नेपाली कांग्रेससहितका ५ राजनीतिक दलको गठबन्धन पक्कापक्की जस्तै भएपछि चुनावमा गठबन्धनमै आवद्ध दलहरूको मत ‘साटफेर’ हुनेमा आशंका गरिएको छ।
गठबन्धनका नाममा चुनावमा एकले अर्को दलको अस्तित्व कतिसम्म स्विकार्ने भन्ने बहस अहिले तल्लो तहसम्मै बनिरहेको छ। गठबन्धनबीच मत साटफेर फितलो भए त्यसको फाइदा राप्रपालाई हुने पनि आशंका गरिएको छ। मूलतः कांग्रेस समर्थक मतदाताले माओवादी वा गठबन्धनमा आवद्ध दललाई मत नदिएर राप्रपालाई मतदान गर्न सक्ने विश्लेषण हुने गरेको छ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि गठबन्धन नरुचाएका मतदाताको मत राप्रपालाई स्वाभाविकै आउने देखेका छन्। ‘गठबन्धन नरुचाउने चाहे माओवादी, कांग्रेस वा गठबन्धनमा रहेका अन्य दलका कार्यकर्ता/मतदाताको मत राप्रपामा आउने कुरालाई नकार्न सकिन्न,’ लिङ्देनले नागरिकसँग भने, ‘यो स्वाभाविकै पनि हुन्छ किनकी लामो समयसम्म सत्ताको नेतृत्व गरेका दलहरूले नेपाली नागरिकका लागि खेलेको भूमिकाको मूल्यांकन अहिले राम्रोसँग हुन्छ नै, यसर्थ वैकल्पिक शक्तिको खोजी मतदाताहरूले गर्नेमा कुनै शंका छैन।’
उनले गठबन्धनमा आवद्ध मात्रै नभई सबै दलहरूलाई यसअघि मतदान गरेका मतदाताकै सहयोगबाट राप्रपाको स्थितिमा सुधार आउने बताए । यसर्थ पनि उनलाई राप्रपाको स्थिती बलियो बनाउनका लागि अन्य दलकै कार्यकर्ताहरूको रोजाइमा राप्रपा बन्ने दृढ विश्वास छ । ‘राप्रपाको स्थित सुधार आउने भनेको त नेपालकै सबै राजनीतिक दलमा आवद्ध मतदाताहरूको मतदानबाटै हो,’ उनले भने।
त्यसो त, राप्रपाको नेतृत्व राजेन्द्र लिङ्देनले गरेपछि र उनको राजनीतिक सकृयताले पनि राप्रपाको स्थिति पहिलेको भन्दा केही सुधार हुने आँकलन गरिएका छन्। ‘लामो समयदेखि नेतृत्व गरिरहेका दलहरूको विकल्पका रूपमा राप्रपालाई आमनागरिकले देखेका छन्,’ उनले भने ‘यसर्थ पहिलेको तुलनामा राम्रो स्थिति सुधार आउनेमा दुईमत छैन।’
अन्य दलहरूको विकल्पका रूपमा राप्रपालाई मतदाताले चयन गर्नेमा राप्रपाका अध्यक्ष लिङ्देन विश्वस्त देखिए पनि आगामी निर्वाचनमा जितका लागि उनको पार्टी राप्रपालाई सहज पनि छैन । गत स्थानीय तहको निर्वाचनको मत परिणामलाई हेर्ने हो भने पनि राप्रपाको स्थितिमा सुधारमा त्यति सहज सम्भावना देखिन्न।
घोराही उपमहानगरपालिकामा मेयरका लागि गत स्थानीय तहको निर्वाचनमा राप्रपा चौथो पार्टी बन्यो । ११३६ मत प्राप्त गर्दै राप्रपा चौथो दल बन्दा पहिलो दल बनेको एमालेभन्दा २० हजार ८ सय ९४ मतले पछि पर्यो । २२ हजार ३० मत प्राप्त गर्दै एमाले मेयरमा विजयी बन्यो । यसैगरी, दोस्रो दल बनेको कांग्रेसले राप्रपाभन्दा १६ हजार ३ सय ४८ मत प्राप्त गर्यो भने तेस्रो दल बनेको माओवादी केन्द्रले १० हजार ९ सय ४६ मत बढी प्राप्त गरेको थियो । निर्वाचनमा चौथो दल बनेपछि यो उपमहानगरमा प्रमुख दलसँगको ठूलो मतान्तरलाई यो निर्वाचनमा पुरा गरेर जित निकाल्न राप्रपालाई ठूलो चुनौती रहने देखिन्छ ।
यसैगरी तुलसीपुर उपमहानगरपालिकामा पनि राप्रपा चौथो स्थानमै रह्यो । मेयरका लागि जम्मा ४ सय ९५ मत प्राप्त गरेर चौथो स्थानमा रहेको राप्रपाभन्दा पहिलो हुने दल एमालेको मत २२ हजार ३ सय ६२ थियो । एमालेले यो उपमहानगरको मेयरमा २२ हजार ८ सय ५७ मत प्राप्त गरेको थियो ।
यसैगरि दोस्रो बनेको दल नेपाली कांग्रेसले यो उपमहानगरमा राप्रपाको भन्दा १८ हजार ४ सय ८ मत बढी प्राप्त गरेको थियो । यस्तै, तेस्रो बनेको माओवादी केन्द्रले यो उपमहानगरमा राप्रपाभन्दा ८ हजार १ सय ९८ मत बढि पाएको थियो । झिनो मत प्राप्त गर्दै यो उपमहानगरमा चौथो दल बनेको राप्रपाले आफ्नो जित निकाल्नका लागि प्रमुख दलहरूसँगको त्यो बेलाको भारी मतान्तर हटाउन त्यति सहज हुने देखिन्न ।
जिल्लाका यी दुई उपमहानगर मात्रै हैन, जिल्लाका १० वटै स्थानीय तहमा राप्रपाले अघिल्लो स्थानीय तहमा प्राप्त गरेको मतलाई मूल्यांकन गर्दा दाङमा राप्रपाको स्थितिमा उल्लेख्य सुधार आउने सम्भावना देखिन्न । जिल्लाको लमही नगरपालिकामा पनि राप्रपा झिनो मतका साथ चौथो स्थानमा रह्यो। बिजेता दल एमालेको ५ हजार १ सय ५२, दोस्रो दल कांग्रेसको ५ हजार ६९ र तेस्रो बनेको दल माओवादी केन्द्रको ४ हजार ८१ मत आउँदा चौथो शक्ति बनेको राप्रपाले जम्मा ५ सय ८५ मत मात्रै प्राप्त गरेको थियो।
यसैगरी, अघिल्ल्लो निर्वाचनको मतलाई हेर्ने हो भने शान्तिनगर गाउँपालिकामा पनि राप्रपाले आफ्नो स्थिति सुधार गर्न सहज देखिन्न । निर्वाचित दल कांग्रेसले ३ हजार ८ सय ५२, दोस्रो दल एमालेले २ हजार ९ सय २४ र तेस्रो बनेको माओवादी केन्द्रले २ हजार ८ सय ३७ मत प्राप्त गर्दा चौथो दल बनेको राप्रपाले जम्मा १ सय २ मत मात्रै प्राप्त गरेको थियो।
यस्तै, गढवा गाउँपालिकामा जम्मा चौथो स्थानमा देखिएको राप्रपाले जम्मा ५१ मत प्राप्त गर्दा पहिलो बनेको एमालेले ३ हजार ६ सय ७७, दोस्रो दल माओवादीले ३ हजार ३ सय ४ र तेस्रो बनेको कांग्रेसले ३ हजार २१ मत प्राप्त गरेका थिए।
दंगीशरण गाउँपालिकामा निर्वाचित एमालेले २ हजार ८ सय ४१ मत प्राप्त गर्दा यहाँ पनि चौथो बनेको राप्रपाले जम्मा १ सय ६६ मत मात्रै प्राप्त गर्यो । दोस्रो बनेको कांग्रेसले २ हजार ८ सय ४१ र तेस्रो बनेको माओवादीले २ हजार ४ सय ८५ मत प्राप्त गरेको थियो ।
बंगलाचुली गाउँपालिकामा पनि राप्रपा चौथो दलकै रूपमा रह्यो । तर मत भने जम्मा ८७ मात्रै प्राप्त ग¥यो । जबकी पहिलो हुने दल माओवादी केन्द्रले ३ हजार ३ सय ५२, दोस्रो दल का.ग्रेसले २ हजार ५ सय १४ र तेस्रो बनेको एमालेले १ हजार ६ सय ३४ मत प्राप्त गरेका थिए ।
एमालेले ४ हजार २ सय ७१ मत प्राप्त गर्दै बाजी मारेको बबई गाउँपालिकामा राप्रपा जम्मा १ सय १८ मत प्राप्त गर्दै चौथो दल बन्यो । दोस्रोमा रहेको कांग्रेसले ३ हजार ९ सय ५९ र तेस्रो दल बनेको माओवादीले २ हजार ५ सय ४३ मत प्राप्त गर्यो । यस्तै २ हजार ३ सय ९५ मत प्राप्त गर्दै कांग्रेसले जीत हात पारेको राजपुर गाउँपालिकामा राप्रपाको मत जम्मा १ सय आयो र चौथो बन्यो । चौथो दल राप्रपा बन्दा दोस्रो र तेस्रो बनेका दलहरूसँगको मतान्तर पनि धेरै रह्यो । दोस्रो दल बनेको माओवादी केन्द्रले १ हजार ८ सय ५८ मत प्राप्त ग¥यो भने तेस्रो दल एमालेले १ हजार ७ सय ८९ मत प्राप्त गर्यो ।
यस्तै अन्य स्थानीय तहमा भन्दा राप्ती गाउँपालिकामा राप्रपा चौथो दल बन्दा पहिलो दल कांग्रेस, दोस्रो दल माओवादी र तेस्रो दल एमाले बनेको थियो।
गत निर्वाचनमा प्रमुख दलहरू भन्दा ठूलो मतान्तरले पछाडी परेको राप्रपाले आफ्नो स्थिति सुधारको आधार अन्य दलहरू प्रतिको मतदाताको वितृष्णालाई मानेको छ । यसैगरि गत निर्वाचनको मतान्तरलाई हटाउनका लागि उसले बिगतका आफ्ना कमजोरी हटाउनुलाई पनि अर्को आधार देखेको छ। ‘हिजोका दिनमा हामीहरूमा पनि धेरै कमी कमजोरी भए,’ अध्यक्ष लिङ्देनले भने, ‘विगतका ती कमी कमजोरी हटाएर राप्रपालाई आममतदाता समक्ष वैकल्पिक राजनीतिक शक्तिका रूपमा उभ्याउँछौँ।’
आफूलाई पहिलेकोभन्दा स्थिति सुधार गर्ने योजना बनाएको राप्रपाले अहिले चुनावी अभियानलाई तीव्रता दिइरहेको छ । स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गर्दै राप्रपाले अहिले तल्लो तहसम्मै भेला आयोजना गरिरहेको छ । साथै उम्मेदवार चयनको कामलाई समेत प्राथमिकतामा राखिएको अध्यक्ष लिङ्देनले जानकारी दिए।