देशका विभिन्न ठाउँमा दल विषेशका कार्यकर्ताहरुबीच झडप भईरहेका वा तिक्तता पूर्ण अभिब्यक्तिहरु आईरहँदा आईतबार बिहान रोल्पामा गज्जबको सम्वाद दृष्य देखियो।
चिया पसलबाट निस्किदै गरेका रोल्पा नगरपालिकाका मेयर पुर्ण केसी र आशन्न निर्वाचनमा माओवादीबाट मेयर पदमा उम्मेदवार बनेका सुरेन्द्र थापा घर्तीसंग कांग्रेसबाट मेयर र उपमेयरमा उम्मेदवार बनेका शेरबहादुर थापा र पुष्पा श्रेष्ठको जम्काभेट भयो।
कांग्रेसबाट उपमेयर उठेकी पुष्पा श्रेष्ठले मेयर पुर्ण केसी र माओवादीबाट मेयर उठेका सुरेन्द्र थापा घर्तीसंग आफ्नो लागि भोट मागिन्। ‘नमस्कार म पुष्पा श्रेष्ठ। म नेपाली कांगे्रसबाट उपमेयर उठेकी छु। मलाई तपाईँहरुको एक भोट मागे। अरुसंग पनि मागिदिनु होला।’ मेयर उठेका घर्तीले भने ‘हस हस्। तपाईँलाई जितको शुभकामना।’ यत्तिकैमा कांगे्रसका मेयर उम्मेद्वार शेरबहादुर थापाले पनि अभिवादनसहित मित्रतापूर्ण हात मिलाए।
पुष्पा रोकिईनन्, ‘मलाई जिताउने भयो भने मसंग काम गर्न गराउन सजिलो हुन्छ।’ केही मिनेट मित्रतापुर्ण अनौपचारीक गफगाफपछि आपसमा फोटो खिचेर उनीहरु आफू-आफूमा शुभकामना साटासाट गर्दै आ–आफ्नो चुनाव प्रचारमा लागेका छन्। अन्यत्र सत्ता गठबन्धन भए पनि रोल्पामा कांग्रेस माओवादीबीचमा तालमेल भएको छैन। सौहार्दपुर्ण हुने निर्बाचन लोकतन्त्रको सौन्दर्य हो।
माओवादीबाट मेयर उठेका सुरेन्द्र थापा घर्ती डेढ दशक देखि माओवादी रोल्पाका अध्यक्ष रहेर काम गरेका पात्र हुन भने कांगे्रसका शेरबहादुर थापा करिब एक दशक नेबिसंघको जिल्ला अध्यक्ष हुँदै हाल कांग्रेस जिल्ला सचिव हुन्। कुनै समय कांग्रेसको पकडमा रहने रोल्पाको चुनाव पछिल्लो समय माओवादीको हातमा गएको छ।
यतिबेला रोल्पा कांग्रेस बिरासत फर्काउने दाउमा छ भने माओवादी बिरासत जोगाउने धुनमा छ। आ-आफ्नो जित सुनिष्चत रहेको दाबी गर्ने उम्मेदवारहरुको अन्तिम परीक्षा आउन पाँच दिन बाँकी रहँदा घरदैलो लगायतका विभिन्न कार्यक्रम र भेटघाट तीव्र बनेको छ।