नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले आफ्नै खुट्टाको बलमा चुनावमा जाने बताएका छन्। ‘गठबन्धनको बलमा होइन आफ्नै तागतमा स्थानीय चुनाव जाने हो,’ सात वर्षपछि रोल्पा पुगेका दाहालले भने, ‘बिशेष परिस्थितीमा बनेको गठबन्धन भएकाले तालमेल गर्नेबारे पनि ध्यान दिइनेछ।’
पूर्वसभामुख समेत रहेका कृष्णबहादुर महराको लिवाङ स्थित घरमा पत्रकारहरुसँग बोल्दै देश पूर्ण रुपमा चुनावमा गएको बताउँदै संविधान धरापमा पर्न थालेपछि बनेको गठबन्धन भएकाले तालमेलको सम्भावना पनि उत्तिकै रहेको उनको भनाइ थियो। उनले गठबन्धन र तालमेल समेत गर्न सकिने बताए।
महानगर, उपमहानगर र जिल्लाका सदरमुकाममा रहेका स्थानीय तहमा गठबन्धन र तालमेल गर्दा राम्रो हुनेबारे छलफल चलिरहेको बताए। कांग्रेसको केन्द्रीय समितिको बैठकका अधिकांश सदस्यले समेत तालमेल र गठबन्धन गरेर जानेबारे छलफल भएको बताउँदै संविधान रक्षाका लागि गठबन्धनको जरुरी पर्न सक्ने उनको भनाइ थियो।
प्रचण्डले गठबन्धन भत्काउन देशी विदेशी शक्ति लागिपरेको समेत आरोप लगाए। जनयुद्धले ल्याएका उपलब्धिलाई समेत उल्ट्याउन खोजिएको उनको दावी थियो। रोल्पा नगरपालिकाले सातदोबाटोमा निर्माण गरेको ‘जनयुद्ध स्मृति भ्यु टावर’ उद्घाटन र लिवाङमा आयोजित सभालाई सम्बोधन गर्न हवाई यात्रा गरी रोल्पा आएका हुन्।