वीरेन्द्रनगर नगरपालिका सुर्खेतका नगर प्रमुख देवकुमार सुवेदीले आफू विजयी भएर आएयता पाँच वर्षमा सेवासुविधा बापत भएको तलबभत्ताले अक्षयकोष स्थापना गरेका छन्। नगर प्रमुख सुवेदीले आफ्नो तलबभत्ता ‘रवि–जगत फाउन्डेशन’ नाममा अक्षयकोष स्थापना गरेर सामाजिक कार्यमा खर्च गर्न लागेका हुन्।
तलबभत्ता वापत पाँच वर्षमा पाएको सेवा सुविधाअन्र्तगत १३ लाख ५० हजार रुपैयाँ अक्षयकोषमा जम्मा गरेका हुन्। ‘आफूले पाएको सवै सेवा सुविधा अक्षयकोष स्थापना गरेर जम्मा गरेको छु।’ नगर प्रमुख सुवेदीले भने, अक्षयकोषमा जम्मा भएको रकमको ब्याजबाट सामाजिक सेवा लगायतका कामहरुमा खर्च हुनेछ।’ अक्षयकोषले अति विपन्न, महिला र बालबालिका तथा विद्यार्थीहरुको प्रोत्साहनका कार्यक्रममा आर्थिक सहयोग, सामाजिक सेवा, पर्यावरण संरक्षण लगायतका कार्यमा सहयोग र पैरवी गर्ने कार्ययोजना रहेको छ।
नगर प्रमुख सुवेदीका अनुसार गैरराजनीतिक मुनाफारहित जनहितकारी काममा फाउन्डेशन रहेको र गरिब, अपाङ्गता भएका, बेसहारा, महिला, दलित, जनजाती तथा पिछडिएको वर्ग र क्षेत्रका बालबालिकाहरुलाई सीपमुलक तालिम, प्राविधिक शिक्षा प्रदान गर्ने, आदिवासी जनजाती समुदायको हकहित, र वातावरण संरक्षण र प्रर्वधन गर्ने उद्देश्य फाउन्डेशन लिएको छ।
स्वच्छ छवि बनाएका सुवेदीले नगर प्रमुख भएयता जनताको हित, चाहनाअनुसार विकास गतिविधि गर्दै आएका छन्। २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगरबाट नगर प्रमुखमा सुवेदी विजयी भएका थिए।