गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तहमा गठबन्धन गर्ने कांग्रेसको बाचा पुरा गर्नुपर्ने बताएका छन्। वर्तमान गठबन्धन तीनै तहको निर्वाचनसम्म कायम रहने बताउँदै सत्ताको नेतृत्वमा कांग्रेसलाई साथ दिने दललाई बेइमानी नगरिने बताए।
अघिल्लो सरकारले लगातार संविधानमाथि नै आक्रमण गरेपछि संविधानको रक्षाका लागि अप्ठेरो अवस्थामा बनेको बाम–लोकतान्त्रिक गठबन्धनका बारेमा अनावश्यक आशंका ब्यक्त गर्न नहुने बताए।
म्याग्दी सदरमुकाम बेनीमा शुक्रबारदेखि सुरु भएको नेपाल छन्त्याल संघको ७ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनका लागि आएका गृहमन्त्री खाँडले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले सिद्धान्त नमिलेपनि संविधान र लोकतन्त्रको पक्षमा रहेका शक्तीसँग विगत लामो समयदेखि नै सहकार्य गरेको बताए।
उनले स्वर्गिय गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष प्रचण्डले हस्ताक्षर गरी शान्ति प्रक्रिया सुरु भएको बताउँदै माओवादीसँगको सहकार्य सिद्धान्तसँग तुलना गर्न नमिल्ने बताए। ‘बाम शक्ती मिल्दा हामी संसदमा एक तिहाई पनि थिएनौ,‘अहिले बाम शक्तीकै साथमा सत्ताको नेतृत्व गरेका छौ’ गृहमन्त्री खाँणले भने। सरकार बचाउन मात्र नभई मुलुकको दीर्घकालीन शान्तिका लागि भएको बताएका छन्। उनले ‘खोलो तर्यो लौरो बिस्र्यो’ भनेजस्तै गर्न नहुने बताए।
गृहमन्त्री खाँणले सत्ता गठबन्धनको चुनावी तालमेललाई केवल दलीय स्वार्थको रुपमा लिन नहुने बताए। सत्तागठबन्धमा रहेका दलहरूले हरेक परिवर्तनपछि जनआस्था र जनचाहनाको सम्मान गर्ने गरेको बताए।
नेपाली कांग्रेस म्याग्दीको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले गठबन्धनको इतिहास लामो रहेको भन्दै केही उदाहरण प्रस्तुत गदैं गृहमन्त्री खाँडले सत्ता गठबन्धन कायम राख्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताए।
उनले अहिलेपनि सत्ता गठबन्धनमा रहेका केही दलएमालेसँग तालमेल वा गठबन्धनको प्रयासमा रहेको बताउँदै कांग्रेसले इमान्दारिताका साथ सहकार्य गर्ने प्रतिबद्धता समेत जनाए। उनले कांग्रेस गठबन्धन जोगाउने पक्षमा रहेकाले भत्काउने भूमिकामा नखेल्न समेत अनुरोध गरेका छन्।
शुक्रबार म्याग्दीको अति विकट धवलागिरी गाउँपालिका–१ गूर्जामा पुगेका गृहमन्त्री खाँणलले दुर्गम भत्ता र सुविधासँगै विकास निर्माणमा समेत प्राथमिकता दिने बताएका छन्।