग गठबन्धन नगरेका कारण स्थानीय तह निर्वाचनमा अपेक्षाकृत जित निकाल्न नसकेको सो दलका नेताहरूको बुझाइ छ।

‘यसैकारण पनि संसदीय निर्वाचनमा कांग्रेससँग तालमेल गर्न लोसपाका नेताहरूले चासो देखाएका छन्,’ स्रोतले बतायो। ठाकुरले देउवासँग भेट्नुअघि शनिबार नै लोसपा कार्यकारिणी समितको बैठक बसेको थियो। बैठकमै पार्टी अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवालाई भेट्न जान लागेको सुनाएका थिए। लोसपाका मागप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन ठाकुररले प्रधानमन्त्री देउवालाई भेटेको कार्यकारिणी समितिका सदस्य केशव झाले बताए।

लोसपाको आइतबार बस्ने बैठकमा भेटबारे अध्यक्ष ठाकुरले बिफ्रिङ गर्ने उनले बताए। शनिबारको बैठकमा स्थानीय तह निर्वाचनमा पार्टीले अपेक्षाकृत जित निकाल्न नसकेको विषयमा समीक्षा गरिएको थियो। बैठकमा पार्टी संगठन सदृढीकरणको विषयमा पनि छलफल भएको लोसपाका नेताले बताएका छन्। स्थानीय तह निर्वाचनमा लोसपाले १६ पालिका प्रमुख जितेको छ।

जसपा–लोसपा सम्बन्ध सुधार प्रयास

आगामी संसदीय निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) र लोसपाबीच गठबन्धन या तालमेल गर्ने विषयमा दुवै पार्टीका दोस्रो तहका नेताहरूले अनौपचारिक छलफल प्रयास गरे पनि यसमा दुवै पार्टीका पहिलो तहका नेताहरूले भने चासो देखाएका छैनन्। दुवै पार्टीकमा पहिलो तहका नेताहरूले आपसमा गठबन्धन या तालमेल हुने सम्भावना नभएको बताएका छन्।

लोसपा कार्यकारिणी समितिको शनिबारको बैठकमा पार्टी अध्यक्ष ठाकुरले संसदीय निर्वाचनमा जसपासँग तालमेल या गठबन्धन गर्ने विषयमा औपचारिक र अनौपचारिक छलफल नभएको प्रस्ट पारेको कार्यकारिणी सदस्य केशव झाले बताए। ‘अध्यक्षले जसपासँग औपचारिक/अनौपचारिक कुराकानी र संवाद भएको छैन भनी प्रस्ट पार्नुभएको छैन,’ झाले भने, ‘पछि के हुन्छ थाहा छैन तर तत्काल जसपासँग कुनै किसिमको संवाद भएको छैन। अहिले पार्टी एकता या चुनावी तालमेल हुने सम्भावना पनि छैन।'

’जसपा कार्यकारिणी समितिका सदस्य मनीष सुमनले लोसपाका शीर्ष नेताहरूले केपी ओली नेतृत्व सरकारमा गएको विषयमा सार्वजनिक रूपमा आत्मालोचना नगरेसम्म तालमेल त परै जाओस्, कुराकानी पनि नहुने बताए। जसपाका अर्का कार्यकारिणी सदस्य मिर्गेन्द्रसिंह यादवले पनि लोसपासँग तालमेल हुने सम्भावना नरहेको बताए। तर लोसपा कार्यकारिणी समितिका अर्का सदस्य सुरेन्द्र झाले भने राजनीतिा जे पनि हुन सक्ने बताउँदै भने, ‘अहिले नै जसपा र लोसपाबीच तालमेल हुन सक्दैन भनी ठोकुवा नगरौं। राजनीतिमा जे पनि हुन सक्छ ।’

जसपा र लोसपाको राजनीतिक अजेन्डा उस्तैउस्तै भएकाले चुनावी तालमेल हुन सक्ने उनले बताए। स्थानीय तह निर्वाचनमा जसपा र लोसपा दुवैले अपेक्षाअनुसार जित निकाल्न नसकेको निष्कर्ष निकालेका छन्। जसपा र लोसपाबीच तालमेल या गठबन्धन भएको भए ७० देखि ८० सिटसम्म आउने उनीहरूको निष्कर्ष छ।

‘स्थानीय तह निर्वाचनमा लोसपाले २ दशमलव १ प्रतिशत मात्र भोट ल्याएको छ। यही भोट संसदीय निर्वाचनमा ल्यायो भने लोसपा राष्ट्रिय पार्टी हुन सक्दैन। त्यसैले तालमेल गर्न हामीलाई भन्दा उहाँहरूलाई बढी हतार छ,’ जसपा नेता सुमनले भने।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस