रोल्पामा कसले मार्ला बाजी?
२३ वैशाख २०७९
•
२ मिनेट पाठ
रोल्पामा कसले मार्ला बाजी?
रोल्पा सदरमुकाम लिवाङ। तस्बिरः दिनेश/नागरिक
माओवादी द्वन्द्वको उद्गम थलो रोल्पामा स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ। अन्यत्र जस्तै ढिलो गरी तातेको यहाँको चुनावी माहोल प्रतिस्पर्धात्मक देखिएको छ। कुनै बेला दुबै निर्वाचन क्षेत्र जितेको कांग्रेस बिरासत फर्काउने धुनमा छ भने माओवादी बिरासत जोगाउने तयारीमा लागेको छ। आफ्नो पोल्टामा परिणाम ल्याउन भगिरथ प्रयास गरिरहेका दल र उम्मेदवारहरुले दिन रात एक बनाएर हिँडिरहेका छन्।  




१० स्थानीय तह मध्य प्रायः सबै पालिकामा निर्वाचन कडा प्रतिस्पर्धा रहेको देखिन्छ। सबैले आफू बलियो भएको दाबी गरे पनि कतै द्धिपक्षीय त कतै त्रिपक्षीय प्रतिस्पर्धा छ। होलेरी प्रहरी चौकी आक्रमण गरेर माओवादी बिधिवत् भूमिगत भएको रुन्टीगढी गाउँपालिकामा कांग्रेस, एमाले र माओवादीबीचमा कडा भिडन्त रहेको छ। १ सय २३ मत अन्तरले एमाले निर्वाचित भएको यहाँको चुनाव रोचक हुने देखिन्छ।  

रोल्पाको गंगादेब गाउँपालिकामा झनै कडा प्रतिस्पर्धा छ। अघिल्लो चुनावमा १ सय २४ मत अन्तरले माओवादीले जितेको यहाँ यो पटक माओवादी, कांगे्रस, एमाले र विप्लवका उम्मेदवारबीचमा कडा भिडन्त छ। त्यसैगरि, एमाले र कांग्रेसको गठबन्धन रहेको माडि गाउँपालिकामा माओवादी एक्लै छ। केन्द्रको निर्देशन तोड्दै यहाँ फरक गठबन्धन भएको छ।  

उता माओवादीको उद्गम थलो मानिएको थवाङमा विप्लव लगायत सबै दल मिलेर माओवादीलाई एक्लै बनाएका छन्। यहाँ विप्लवका स्वतन्त्र उम्मेदवार र माओवादीबीचमा कडा प्रतिस्पर्धा छ। जिल्लाको सुनछहरी गाउँपालिकामा पनि अन्य सबै मिलेर माओवादीलाई एक्लै बनाएका छन्। यहाँ पनि कांग्रेस, एमाले लगायतका दलहरुले विप्लव उम्मेदवारलाई समर्थन गर्दै माओवादीलाई एक्लै बनाएका छन्।

अघिल्लो पटक एमालेले जितेको त्रिबेणीमा कांग्रेसले यो पटक एमालेलाई समर्थन गरेपछि माओवादी एक्लिएको छ। यहाँ माओवादी र एमालेबीचमा भिडन्त हुनेछ। परिवर्तन गाउँपालिकामा कांग्रेस र माओवादीबीचमा प्रतिस्पर्धा छ। यहाँ विप्लव लगायत अरुले कांग्रेसलाई सघाउने छन्।  

तुलनात्मक रुपमा माओवादी बलियो देखिएको रोल्पा नगरपालिकामा माओवादी र कांग्रेसको प्रतिस्पर्धा छ। यहाँ एमालेले पनि उम्मेदवार उठाएको छ। सुनिलस्मृती गाउँपालिकामा माओवादी र कांग्रेसबीचमा प्रतिस्पर्धा हुनेछ। यहाँ पनि एमालेले उम्मेदवार उठाएको छ। पहिलो चुनावमा कांग्रेसले जितेको लुङग्री गाउँपालिकामा द्धिपक्षीय भिडन्त छ। यहाँ माओवादी र कांग्रेसबीचमा प्रतिस्पर्धा हुने देखिन्छ।  

परिणाम आफ्नो पक्षमा पार्न सबै दलका नेतृत्व यतिबेला रोल्पाका गाउँमा घुमिरहेका छन्। माओवादीले दम्भ देखाएको भन्दै केही ठाउँमा फरक गठबन्धन गरेका एमाले र कांग्रेस पासा पल्टाउने ध्यानमा छन्। यतिबेला माओवादी नेता कृष्णबहादुर महारा, झक्कु सुवेदी, जोखबहादुर महरा, दिपेन्द्र पुन गाउँतिर छन्।  

कांग्रेस प्रदेश सभापति अमरसिंह पुन, विद्यार्थी नेता मनोजमणी आचार्य, पूर्वमन्त्री सुरेन्द्र हमाल, पूर्व सांसद लेखनाथ आचार्य पनि उम्मेदवार जिताउन दौडधुपमै छन्। एमालेका केन्द्रीय सदस्य कमार दसौदी, नबिन रोका, ईश्वरी जिएम लगायतका नेता पनि कम्मर कसेर चुनावी प्रचारमा छन्।
अर्को समाचार
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
७ मिनेट अघि
•
१ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
फाइल तस्बिर
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 




उनले सडक पूर्वाधारलाई उद्योग, पर्यटन, कृषि र उत्पादनसँग जोड्नुपर्नेमा जोड दिएका हुन्।

सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै गजुरेलले सडक निर्माणमा ठुलो बजेट खर्चिए पनि त्यसले देशको उत्पादन र रोजगारीमा कति योगदान पुर्‍याएको छ भन्ने विषयमा गम्भीर विश्लेषण गर्नुपर्ने बताएका हुन्।

उनले हिजो पनि विकास भनेको सडक निर्माण हो भन्ने बुझाइ रहेको र अहिले पनि त्यही सोच कायम रहेको उल्लेख गरेका छन्।

‘सडक पूर्वाधारको पनि पूर्वाधार हो, यसमा दुई मत छैन,’ उनले लेखेका छन्, ‘तर निर्माण भएका वा निर्माणको योजनामा रहेका सडकले नेपालमा उत्पादन बढाउन सहयोग गरेका छन् कि छैनन् भन्ने प्रश्नको उत्तर खोज्न जरुरी छ।’

गजुरेलले सडक निर्माणले उद्योग स्थापना र लगानीकर्तालाई आकर्षित गर्न सकेको छ कि छैन भन्ने विषयमा पनि ध्यान दिनुपर्ने बताए। उनका अनुसार सडकले राज्यको ढुकुटी बलियो बनाउन सहयोग गर्नुपर्छ। राज्यको आम्दानी नबढेसम्म विकास सम्भव नहुने उनको भनाइ छ।

विगतमा यस्ता विषयमा ध्यान नदिँदा देशको लगानीले अपेक्षित प्रतिफल दिन नसकेको उनले बताएका छन्। सडक निर्माणलाई नै विकास ठान्नुभन्दा सडकले उत्पादन बढाउन कस्तो भूमिका खेल्छ भन्ने विषयमा गहिरो विश्लेषण गर्नुपर्ने उनको भनाइ छ।

‘उत्पादन क्षेत्रले रोजगारी सिर्जना गर्छ। श्रम देशमै सिर्जना हुन्छ,’ उनले लेखेका छन्।

सभापति गजुरेलले सडकमा बजेट पर्दा मतदाता खुसी हुन्छन् भन्ने सोचका आधारमा पुरानै गल्ती दोहोर्‍याउन नहुने बताए। सडक निर्माण गर्नुपर्ने भए पनि त्यसलाई उद्योग, पर्यटन, कृषि र अन्य उत्पादनका क्षेत्रसँग जोड्नुपर्ने उनको सुझाव छ।

उनले सडक निर्माण, मर्मत र सम्भारमै देशको बजेट खर्चिने अवस्था अन्त्य गर्दै उत्पादनमा जोड दिनुपर्ने बताएका छन्।
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
यो पनि पढौँ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस