बैतडीमा नगरप्रमुखका उम्मेदवार र गाउँपालिकाका उपाध्यक्षका उम्मेदवारसहित १२ जना उम्मेदवारका विरुद्ध उजुरी परेको छ। जिल्लाको पाटन नगरपालिकामा सबैभन्दा बढी ७ उम्मेदवारका विरुद्ध उजुरी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
एमालेबाट मेयर पदका उम्मेदवार नारायणसिंह भण्डारीविरुद्ध दुई जनाले उजुरी दिएको निर्वाचन अधिकृत ईश्वरीदत्त जोशीले बताए। भण्डारी लेखापरीक्षककोरुपमा कार्यरत रहेको भन्दै उजुरी परेको हो। यस्तै वडा सदस्यका उम्मेदवार हिरासिंह कठायत, प्रेमसिंह भाट, नवराज पाण्डेय, मानबहादुर बिष्ट र नवराज भट्टकाविरुद्ध उजुरी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यस्तै शिवनाथ गाउँपालिकामा एमालेका तर्फबाट उपाध्यक्षका उम्मेदवार शकुन्तला साउँद, नेकपा माओवादी केन्द्रका तर्फबाट उपाध्यक्षका उम्मेदवार नरेन्द्र साउँद र वडाध्यक्षका उम्मेदवार भरतराम पार्की विरुद्ध उजुरी परेको छ।
पञ्चेश्वर गाउँपालिकामा–६ का वडाध्यक्षका उम्मेदवार रामसिंह पुजारा र बलबहादुर भण्डारी विरुद्ध उजुरी परेको निर्वाचन अधिकृत धर्मानन्द जोशीले बताए। पुजाराविरुद्ध पेश्की फच्र्याैट नगरेको भनेर उजुरी परेको र भण्डारीविरुद्ध फौजदारी अभियोगमा सजाय भोगेको भनेर उजुरी परेको जोशीले बताए। दुवै जनाविरुद्ध एकअर्काले उजुरी दिएका हुन्। उम्मेदवारविरुद्ध परेका उजुरीका विषयमा बिहीबारसम्म छानबीन भइसक्ने मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताए।