घोराही उपमहानगरपालिकाको नेतृत्व कांग्रेसले पाउने सम्भावना कम देखिएपछि कांग्रेस घोराही नगरसमितिले मंगलबार पत्रकार सम्मेलन गर्यो। गत स्थानीय तहको निर्वाचनमा प्राप्त मत परिणाम र अहिलेको पार्टीको ‘स्थिती’ लाई मध्यनजर गर्दै उपमहानगरको नेतृत्व दिलाउनु पर्ने जोड कांग्रेस नगर समितिको थियो। पत्रकार सम्मेलनमा बोल्दै नगरसभापति तिलक रावतले कांग्रेसले बाहेक गठबन्धनका अन्य दलहरुले नेतृत्वको उम्मेदवारी पाए यो उपमहानगरमा गठबन्धनको हार निश्चित प्रायः रहेको बताए।
उनले भने, ‘यो उपमहानगरको नेतृत्व कांग्रेसले नै पाउनुपर्छ, कांग्रेस बाहेक गठबन्धनका अरु जुनसुकै दलहरुले पाए गठबन्धनले हार्न सक्ने सम्भावना अधिक रहन्छ।’ यो उपमहानगरमा माओवादी केन्द्रले नेतृत्व पाउनुपर्ने अडान गठबन्धन समक्ष राखिरहेको छ। कांग्रेसले पनि जिल्लाका दुई उपमहानगर मध्य एउटामा आफ्नो नेतृत्व कसरी प्राप्त गर्ने भन्नेमा छ। जिल्लामा रहेका दुई उपमहानगर घोराहीमा माओवादीले र तुलसीपुर उपमहानगरमा नेकपा एकीकृत समाजवादीले दाबी गरिरहेको छ। दुई उपमहानगरमै आफ्नो दाबी गर्दै आएको कांग्रेसले एउटा उपमहानगरमा दाबी छोडेर एउटामा नेतृत्वका लागि गठबन्धन समक्ष लबिङ गरिरहेको कांग्रेसका एक केन्द्रीय सदस्यले नागरिकलाई जानकारी दिए।
कांग्रेसले घोराही उपमहानगर माओवादीलाई दिन सकिने र तुलसीपुर उपमहानगरमा नेतृत्व लिने गरि कसरत थालेको ति केन्द्रीय सदस्यले जानकारी दिए। ‘अहिले दुई उपमहानगरपालिका मध्य एउटामा कसरी आफूले नेतृत्व लिने भन्ने सम्बधमा कसरत भैरहेको छ,’ ति केन्द्रीय सदस्यले भने, ‘तुलसीपुरमा हामीले लिने र घोराही माओवादीलाई दिन सकिने भन्नेमा छलफल भैरहेको छ।’ तुलसीपुरको नेतृत्व आफूले पाए त्यहाँ दाबी गरिरहेको नेकपा एकीकृत समाजवादीलाई जिल्लाकै गढवा गाउँपालिकाको नेतृत्व दिन सकिने गरि गठबन्धन भित्र कांग्रेसले लबिङ गरिरहेको ति केन्द्रीय सदस्यले जानकारी दिए।
तर, चुनावी तालमेलको पुरानो मापदण्डलाई आधार मान्ने हो भने घोराही उपमहानगरमा स्वतः कांग्रेसले नै उम्मेदवारी पाउनु पर्ने हुन्छ। गत स्थानीय तहको निर्वाचन र अहिलेको पार्टीको पोजिशनलाई आधार बनाएर भागवण्डा गर्नुपर्ने गठबन्धनको मापदण्ड हो। यो मापदण्ड अनुसार अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि माओवादी भन्दा कांग्रेस ठूलो बनेको थियो। उक्त निर्वाचनमा १७ हजार ९ सय ३ मत प्राप्त गर्दै कांग्रेस दोस्रो बन्दा झण्डै ६ हजार कम १२ हजार ८२ मत प्राप्त गर्दै माओवादी तेस्रो बनेको थियो।
यस्तै कम्युनिष्ट पार्टीमा आएको फूट कांग्रेसका लागि अहिले चुनावमा जीत हासिल गर्ने अवसर बनिदिएको चर्चा चलिरहेकै छ। यता अघिल्लो निर्वाचनमा कांग्रेस भन्दा झण्डै ६ हजार मत प्राप्त गरेको माओवादी केन्द्र आँफैमा कमजोर बनेको छ। जिल्ला तहका ठूला नेताहरुले पार्टी परित्याग गरेको माओवादीलाई थप संकट परेको छ।
माओवादी प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव तथा माओवादी केन्द्र घोराही नगर समिति संयोजक प्रमोद शर्माले केही दिनअघि पार्टी परित्याग गरे। सोमबार मात्रै माओवादीका जिल्ला ईन्चार्ज, केन्द्रीय सदस्य जीवन गौतमले पनि पार्टी परित्याग गरिदिए। जीवन अघिल्लो स्थानीय तहको निर्वाचनमा मेयरका उम्मेदवार थिए।
माओवादी भित्रको चरम षडयन्त्रकारी राजनीतिका कारण आफूले पार्टी परित्याग गरेको बताएका जीवन जिल्ला तहको माओवादी राजनीतिमा राम्रो प्रभाव राखेका नेता हुन्। ‘माओवादी गैर कम्युनिष्ट पार्टी हो भन्ने मलाई लामो समय देखि लाग्दै आईरहेको थियो,’ गौतमले पार्टी परित्याग गर्ने क्रममा पत्रकारहरुसंग भनेका थिए, ‘पार्टी भित्रको चरम षडयन्त्रकारी भूमिकाले मलाई थप आजित बनायो र म यो पार्टी परित्याग गर्ने निर्णयमा पुगेँ।’
घोराही नगर समितिका संयोजक र जिल्ला पार्टी ईन्चार्जलेनै पार्टी परित्याग गरेपछि माओवादीको शक्तिमा ठूलो बिचलन स्वाभाविकै रुपमा आएको छ। अतः यसले माओवादीलाई थप कमजोर बनाएको छ नै। अघिल्लो निर्वाचनको मत परिणाम र अहिलेको माओवादीको कमजोर अवस्थालाई मध्यनजर गरेको कांग्रेसले त्यही कमजोर माओवादीलाई कसरी नेतृत्व हस्तान्तरण गर्ने भन्ने नैतिक संकटमा उभिएको छ।
‘पहिलेको माओवादी शक्ति र अहिले झन खस्कीएको माओवादीलाई कसरी मजबुत कांग्रेसले बोकेर हिँड्ने भन्ने प्रश्न हाम्रो हो,’ जिल्लाका एक कांग्रेस नेताले भने ‘यसर्थ हाम्रो पार्टीका केन्द्रीय नेताहरुले यो उपमहानगरमा यती गम्भिर गल्ती नगरुन् भन्ने हाम्रो चिन्तन हो।’
देशभरका दुई उपमहानगरमा आफ्नो नेतृत्व दाबी गरिरहेको माओवादीले भने यो उपमहानगरलाई उच्च प्राथमिकतामा राखेको छ। जसरी पनि यो उपमहानगरको नेतृत्व आफूले पाउनु पर्ने माओवादीको दाबीको प्रमुख कारण माओवादी प्रवक्ता कृष्णबहादुर महरा हुन्। यो उनको चुनावी क्षेत्रको उपमहानगर हो।
माओवादी स्रोतका अनुसार आफ्नो चुनावी क्षेत्रमा गठबन्धनको सहारामा महराले पुनःआफ्नो बर्चश्य कायम राख्ने दाउमा छन् र घोराही केन्द्रीत लबिङमा एकोहोरो बनेर लागेका छन्। आफ्नो चुनावी क्षेत्र दाङ २ को उपमहानगरमा अहिले आफ्नो नेतृत्व आए आफ्नो स्थान सुरक्षित हुन सक्ने सम्भावना देखि महरा अनभिज्ञ छैनन्। त्यसो त, स्थानीय तहको निर्वाचनले नै उपल्ला निर्वाचनहरुमा ठूलो प्रभाव राख्छन्। ‘स्थानीय तह भनेको आम सर्वसाधारण नागरिकहरुसंगको पहुँचमा रहने सरकार हुन्,’ महेन्द्र बहुमुखी क्याम्पसका राजनीति शास्त्रका प्राध्यापक सुदीप गौतम भन्छन्, ‘यसर्थ स्थानीय तहमा रहने नेतृत्वले उपल्ला निर्वाचनमा ठूलो प्रभाव पार्छ।’
यता जिल्ला तहका माओवादी नेताहरुले पनि दाङका दुई उपमहानगर मध्य गठबन्धनको दोस्रो ठूलो दलका हैसियतले एउटामा आफ्नो नेतृत्व रहनु पर्ने गरि केन्द्रमा लबिङ गरिरहेका छन्। माओवादी केन्द्रका जिल्ला संयोजक सुबास पुनले भने ‘स्वाभाविकै रुपमा गठबन्धनको दोस्रो ठूलो दलको हैसियतले माओवादीले एउटा उपमहानगरमा नेतृत्व पाउनु पर्छ भन्ने हो, हामीहरुले पार्टी केन्द्रलाई पनि सुझाव दिएका छौँ।’
सिंगो क्षेत्र नै माओवादीलाई समर्पण?
घोराही उपमहानगरपालिकाको नेतृत्व माओवादीले पाए जिल्लाको सिंगो क्षेत्र नम्बर २ माओवादीको पकडमा जाने छ। यो क्षेत्रमा २ स्थानीय तह हुन्। एउटा घोराही उपमहानगर र अर्को बंगलाचुली गाउँपालिका। यो क्षेत्रमा रहेको बंगलाचुली गाउँपालिकाको नेतृत्व त झन् स्वतः माओवादीलेनै पाउने छ। यो गाउँपालिकामा अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादीले जितेको थियो।
पहिले जितेको स्थथानीय तहमा स्वतः उसैको नेतृत्व रहने गठबन्धनको मापदण्ड अनुसार यो गाउँपालिकाको नेतृत्व स्वतः माओवादीले पाउने निश्चित रहन्छ। यो अवस्थामा घोराहीको नेतृत्व पनि माओवादीले नै पाए कांग्रेस क्षेत्र नम्बर २ मा फेरी स्थानीय तहमा नेतृत्व बिहिनताको अवस्थामा रहने छ। यसअघिको निर्वाचनमा पनि कांग्रेस यो क्षेत्रमा स्थानीय तहमा नेतृत्व बिहिनताकै अवस्थामा थियो। फलतः क्षेत्रका दुई वटै स्थानीय तहमा माओवादीलाई दिन नमिल्ने अडान जिल्ला तहका कांग्रेस नेताहरुले लिईरहेका छन्।
घोराही कांग्रेसलाई अन्यथा मैत्रीपूर्ण प्रतिष्पर्धा: कांग्रेस
तुलसीपुर सहित घोराही उपमहानगरपालिकामा आफ्नो जनमत बलियो रहेको भन्दै दाङ कांग्रेस क्षेत्र नम्बर २ ले घोराही उपमहानगरमा कांग्रेसले नेतृत्व पाउनु पर्ने निष्कर्ष निकालेको छ। गठबन्धनको मापदण्ड क्रम संख्या ४ मा उल्लेख भए अनुसार गठबन्धनमा रहेका दलहरुले प्रमुख पदमा पाएको मतलाई आधार मान्ने भनिए बमोजिम तालमेल गर्नुपर्ने निर्णय क्षेत्रीय समितिले गरेको क्षेत्रीय सचिव आरके सितलले जानकारी दिए। यो अवस्थामा घोराहीमा पनि कांग्रेसको नेतृत्व स्वतः रहनु पर्ने भन्दै कांग्रेसले यसो नभएमा मैत्रीपूर्ण प्रतिष्पर्धा गरेर अघि बढ्ने निर्णय पनि बैठकले गरेको छ।