कर्णाली प्रदेशको दैलेख, जुम्ला र कालिकोटमा पार्टी प्रवेश तथा भेटघाट कार्यक्रममा एमाले अध्यक्ष केपी ओली बिहीबार हेलिकप्टरमार्फत आएका छन्। दैलेखको दुल्लुमा कार्यकर्तासंगै भेटघाट गरेर कालिकोट र जुम्लाको सिंजामा पार्टी प्रवेश कार्यक्रममा ओली आएका हुन्।
ओलीबाट एकीकृत माओवादी, नेकपा विप्लव समुह र काँग्रेस नेता तथा कार्यकर्ताहरुलाई पार्टी प्रवेश गर्ने कार्यक्रम तय भएको जनाईएको छ। दैलेखबाट जुम्लाको सिंजामा नेकपा विप्लव समूहका राज्य समिति सदस्य रामप्रसाद शर्मा र नेपाली काँग्रेस प्रदेश (ख) का उपसभापति दानसिंह खत्री लगायत नेता/कार्यकर्तालाई अध्यक्ष ओलीले पार्टी प्रवेशसंगै स्वागत गरेको एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए।
त्यस्तै कालिकोटमा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटि सदस्य महेन्द्रबहादुर शाही र प्रदेश कमिटि सदस्य तथा पूर्वमुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आर्चायसहित सयौं माओवादीका नेता/कार्यकर्तालाई पार्टी अध्यक्ष ओलीबाट एमाले प्रवेश तथा स्वागत कार्यक्रम गरिएको प्रेस चौतारी कर्णाली प्रदेश सचिव शेरबहादुर थापाले बताए।
दुल्लुमा कार्यकर्तामाँझ सम्वोधन गर्दै एमाले अध्यक्ष ओलीले मुलुकभर एमालेको लहर देखिएको बताए। दैलेखमा रहेको पेट्रोलियम पदार्थ एमालेले नै सुरु गरेको र उत्खनन् पनि एमाले सरकारले नै गर्ने ओलीको भनाई थियो। ओली बिहीबार नै फर्कने कार्यक्रम रहेको जनाईएको छ।