स्थानीय निर्वाचन: दाङमा महरा र पोख्रेलबीच प्रतिष्ठाको लडाईँ
२९ चैत्र २०७८
•
५ मिनेट पाठ
स्थानीय निर्वाचन: दाङमा महरा र पोख्रेलबीच प्रतिष्ठाको लडाईँ
अघिल्लो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी र एमालेबीच तालमेल गरेर जाने सहमति भएपछि माओवादीका कृष्णबहादुर महरा र एमालेका शंकर पोख्रेलबीच प्रतिनिधिसभा सदस्य बन्ने प्रतिष्पर्धा चल्यो। महरा रोल्पाबाट ‘आयातित’ नेता भएका कारण उनलाई प्रतिनिधिसभाको उम्मेदवार बनाईन नहुने तर्क शंकरको थियो।  




त्यसो त, उनीहरुले दुबैले दाबी गरेको निर्वाचन क्षेत्र नम्बर २ मा माओवादी भन्दा एमालेको सांगठनिक अवस्था बलियो रहेका कारण पनि यो क्षेत्रबाट एमालेले उँचो संसदमा आफ्नो प्रतिनिधित्व खोजिरहेको थियो। तर, माओवादीको दोस्रो तहका नेता महराले प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा हार मान्ने कुरै थिएन, उनी प्रतिनिधिसभा सदस्यको उम्मेदवार बने र शंकर प्रदेशसभा सदस्यको। त्यो चुनावमा एक अर्काका सहयोगी बनेर प्रतिनिधिसभा क्षेत्र र प्रदेश क्षेत्र २ (क) मा बाजी मारेका महरा र शंकर अहिले भने एक अर्काका मुख्य प्रतिष्पर्धी बनेका छन्।  

यो लडाईँ भनेको उनीहरुबीचको बिरासतको लडाईँ हो। उनीहरुको यो लडाईँ आगामी स्थानीय तह देखिनै प्रारम्भ हुने निश्चित छ। कारण जिल्लाको घोराही उपमहानगरपालिका उनीहरु दुबैको चुनावी क्षेत्रको स्थानीय तह हो। घोराही उपमहानगरमा आफ्नो बिरासत कायम राख्न सक्ने आफ्नो राजनीतिक प्रभाव बढ्ने आँकलनबाट उनीहरु टाढा छैनन्।  

अघिल्लो प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित महरा प्रतिनिधिसभाको सभामुख बने। तर उनको सभामुखको कार्यकाल दुखद रह्यो। आफ्नै सचिवालयको एक महिला कर्मचारी माथि यौन दुराचार गरेको भन्दै उनी माथि लागेको मुद्धाले महराको सभामुखको पद मात्रै गएन, उनको राजनीतिक कदममै ठूलो ‘ब्रेक’ लाग्यो। भलै उनी उक्त मुद्धामा निर्दोष करार भैसकेका छन्।  

तथापी उनी माथि लागेको आरोपले उनलाई राजनीतिक पृष्ठभुमीमा पहिले जस्तो खुल्न नसकेको आँकलन गरिन्छ। यसर्थ उनको राजनीतिक करिअर नै ध्वस्त बन्ने भन्दै गरिएको आँकलनलाई फेल खुवाउने अवसर अहिले महराका लागि छ। यसर्थ पुनः प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएर आफ्नो पुरानो राजनीतिक ‘साख’ लाई फर्काउने अवसर उनका लागि अहिलेको सत्तापक्षीय गठबन्धन बनिदिएको छ।  

प्रतिनिधिसभा निर्वाचनमा आफ्नो जीतका लागि उनको निर्वाचन क्षेत्रको घोराही उपमहानगरको जीतको श्रेय लिनु महराका लागि अनिवार्य छ। यसर्थ गठबन्धनका तर्फका उम्मेदवारलाई निर्वाचित बनाउने दायित्व महराका लागि बढि छ। त्यसोत, स्थानीय तहको जीतले उपल्लो तहको निर्वाचनमा सकारात्मक प्रभाव पार्छ नै। स्थानीय तहका प्रतिनिधि आममतदातासंग निकटस्थ रहेर काम गर्ने भएकाले त्यसको प्रभाव स्वाभाविकै रुपमा उपल्ला निर्वाचनहरुमा देखिन्छ। 

‘स्थानीय तहका जनप्रतिनिधिहरु स्थानीय स्तरका मतदाताहरुसंग निकट रहेर काम गरिरहेका हुन्छन्,’ घोराही स्थित महेन्द्र बहुमुखी क्याम्पसका राजनीति शास्त्रका प्राध्यापक सुदीप गौतम भन्छन् ‘यसर्थ ती जनप्रतिनिधिहरुको निकटस्थताका कारण उपल्लो निर्वाचनमा सकारात्मक प्रभाव पर्छ, अतः स्थानीय तहका जनप्रतिनिधिहरुको भुमिकाले उपल्लो निर्वाचनमा प्रभाव पार्ने हो।’  

