एक्ला कुसुण्डा जनप्रतिनिधि भन्छन्: ५ वर्षदेखि लज्जित छु
२५ चैत्र २०७८
•
६ मिनेट पाठ
एक्ला कुसुण्डा जनप्रतिनिधि भन्छन्: ५ वर्षदेखि लज्जित छु
२०७४ साउनमा घोराही उपमहानगरको कार्यपालिका सदस्य चुनिँदा अति लोपोन्मुख कुसुण्डा समुदायका धनबहादुर कुसुण्डाले देशभरी रहेका १ सय ५४ कुसुण्डा समुदायका परिवारको एकीकृत बस्ती निर्माणको संकल्प गरेका थिए। यो समुदायका १ सय ५४ परिवारले आफ्नो समुदायका सबै नागरिकहरु एकै थलोमा बस्न पाउनु पर्ने माग गर्न थालेको लामो समय भैसकेको छ।




धनबहादुर कुसुण्डा समुदायको संस्था नेपाल कुसुण्डा विकास समाजको केन्द्रीय अध्यक्ष भएकाले उनलाई एकैथलोमा आफ्ना समुदायका नागरिकको एकीकृत बसाई व्यवस्थापनका लागि दबाब झेल्दै आए।  

आफू जनप्रतिनिधि चुनिएपछि उनले धेरै सहज देखे पनि। कुसुण्डा समुदायबाट स्थानीय सरकारमा पहिलोपटक प्रतिनिधित्व गरेका धनबहादुरको योजना थियो, ‘स्थानीय सरकार मार्फत जग्गा व्यवस्थापन गरेर जसरी पनि कुसुण्डा समुदायका सबै नागरिकहरुलाई एकै थलोमा बस्ने वातावरण निर्माण गर्ने।’  

तर अहिले उनी भन्छन्, ‘हामी त नगर कार्यपालिकाको बैठकमा सहभागी हुने र निर्णयकपीमा हस्ताक्षर गर्ने मात्रै भयौँ।’ उनले आफ्नो मूल एजेण्डालाई कार्यपालिका बैठकमा पटकपटक प्रस्ताव राखे पनि। तर नगर प्रमुखहरुले उनलाई जवाफ दिए, ‘तपाईहरुको अधिकार योजना बनाउने हैन, काार्यपालिका बैठकमा सहभागी हुने मात्रै हो।’

धनबहादुरले योजना छनौट गर्ने जनप्रतिनिधि आफूहरु नरहेको बुझे। तर उनले आफ्नो समुदायका लागि गरेको बाचाले उनलाई नै अहिले पिरोलिरहेको छ। ‘हाम्रो समुदायको एकीकृत बस्ती निर्माण र सामुदायिक भवन जसरी पनि बनाउँछु भन्ने बाचा गरेर जनप्रतिनिधि बनेको थिएँ,’ धनबहादुरले भने, ‘तर हामीलाई त योजना छनौट गर्ने अधिकार नै नहुँदो रहेछ, त्यो बेला थाहै भएन अहिले किन बाचा गरियो होला भन्ने पश्चाताप भैरहेको छ।’ घोराही १८ मा रहेको कुसुण्डा बस्तीमा कुसुण्डा समुदायकै लागि भनेर सामुदायिक भवन निर्माण गर्ने उनको अर्को योजना थियो। तर आफ्नै समुदायका नागरिकलाई आफ्नो कुनै पनि अधिकार नरहने र केही काम गर्न नसक्ने भनेर उनले क्षमा माग्दै आए। ‘जनप्रतिनिधि बनेर जसरी नागरिकको सेवामा खटिन्छु भन्ने सोचेको थिएँ, तर ५ वर्षदेखि साह्रै लज्जित छु, साह्रै दुःख लाग्छ,’ उनले भने।  

आफ्नो समुदायको हीतका निम्ती केही गर्ने दृढ संकल्प संगै जनप्रतिनिधि बनेर अन्य नागरिकको सेवामा खटिने अभिलाषा धनबहादुरको थियो। तर उनले त्यो मौका पाएनन्। उनले हरेक नगर कार्यपालिका बैठकमा विकासे एजेण्डासंगै नागरिकका आधारभूत आवश्यक्ताका बिषयहरु पेश गरिरहे। तर उनका कुनै पनि योजना उपमहानगरको सूचीमा परेनन्। ‘म त जनप्रतिनिधि भएपछि सबै नागरिकका लागि केही गर्छु भन्ने लाग्नु स्वाभाविकै थियो नि,’ उनले भने, ‘मैले प्रत्येक कार्यपालिका बैठकमा कुनै न कुनै योजना सुनाईरहे, तर अहिलेसम्म एउटा पनि पास भएन, त्यो बेला मलाई उही कुरा तपाईको अधिकार भित्र पर्दैन, चुप्प लागेर बैठकमा सहभागी हुने मात्रै हो।’  

जनप्रतिनिधिको ५ वर्षको अवधि धनबहादुरले गुजारी सके। यो अवधिको उनको भोगाईले एउटै कुरा बुझ्यो ‘स्थानीय तहमा पार्टीगत सोच हाबी छ।’ हुन त उनी पनि एमालेकै कार्यकर्ता भएका कारण अल्पसंख्यक कोटाबाट नगरकार्यपालिका सदस्य मनोनित भएका थिए। यो उपमहानगरमा प्रमुख र उपप्रमुख दुबै एमालेबाट निर्वाचित हुन्।  

पार्टीगत लाईनभन्दा पनि नजिककालाई मात्रै प्राथमिकता दिने उपमहानगरको नेतृत्वको सोचका कारण धनबहादुरले पार्टी प्रति नै बितृष्णा जाग्यो। अनि उनले पार्टी नै बदले। अहिले उनी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। उनले राजनीतिक दल परिवर्तन गरेपछि झन् उनी कार्यपालिका बैठकमा भूमिकाविहीनताकै अवस्थामा पुगे। ‘म नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेपछि मलाई हेर्ने नजरनै फेरियो, उनीहरु मसंग रिसाएका छन्,’ धनबहादुरले भने, ‘तर म एमालेकै कार्यकर्ता हुँदा पनि मलाई गरिएको व्यवहारले दुःखी भएर एमाले छोडेको हुँ।’  

५ वर्षसम्म ‘कोरम’ पुर्याउने जनप्रतिनिधि बनेर मात्रै गुजारेका धनबहादुरलाई निर्णयकपीमा हस्ताक्षर गरेर मात्रै लिनु परेको सुविधाले उनलाई थकथकी लगाईरहेको छ। कार्यपालिका बैठकमा सहभागी भए वापत र निर्णयमा हस्ताक्षर गरेवापत उनले मासिक २० हजार रुपैयाँ सुविधा पाउँदै आएका छन्। बिभिन्न सुविधा शिर्षकमा मासिक रुपमा आउने २० हजार रुपैयाँले मनलाई शान्ति नदिएको उनको भनाइ छ। ‘मैले केही कामै गरेन, कार्यपालिका बैठकमा सहभागी भएर ताली बजाएर मात्रै २० हजार रुपैयाँ मासिक पाउँदै आएँ, यो बेकार लाग्यो,’ उनले भने, ‘सबैले सुविधा लिँदा मात्रै मैले पनि लिन करै लाग्यो, तर म बैठकमा सहभागी हुँदैमा मैले त्यो सुविधा किन पाउने? मैले यो प्रश्न आफैलाई सोधिरहेँ।’  

उपमहानगरका तीन विभिन्न समितिमा सदस्यका रुपमा पनि उनी बसे। तर भूमिका भने उस्तै शून्य। तीन समिति मध्य स्रोत अनुमान समितिको सदस्य बन्दाको अज्ञानता उनले सुनाए, ‘मलाई स्रोत अनुमानको केही थाहै छैन, त्यस्तो समितिमा हालिदिए, अनि कर्मचारीले स्रोत अनुमानका कागजहरु ल्याएर आउँछन् सदस्य भएकाले मैले सही ठोकिदिन्छु।’  

वडा अध्यक्षदेखि वडा सदस्यहरु आमनागरिकसंग निकट बने। तर नगर कार्यपालिका सदस्य धनबहादुर भने ती नागरिकसंग नजिक हुनै पाएनन्। अधिकारविहीन जनप्रतिनिधिका रुपमा उपमहानगरको नेतृत्वले उभ्याईदिएपछि नागरिकसम्म उनको सामिप्यता हुनै पाएन। अनि भन्छन्, ‘केही गर्न नसक्नु को पछुतो त छँदैछ, ५ वर्षसम्म जनप्रतिनिधि बन्दा पनि मलाई जनप्रतिनिधि भनेर कसैले चिन्नै पाएन, किनकी म अधिकारविहीन छु र नागरिकसम्म पुग्नै सकेन।’    

त्यसोत, स्थानीय सरकारको प्रतिनिधि बनेपछि उनले आफ्नो व्यवसायलाई ‘लात’ मार्नु परेको घटनाले पनि उनलाई उत्तिकै पिरोलिरहेको छ। धनबहादुरले जनप्रतिनिधि चुनिनुभन्दा अगाडी अटो चलाउँथे। जनप्रतिनिधि बनेपछि उनलाई अटो नचलाउन सुझाव आइरहे। तर एक वर्षसम्म जेनतेन अटो चलाई रहे। तर उनी हेपिँदै गए अनि तीन वर्ष अघि परिवारको रोजीरोटी धानेको अटो पनि बेचिदिए। ‘स्थानीय सरकारको जनप्रतिनिधि जस्तो मान्छे अटो चलाउँछन्? भनेर धेरैले हेपेर कुरा गर्न थाले,’ उनले भने, ‘यो हेपाई झेल्नै गाह्रो हुन थाल्यो अनि अटो बेचिदिएँ।’

आफू जनप्रतिनिधि तर आफ्नो प्रतिनिधित्व रहेको घोराही उपमहानगरपालिकाले नै उनको टोल विकास संस्था दर्ता नगरिदिँदा धनबहादुर आफ्नो प्रतिनिधित्व रहेको स्थानीय सरकार प्रति झनै क्रुद्ध छन्। ‘टोल विकास संस्था गठन गर्यौँ, टोलका बासिन्दाहरुले मलाई नै टोलको अध्यक्ष बन्न भने, म अध्यक्ष भएँ,’ उनले भने, ‘तर गत माघमा म अध्यक्ष बनेको टोल विकास संस्थालाई मै सहभागी भएको सरकारले दर्ता नै गरिदिएन, अनि मैले कसरी यो सरकारललाई सकारात्मक सोचौँ।’

उनका अनुसार संस्था दर्ताका लागि उनकै वडाले सिफारीस नै दिएन। ‘मेरो वडा, वडा नम्बर ८ का अध्यक्ष भरत अर्यालले टोल विकास संस्थाको दर्ताका लागि सिफारीस नै दिएनन्,’ उनले भने, ‘यहाँ भित्र त जे गरेपनि भाछ, जे मन लाग्छ त्यही गरिरहेका छन्।’  

लामो समयदेखि अति लोपोन्मुख समुदायको एकीकृत बसाईँका लागि दौडधुप गर्दै आएका धनबहादुर स्थानीय सरकारको प्रतिनिधि बन्दा पनि उसैगरि फेल भए। तर पिरलो उही छ, ‘देशका बिभिन्न स्थानमा रहेका १ सय ५४ परिवार कुसुण्डा समुदायका नागरिकको बसाई एकै संस्थानमा बनाउने भन्ने।’ यी मध्य कसैको पनि पुर्जावाल जमिन छैन। ‘१ सय ५४ परिवार मध्य कसैको पनि पुर्जावाल जमिन छैन, जंगलमा, भीर पाखामा जोखिम मोलेर बसिरहेका छन्,’ धनबहादुरले भने, ‘१ सय ५४ परिवारलाई एकै थलोमा राखिदिँदा के बिग्रन्थ्यो र? तर ईच्छा शक्तिनै छैन सरकार भन्नेहरुमा।’ दाङमा १७ घरपरिवार कुसुण्डाहरुको बसोबास छ।
अर्को समाचार
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
१ घण्टा अघि
•
१ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै सबैभन्दा ठूलो चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।




शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।

उनले अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ।

चितवन उद्योग सङ्घका अनुसार उद्योग स्थापनाका लागि इच्छुक उद्योगीले विगत आठ वर्षदेखि सङ्घको सचिवालयमा जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्।

सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।

यस्तै, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरे। उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए।

प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कामलाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए।

भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत लम्सालले व्यक्त गरे।

औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।

चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।

देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ।

शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धन भई जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
यो पनि पढौँ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस