स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा अन्य जिल्लामा जस्तै रोल्पामा पनि चुनावी सरगर्मी बढेको छ। माओवादीको आधार ईलाका भनेर चिनिएको यहाँ यतिबेला गठबन्धनको चटारो छ। कुनै समय दुई निर्वाचन क्षेत्र जितेको कांग्रेस आफ्नो बिरासत फर्काउने धुनमा छ भने माओवादी २०६४ सालताकाको अवस्था जोगाउने आशमा छ।
गएको स्थानीय तह निर्वाचनमा ३ तह गुमाएको माओवादी कमजोर रहेको भन्दै रोल्पा कांग्रेसले गठबन्धनका लागि आफ्नो बटमलाईन तोकेको हो। पटक पटकका संयुक्त बैठकमा कांग्रेसले ५ तहमा प्रमुख र ५ तहमा उपप्रमुखको दाबी गरेको छ। गत ३० गते बिज्ञप्ती जारी गर्दै रोल्पा कांग्रेसले ७२ मध्य ३६ वडाध्यक्ष र बाँकी वडामा ३ सदस्यको दाबी गरेको हो।
सबै तहमा चलाएको ‘घर–घर जाऔं काँग्रेस जिताऔं’ एक महिने अभियान र कार्यकर्ता मार्फत् मत सर्वेक्षण गरिएको आधारमा आफू बलियो भएको कांग्रेसको धारणा छ। यदि बटमलाईनभन्दा तलमाथि गर्नुपर्ने हो भने मित्रबत रुपमा सौहार्दताका साथ निर्वाचनमा भाग लिन कार्यकर्तालाई तयारी गर्न समेत भनिएको छ। अघिल्लो निर्वाचनमा पार्टीको अवस्था र नतिजाबारे गम्भीर समीक्षा समेत गरेर गठबन्धनमा जानुपरे उचित कदर पाउनुपर्ने माग कांग्रेसले दोहोर्याएको हो।
एक्लै चुनावमा गए पनि आफ्नो अवस्था बलियो भएको भन्दै कांग्रेसका रोल्पा सभापति किशोरकुमार आचार्यले यो भन्दा कम्प्रोमाईज गर्ने गरी फेरि मिटिङ छलफलको तुक नभएको बताए। ‘माओवादीले दम्भ देखाउन थाल्यो भने एक्ला एक्लै चुनावमा जाने हो। एक्लै भए पनि कम्तीमा ५ स्थानीय तह हामि जित्छौ,’ उनले भने।
यस्तै, कांग्रेसका जिल्ला स्तरीय एक नेता भन्छन्, ‘बाहिरबाट कल्पना गरेजस्तो रोल्पामा अब माओवादी बलियो छैन।’
विप्लव नेतृत्वको नेकपाले स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेपछि रोल्पामा माओवादीलाई निर्वाचनमा एक्लै जान असहज भएको जानकारहरु बताउँछन्। ‘हिजो संगै युद्ध लडेकाहरु दुईधार बनेर निर्वाचनमा आए भने दुई/तीनवटा बाहेक सबै तहमा माओवादीलाई चुनाव जित्न सकस पर्नेछ,’ माओवादीकै जिल्ला स्तरिय एक नेता भन्छन्, ‘यतिबेला रोल्पामा कांग्रेसलाई भन्दा माओवादीलाई गठबन्धनको आवश्यक छ।’
माओवादी नेता बर्षमान पुन, कृष्णबहादुर महरा, ओनसरी घर्ती, लुम्बिनी प्रदेश मुख्य मन्त्री कुलप्रसाद केसीको गृह जिल्लामा कांग्रेसले गठबन्धनका लागि सर्त तेर्साएपछि सकस चुलिएको हो। गएको निर्वाचनमा एक तह कांग्रेसले जितेको रोल्पामा सात तह माओवादीले जितेको थियो भने दुई स्थानीय तह एमालेले जितेको थियो।