यसका निम्ती महरालाई आफ्नो निर्वाचन क्षेत्रको स्थानीय तहमा आफू र आफ्नो पार्टी अनुकुलको उम्मेदवारलाई  जिताउनै पर्ने दबाब छ। फलतः अहिले महरा यो उपमहानगरमा गठबन्धनका तर्फबाट आफ्नै दलका उम्मेदवार चयन गर्ने दौडमा सकृय बनेको माओवादी स्रोत बताउँछ। यो उपमहानगरमा माओवादीबाट जीवन गौतम र कांग्रेसबाट भुपबहादुर डाँगी मध्य एकजना मेयरको उम्मेदवार बन्न सक्ने सम्भावना छ। यी दुबै अघिल्लो पटक यही उपमहानगरमा पराजित भएका थिए। यता अघिल्लो प्रदेशसभा निर्वाचनबाट बिजयी भई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको बागडोर सम्हालेका शंकर पोख्रेललाइ आफ्नो बिरासत कायम गर्ने चुनौती झनै पेचिलो बनेको छ। 

नेकपा बिभाजन पश्चात प्रदेशमा अल्पमतमा परेर मुख्यमन्त्री पदबाट राजीनामा दिन बाध्य पोख्रेल अहिले प्रदेशको सामान्य सांसदको हैसियतमा मात्रै छन्। त्यसोत, पार्टीको महासविचको जिम्मेवारीमा रहेका पोख्रेल जनमतबाट पनि पुनः अनुमोदन हुन चाहन्छन्। अनि आफ्नो त्यही अनुमोदनका लागि उनलाई पनि घोराही उपमहानगरमा बिरासत कायम राख्नै पर्ने चुनौती छ। पोख्रेल यो उपमहानगरमा यसअघी निर्वाचित बहालवाला मेयर नरुलाल चौधरीलाई जसरी पनि दोहोर्याउन चाहिरहेका छन्।  

यो प्रतिष्पर्धा महरा र पोख्रेलका लागि जनमतबाट आफ्नो अनुमोदनका लागि मात्रै पनि हैन। जिल्लाको हेभिवेट नेता को बन्ने भन्ने प्रतिष्पर्धा हो। खुमबहादुर खड्काको एकल बोलबाला रहेको दाङमा उनको निधन भएपछि केन्द्रीय तहमा प्रभाव राख्न सक्ने कांग्रेसका शक्तिशाली जिल्ला नेताहरु छैनन्। खड्काको निधन भएपछि जिल्लाबाट केन्द्रमा प्रभाव राख्न सक्ने नेताका रुपमा एमालेका शंकर पोख्रेल रहे। तर माओवादीका नेता महरा पनि रोल्पाबाट यसै जिल्लामा झरेपछि जिल्लाको हेभिवेट नेता बन्ने प्रतिष्पर्धा महरा र पोख्रेलका बीचमा चलेको छ। त्यसोत, यसअघिकै प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा उनीहरुबीच चलेको टिकटको प्रतिष्पर्धाको एउटा कारण पनि हेभिवेटको रेस थियो।  

यस्तो छ पुरानो अंकगणित  

यो उपमहानगरमा अघिल्लो स्थानीय तहको निर्वाचनमा कुल ७७ हजार ४ सय ४९ मतदाता मध्य एमालेले २२ हजार ३० मत प्राप्त गर्दै जीत हात पारेको थियो। कांग्रेस १७ हजार ९ सय ३ मत प्राप्त गर्दै दोस्रो बनेको थियो भने तेस्रो स्थानमा रहेको माओवादीले १२ हजार ८२ मत प्राप्त गरेको थियो।  गठबन्धनमा सामेल भएका कांग्रेस र माओवादीको त्यो बेलाको कुल मत जोड्दा २९ हजार ९ सय ८५ अर्थात एमाले भन्दा ७ हजार ९ सय ५५ बढि हुन्छ। 

पहिलेको चुनावी अंकगणितलाई हेर्ने हो भने कमजोर अवस्थामा देखिने एमालेले अहिले थपिएको मत कति सम्म आफ्नो पोल्टामा पार्न सक्छ भन्ने हो। अघिल्लो निर्वाचन भन्दा अहिले यो उपमहानगरमा ३५ हजार ४ सय ७८ मतदाता थपिएका छन्। अहिले यो उपमहानगरमा कुल मतदाता संख्या १ लाख १२ हजार ९ सय २७ रहेको छ। एमालेलाई चुनाव जित्नका लागि अघिल्लो पटक थपिएको ३५ हजार ४ सय ८५ मतदाता मध्य ५० प्रतिसत भन्दा पनि बढि मत एक्लै प्राप्त गर्नुपर्ने हुन्छ।
अर्को समाचार
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
१ घण्टा अघि
•
१ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै सबैभन्दा ठूलो चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।




शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।

उनले अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ।

चितवन उद्योग सङ्घका अनुसार उद्योग स्थापनाका लागि इच्छुक उद्योगीले विगत आठ वर्षदेखि सङ्घको सचिवालयमा जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्।

सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।

यस्तै, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरे। उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए।

प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कामलाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए।

भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत लम्सालले व्यक्त गरे।

औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।

चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।

देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ।

शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धन भई जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
यो पनि पढौँ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस