अघिल्लो स्थानीय तह निर्वाचनमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नयाँ पुस्ता र नयाँ अनुहारले बाजी मार्यो। चुनावी प्रतिष्पर्धामा दुई दशकअघिनै वीरेन्द्रनगरको मेयर भइसकेका एमालेका बालाराम शर्मा छोरा पुस्ताका नेपाली कांग्रेसका देवकुमार सुवेदीसँग पराजित भए। मेयरमा कांग्रेसबाट सुदेवी विजयी हुँदा उपमेयरमा भने एमालेकी मोहनमाया ढकालले बाजी मारिन्।
चुनावी प्रतिष्पर्धामा सुवेदी र ढकाल दुबै नयाँ अनुहार थिए। दुबै अहिलेको पुस्ताको नेतृत्व गर्थे। मेयरमा शर्माले १३ हजार ८९९ मत ल्याएर पराजित हुँदा उपमेयरमा ढकालले १६ हजार ६८ मत ल्याएर विजयी भइन्। एक कार्यकाल वीरेन्द्रनगरको बागडोर सम्हालेका शर्मा र पहिलो पटक चुनावी मैदानमा उत्रिएकी ढकालबीचको मतान्तर २ हजार १६९ रह्यो।
‘वीरेन्द्रनगरले जहिल्यै नयाँ अनुहार र नयाँ पुस्ताको खोजी गरिरहेको देखिन्छ,’ मध्यपश्चिम विश्वविद्यालयका राजनीतिशास्त्रका उपप्रध्यापक दुर्गाप्रसाद सापकोटा भन्छन्, ‘यो पटकको निर्वाचनमा पनि त्यहीँ अवस्था देखिन्छ।’ वैशाख ३० गतेको निर्वाचनमा मुख्यतया गठबन्धनका साझा उम्मेदवार कांग्रेसका खड्का र एमालेकी ढकालबीच प्रतिष्पर्धा हुने देखिन्छ। सँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष मुकुन्दश्याम गिरी पनि मेयरको उम्मेदवार छन्। गिरीले एक पटक वीरेन्द्रनगरको बागडोर सम्हालीसकेका छन्। ढकाल उपमेयरको पाँँच वर्षे कार्यकाल सकेर मेयरको चुनावी रेसमा छिन्।
२०७४ को निर्वाचनमा कांग्रेस, एमाले र माओवादी केन्द्र मुख्य प्रतिष्पर्धी थिए। १४ हजार ४०५ मत ल्याएर कांग्रेसका सुवेदी विजयी हुँदा एमालेका शर्माले १३ हजार ८९९ मत प्राप्त गरे। माओवादी केन्द्रका उम्मेदवार रत्नबहादुर गाहामगरले पाँच हजार २३७ मत प्राप्त गरे।
पाँच वर्षको अन्तरालमा वीरेन्द्रनगरको राजनीति बदलिएको छ। उपमेयरसहित अधिकांस वडा जितेको एमाले पार्टी विभाजनका कारण कमजोर देखिन्छ। यसको प्रत्यक्ष फाइदा कांग्रेसलाई हुने अनुमान गर्न सकिन्छ। वीरेन्द्रनगरमा मेयर र उपमेयरमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन छ। वीरेन्द्रनगरमा गठबन्धनबाट कांग्रेसका उपेन्द्रबहादुर खड्का र माओवादी केन्द्रबाट उपमेयरमा शान्ति ढकाल चुनावी मैदानमा छन्। गठबन्धनभित्रैको दल एकीकृत समाजवादी वीरेन्द्रनगरमा छुट्टै चुनावी मैदानमा छ।
‘यसले पनि हामीलाई निर्वाचन जित्न सहज बनाएको छ,’ कांग्रेस सचिव देवकुमार सुवेदी भन्छन्, ‘विगतमा गरेका काम, नयाँ अजेण्डा र नयाँ अनुहारले मतदातालाई थप आकर्षित गरिरहेको छ।’
प्रदेश राजधानी भएकाले वीरेन्द्रनगरको चुनावी माहोल तातिएको छ। दिनदिनै विभिन्न दलहरुले चुनावी सभाहरु गरिरहेका छन्। सबै उम्मेदवारहरुले आ–आफ्ना चुनावी अजेण्डाहरु मतदातासम्म पुर्याइरहेका छन्।
राजनीतिक दल र स्वतन्त्र गरेर वीरेन्द्रनगरको मेयरको चुनावी प्रतिष्पर्धामा धेरै भएपनि मुख्य प्रतिष्पर्धा कांग्रेस–माओवादी गठबन्धनका खड्का र एमालेकी ढकालबीच हुने देखिन्छ। ‘दुबै जना युवा हुनुहुन्छ, मेयरमा दुबै जना नयाँ अनुहार हो,’ मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापक कमलराज लम्सालले भने, ‘अघिल्लो भन्दा यो पटकको चुनाव अझ रोचक हुने देख्छु।’
लम्सालका अनुसार वीरेन्द्रनगरले विगतदेखिनै नयाँ अनुहार खोजी गरिरहेकाले पनि खड्का र ढकालबीचनै मुख्य प्रतिष्पर्धा हुने बताउँछन्। ‘अघिल्लो निर्वाचनमा कांग्रेसबाट निर्वाचित मेयर युवा हुनुहुन्थ्यो, मतदाताले उहाँलाई रोज्नुभयो,’ लम्सालले भने, ‘यो पटक मेयरको मुख्य प्रतिष्पर्धामा दुबै युवा भएकाले निर्वाचन रोचक हुन्छ।’
राप्रपाबाट सशंकित
अघिल्लो निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव लडेका इश्वरकुमार श्रेष्ठले ५ सय ५७ मत मात्रै ल्याएका थिए। बरु स्वतन्त्र चुनाव लगेका गेहेन्द्रप्रसाद दहालले झण्डै दुई हजार मत ल्याए। यो पटक राप्रपाबाट एक पटक वीरेन्द्रनगर नगरपालिकाको मेयर भइसकेका केन्द्रीय उपाध्यक्ष मुकुन्दश्याम गिरी चुनावी मैदानमा छन्। गिरी चुनावी मैदानमा आउँदा मुख्य प्रतिष्पर्धी खड्का र ढकाल सशंकित बनेका छन्। वीरेन्द्रनगरमा दशनामी समाजको भोट धेरै छ। जातीय भोट राप्रपाका उम्मेदवार गिरीले धेरै पाउने अनुमान यहाँ गरिन्छ।
उपप्रध्यापक लम्साल भने राप्रपाबाट उम्मेदवार गिरी पार्टीको केन्द्रीय नेतृत्वमा रहेकाले मतदाताले केन्द्रमै अपेक्षा गर्ने बताउँछन्। ‘उहाँको आवश्यकता केन्द्रमा हो भन्ने बुझाई मतदाताको छ,’ उनले भने, ‘त्यसैले पनि स्थानीय तहको निर्वाचनमा ठूलो मत राप्रपामा जाने संभावना रहँदैन्।’
नेता जन्माउने नगर
वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी हो। कर्णालीका २५ वटा नगरपालिका रहेपनि सबै राजनीतिक दलहरुको ध्यान वीरेन्द्रनगरमा बढी केन्द्रीत हुन्छ। वीरेन्द्रनगरको नेतृत्व गर्नेले भोलिको प्रदेश मात्रै होइन्, केन्द्रीय राजनीतिमा पनि प्रभाव जमाउँछ। वीरेन्द्रनगरको नेतृत्व गरिसकेका धेरैजसो केन्द्रीय राजनीतिमा प्रभाव राख्दछन्।
वीरेन्द्रनगरको नगर प्रमुख भइसकेका पूर्णबहादुर खड्का पटक–पटक केन्द्रको मन्त्री मात्रै भएन, अहिले नेपाली कांग्रेसको उपसभापति छन्। पार्टी राजनीतिमा मात्रै नभएर सत्ता राजनीतिको पनि उनी केन्द्रमा छन्।
अर्का पूर्व नगर प्रमुख नेकपा एमालेका यामलाल कँडेल पनि राष्ट्रिय राजनीतिमा प्रभाव पार्छन्। केन्द्रीय मन्त्री भइसकेका कँडेल अहिले प्रदेश इन्चार्जसँगै प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलको नेता छन्। अर्का नगर–प्रमुख मुकुन्दश्याम गिरी राप्रपाको केन्द्रीय उपाध्यक्ष छन्। ‘प्रदेश र देशका लागि पार्टीको तर्फबाट नेता जन्माउने अवसर भएर मात्र होइन्, प्रदेश राजधानीमा प्रभुत्व जमाउने लालसालेसमेत दलहरु वीरेन्द्रनगर केन्द्रित भएका छन्,’ उपप्रध्यापक सापकोटा भन्छन्, ‘यहीँ कारण पनि वीरेन्द्रनगरको चुनावी रौनक अझ बढेको छ।’